एक्ला झबिलाललाई सबैतिर भ्याइ नभ्याइ

 

बिज्ञापन

रूपन्देही क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने तीन पालिकालाई मर्चवार भन्ने गरिन्छ । उक्त क्षेत्रका कोटहीमाई, समरीमाई र मर्चवारी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरु जान रुचि देखाउँदैनन् । यसर्थ एक जना हाकिमले दुई वटा पालिका चलाइरहेका छन् ।

बिज्ञापन

झविलाल भट्टराई यस्ता हाकिम हुन,जस्को काँधमा दुईवटा पालिका मर्चवारी र कोटहीमाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । यस अघि उनी कार्यरत थिए समरीमाई गाउँपालिका। सो पालिकाको प्रमुख प्रशासकीय अधिकृतको कुर्सीमा राकेश चौधरी छन् तर उनी डमीमात्र हुन भन्छन्,त्यहाँका कर्मचारीहरु नै । सबै काम उनै भट्टराईकै इशारामा काम हुने बताइन्छ ।

सरकारी कर्मचारी कामै गर्दैनन् भन्ने प्रचलन छ तर झविलाललाई सबैतिर भ्याइनभ्याइ छ । समरीमाईको पनि योजना, कार्यक्रम आन्तरिक रूपमा उनै भट्टराईले हेर्दै आएको कर्मचारीहरु बताउँछन् । झविलाल मर्चवारी र कोटहीमाईको हाकिम हुनुपहिले समरीमाईमा थिए । यसरी तीनवटै पालिकामा झविलाल दिनहुँ बुटवलबाट अपडाउन गर्छन् । मर्चवारबाट बुटवल करिब ३५ किमि टाढा छ । तेल खर्चको हिसाब भने कसैले राख्दैन ।

बिज्ञापन

झविलाल स्थानीय सेवाग्राहीको काम गर्नुपरेमा एउटा मान्छे दुई ठाउँम कसरी भ्याउने भन्दै झर्किने गर्छन् ।मन्त्रालयमा कुरा त भइरहेको छ अर्को मान्छे पठाउने भनेर, खै कहिले आउँछन् !’ पालिका पदाधिकारी भन्छन् । मर्चवारीको तीनवटै पालिकाका उपाध्यक्ष उनको शैली अत्यन्तै अव्यावहारिक र अपारदर्शी रहेको बताउँछन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमै हाकिम खटन–पटन नगर्दा देशका अन्य पालिकामा पनि समस्या बल्झिँदै गएको छ । प्रमुख प्रशासकीय अधिकृत पालिका नजिकै बस्ने, स्थानीय जनताका कामलाई समयमै अगाडि बढाउने गरी खटिनुपर्छ । कानुनतः उनको हस्ताक्षरबिना कुनै काम हुँदैन, कुनै भुक्तानी हँुदैन । यसैले टुरिस्ट हाकिम राखेर पालिकाको कामको प्रगति खोज्नु आकाशको फल आँखा तरी मर भनेझैं हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

७२ कम्युटर अपरेटरहरुको सरुवा : १८ लाई गृह,२२ भूमि व्यवस्था तथा अभिलेख विभाग

अन्तर्वार्ताको सूचीबाट हटाइए उपसचिवका तीन उमेद्धार

कुमारी बैंकका अध्यक्ष र माननीय विदूषीविरुद्ध अंश मुद्धा दायर

२५ उपसचिवको सरुवा : १३ लाई प्रमुख प्रशासकीय अधिकृत,पाँच भित्रिए सिंहदरबार

२५ उपसचिवको सरुवा, अधिकांशलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

सचिव बढुवाका लागि सहसचिव कुँवरको एकल नाम सिफारिस

जासुसको सर्टिफिकेट नै नक्कली,अख्तियारले हाल्यो मुद्धा

प्रशासनिक संयन्त्रप्रति मन्त्रीको आक्रोश : ‘कर्मचारीले मलाई टेरेनन्, केही गर्न सकिन’

बिशेष