एकाबिहानै बयानका लागि सरकारी वकिल कार्यालयमा पुगे विनोद चौधरी

सांसद तथा उद्योगपति विनोद चौधरी एकाबिहानै बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेका छन् । चौधरीसँग बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले बयान लिन लागेको हो । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सह न्यायाधिवक्ता सन्देश श्रेष्ठको कार्यकक्षमा बयान सुरु भएको छ।चौधरीसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई घण्टा बयान लिएको छ । बाँसबारी जग्गा प्रकरणमा उनीसँग अनुसन्धान अधिकृतहरूले जिल्ला सरकारी वकिलको रोहबरमा बयान लिएका हुन् ।

बिज्ञापन

नेपालका एक मात्र डलरे अर्वपति विनोद चौधरीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई बयान लिनका लागि गृहमन्त्रीले नै निर्देशन दिएका थिए ।
बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया शुरु गर्न समेत निर्देशन दिएका थिए । सोका लागि विनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बयान लिने भएको छ।
सीआईबीले चौधरीमाथि अनुसन्धान भइरहेको भनी बुधबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई पत्रमार्फत जानकारी गराएको थियो।

बिज्ञापन

संसद्‌मा बजेट अधिवेशन चलिरहेकाले सभामुखलाई पत्र लेखी नेपाली कांग्रेसका सांसद चौधरीमाथि आफूहरुले सरकारी जग्गा घोटालामा अनुसन्धान गरिरहेको जानकारी गराएको थियो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

गंगालालमै कुटपिट भएका चिकित्सक भन्छन्, ‘आक्रमण सहेरै पनि बिरामी आमाको ज्यान जोगाएँ’

क्यानका पूर्व महानिर्देशक प्रदीप अधिकारी थुनामै

बार्षिकोत्सव मनाएको भोलिपल्टै फेरियो टेलिकमको नेतृत्व

किताबखानाको सूचना शुद्धीकरण अभियान, विवरण उपलव्ध गराउन आह्वान

निर्वाचन आचारसंहिता लाग्नु अघि ‘छापामार शैली’मा कर्मचारी सरुवा,बदर गर्न अदालतको आदेश

स्थानीय प्रशासनको अनुमति वेगर भेला हुन खोजेपछि पक्राउ परे दुर्गा प्रसाई

मालपानीसँग राजश्व,यातायात,भन्सारदेखि वाणिज्यका कर्मचारीको ‘नेक्सस’ खोज्दै अख्तियार

प्रहरीमा राजीनामा दिनेको लर्काे,पाँच बर्षमै पाँच हजारद्धारा जागिर परित्याग

बिशेष