एकाबिहानै बयानका लागि सरकारी वकिल कार्यालयमा पुगे विनोद चौधरी

सांसद तथा उद्योगपति विनोद चौधरी एकाबिहानै बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेका छन् । चौधरीसँग बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले बयान लिन लागेको हो । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सह न्यायाधिवक्ता सन्देश श्रेष्ठको कार्यकक्षमा बयान सुरु भएको छ।चौधरीसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई घण्टा बयान लिएको छ । बाँसबारी जग्गा प्रकरणमा उनीसँग अनुसन्धान अधिकृतहरूले जिल्ला सरकारी वकिलको रोहबरमा बयान लिएका हुन् ।

बिज्ञापन

नेपालका एक मात्र डलरे अर्वपति विनोद चौधरीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई बयान लिनका लागि गृहमन्त्रीले नै निर्देशन दिएका थिए ।
बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया शुरु गर्न समेत निर्देशन दिएका थिए । सोका लागि विनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बयान लिने भएको छ।
सीआईबीले चौधरीमाथि अनुसन्धान भइरहेको भनी बुधबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई पत्रमार्फत जानकारी गराएको थियो।

बिज्ञापन

संसद्‌मा बजेट अधिवेशन चलिरहेकाले सभामुखलाई पत्र लेखी नेपाली कांग्रेसका सांसद चौधरीमाथि आफूहरुले सरकारी जग्गा घोटालामा अनुसन्धान गरिरहेको जानकारी गराएको थियो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारीको मूल्यांकन पद्धति : काम निकृष्ट,अंक उत्कृष्ट

शत प्रतिशत अंकसहित उपसचिवहरु सहसचिवमा बढुवा सिफारिस

तीन उपनिर्देशक साधरण तारेखमा रिहा

लिचीबारी जग्गा प्रकरणमा जोडिएका मन्त्री थुनामा पुग्दा उपसचिव निलम्बित

पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत अधिकारीविरूद्ध दोस्रो भ्रष्टाचार मुद्दा

ओली सरकारका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता कारागार चलान

अख्तियार प्रवक्तामा सुरेश न्यौपाने

गृह प्रशासनका अनुभवी रिजाललाई भूमि व्यवस्थाको कप्र महाशाखाको जिम्मेवारी

बिशेष