स्थानीय तहमा नजाने कर्मचारीको तलवभत्ता रोक्का,हाजिर नगराउने पालिकालाई अनुदान कटौती

सरकारका लागि सबैभन्दा कष्टकर र चुनौतिपूर्ण बन्दै गएको छ स्थानीय तहमा कर्मचारी परिचालन । ऐन,नियम नहुँदा स्वेच्छाचारी ढंगले कर्मचारी खटन पटन गरिँदा अहिले ७५३ स्थानीय तहमध्ये झण्डै २५ प्रतिशत पालिका निमित्त हाकिमका भरमा चल्दै आएका छन् । महानगरपालिका,उपमहानगरपालिकामा सहसचिव,नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृत खटाउनु पर्ने व्यवस्था भए पनि देशभरका २४६ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहिन छन् ।

बिज्ञापन

१११ गाउँपालिका,१३६ नगरपालिका र ९ वटा उपमहानगरपालिका निमित्तको भरमा चलिरहेको छ । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभध्क्त जोशीले यी स्थानीय तहमा कन्फर्म हाकिम पठाउनका लागि मापदण्ड बनाउने तयारी गरेका छन् । यस अघि यस्तो मापदण्ड पूर्वमन्त्री अमनलाल मोदी र अनितादेवी साहले पनि नबनाएका होइनन् ।

बिज्ञापन

पूराना मन्त्रीहरुले नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मन्त्री भानुभक्त जोशी पनि सुरूमै स्थानीय तहमा संघबाट खटिने प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा र व्यवस्थापनको मापदण्ड ल्याउने बताएका छन् । यस अघि अमनलाल मोदी र अनिता देवी साहको पालामा पनि यस्तो मापदण्ड नबनाइएको होइन तर कार्यन्वयन हुन सकेन । मोदीले सामान्यका तत्कालीन सहसहसचिव बलराम रिजाल र अनितादेवीको समयमा सहसचिव सुमन दाहालको नेतृत्वमा स्थानीय तहमा खटाइने प्रमुख प्रशासकीय अधिकृतसम्बन्धी मस्यौदा तयार भएको थियो ।

नवनियुक्त सामान्य प्रशासनमन्त्री जोशीले मधेश र दुर्गम क्षेत्रमा प्रमुख प्रशासकीय अधिकृत नखटाउने र धेरै स्थानीय तहहरु निमित्तका भरमा चल्ने अवस्था हटाउनुपर्ने भन्दै मापदण्ड लागु गर्नेबारे मन्त्रालयका अधिकारी र राष्ट्रिय गाउँपालिका महासंघसहित नेपाल नगरपालिका संघसँग छलफल शुरु गरेका हुन । उनले मन्त्रालयले खटाएको स्थानीय तहमा जान नमान्ने कर्मचारीको तलब भत्ता नै रोक्का गर्नेदेखि हाजिर गर्ने नदिने वा बीचबाटै कर्मचारी फिर्ता पठाउने पालिकाको अनुदान कटौती गर्नेसम्मको तयारी थालेको बताएका छन् ।

बिज्ञापन

प्रस्तावित मापदण्डमा दुर्गममा बसेकाहरुलाई सुगममा मौका दिने, सुगममा धेरै बसेकालाई दुर्गममा पठाउने लगायतका प्रस्ताव गरिएका छन् । यस्का अलवा जथाभावी निमित्तको जिम्मेवारी नदिने र दिनुपर्दा पाँच वर्ष अनुभव अनिवार्य गर्दै वरिष्ठताका आधार बनाउने उल्लेख छ । मस्यौदामा मन्त्रालयबाट सरुवा भएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएमा आधिकारिक कारण खुलाउनुपर्ने र त्यहाँ पर्ने प्रभावको सबै जिम्मा सम्बन्धित पालिका प्रमुख नै हुने लगायतका विषय पनि छन् । यस्का सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउने स्थानीय निकायको अनुदान रोक्का गर्ने र खटाएको प्रमुख प्रशासकीय अधिकृतकै नाममा खाता संचालन गर्नका लागि कोष तथा लेखा नियन्त्रक कार्यालयलाई मन्त्रालयले पत्राचार गर्ने, खटाएको स्थानीय तहमा नजाने कर्मचारीलाई कारबाहीको भागिदार बनाउने । खटाएको कार्यालयमा नजाने कर्मचारीलाई तलव भत्ता खुवाउने लेखा अधिकृत र कार्यालय प्रमुखलाई क्षतिपूर्ति तिराउने ब्यवस्था लगायतका प्रस्ताव गरिएका छन् ।

कर्मचारीको स्थायी ठेगाना र रुचि हेर्ने, विभिन्न सेवा समूहका कर्मचारीलाई प्राथमिकता दिने, अवकास हुनुभन्दा ५ वर्षअघिका कर्मचारीलाई स्थानीय तहमा नपठाउने लगायतका व्यवस्था पनि गर्न पनि प्रस्ताव छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

फर्जी कागजात पेश गरेर नियुक्त भएका वीमा प्राधिकरणका अध्यक्ष निलम्बित

को हुन् मन्त्रीसँग ‘घुस डिलमा संलग्न’ भनिएका सुजन लामा ?

वालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी, मोवाइल अफ गरेर घुस काण्डमा जोडिएका मन्त्री पनि सहभागी

उपसचिव बिते,श्रीमती र छोराविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

कर्मचारीलाई कासमू बुझाउन परिपत्र, कुन सेवाका कर्मचारीले कहाँ बुझाउने ?

प्रशासनका पाँच,प्राविधिक तीन सहित ११ उपसचिवको सरुवा

एमालेकै सांसदले मागे संघीय मामिलामन्त्री गुप्ताको बर्खास्ती

मन्त्रिपरिषद्को बैठक बस्दै

बिशेष