मनकारी व्याट ३६ का अधिकृत :-बार्षिकोत्सवमा ठोरीका वृद्धाश्रमलाई गरे आर्थिक सहयोग

नेपाल सरकारका अधिकृतहरुले बृद्ध बृद्धा तथा असाहय कल्याण आश्रम, भगवाननगरलाई १ लाख ३० हजार १ सय ३५ रुपैंया सहयोग गरेका छन् ।
व्याट ३६ का अधिकृतहले पहिलो बार्षिकोत्सवको अवसरमा उक्त संस्थालाई सहयोग गरेका हुन ।

बिज्ञापन

उक्त सहयोग रकम व्याट ३६ का शाखा अधिकृतको तर्फबाट कोष तथा लेखा नियन्त्रण कार्यलय, पर्साको लेखा अधिकृत मनिसा कुमारीले ठोरी गाउँपालिका वार्ड नं १ का वडाध्यक्ष श्री धनमान थापा मगर र स्थानीय श्री बम्हापुरी आधारभुत बिध्यालयका शिक्षक सुर्य बहादुर खड्काको आतिथ्यतामा आश्रमका संस्थापक तथा संचालक आश बहादुर गुरुङ्गलाई हस्तान्तरण गरेका हुन ।

बिज्ञापन

सहयोग रकम उक्त ब्याटका लेखा अधिकृत पेशल कुमार वाग्लेले संकलन गरेका थिए । भुमी ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लेखा अधिकृत तेज प्रकाश भण्डारीले सहजिकरण गरेका सो कार्यक्रममा शाखा अधिकृतहरु राजन पाण्डे, पुरुषोत्तम बराल र स्थानीय युवा मिलन खड्का सहभागीता रहेको थियो।

सुगम ठाउँमा रहेका असहाय आश्रममा सबै दाताको ध्यान पुग्ने गरेको तर दुर्गम ठाउँका यस्ता आश्रममा कसैको पनि ध्यान नपुग्ने हुनाले आफुहरुले सबैको ध्यानाकर्षण गर्नका लागि सहयोग गरेको व्याट ३६ का उक्त कार्यक्रममा सहभागी अधिकृतहरुको भनाई रहेको छ।
बृद्ध बृद्धा तथा असहाय कल्याण आश्रम पर्सा जिल्लाको दुर्गम ठोरी गाउँपालिका वडा न १ को बिकट गाउँ भगवाननगरमा रहेको छ। आश्रम संस्थापक तथा संचालक आश बहादुर गुरुङ्ग ७८ बर्षीया स्थानीय समाजसेवी, बिकास अगुवाका साथै निबृत्त भारती सेना हुन । उनले आफ्नो पेन्सन बाट उक्त आश्रमको ब्यवस्थापन गरिरहेका छन् । सो आश्रममा नेपाल को विभिन्न जिल्लाका ३७ जना अशक्त असहाय तथा जेष्ठ नागरिकहरु आश्रित रहेका छन् ।
तर राज्य संयन्त्रहरु तथा कुनै तहको सरकारबाट नियमित सहयोग प्राप्त नभएको अवस्थामा यो प्रकारको सहयोग प्राप्त गर्दा आशाबादी बनेको संचालक गुरुङ्गले बताए । तिनै तहको सरकारलाई झक्झकाउन अनुरोध समेत गरे ।

बिज्ञापन

स्थानीय शिक्षक सुर्य बहादुर खड्काले बिकट र सुबिधासम्पन्न शहर भन्दा टाढा रहेको यस प्रकारको आश्रममा सहयोग गर्न सबैमा अपिल गर्नुभएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पिक आवरमा प्रणालीमा समस्या,८५ सय ठेक्का प्रभावित

स्थानीय सेवाका चौथौंदेखि आठौं तहका ११६ कर्मचारीको सरुवा

मुख्यसचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालमै यस्तो गडबडी

सचिव दरबन्दी कटौतीमा परेको नेपाल ट्रष्टमा दुवाडीको सरुवा

अतिरिक्तमा रहेका ७ मध्ये ६ को व्यवस्थापन : आन्तरिकमा बासुदेव,निरौलालाई प्राधिकरण

तीन मन्त्रालय गाभेर खर्च घटाउने सरकार, लम्सालको सचिवालयमा ३९ जनाको ‘जम्बो दरबार’

मन्त्रिपरिषद्का ६ निर्णय : चार सहसचिव सचिवमा बढुवा, शेयर कारोबारमा पुँजीगत लाभकर घटाउने

पराजुली सचिवमा बढुवा

बिशेष