यौन दूर्व्यवहारमा मुछिएका केन्द्रीय बैंकका हाकिम बर्खास्त

गएको तनावमुक्त बन्न तर वातावरण बन्यो एकाएक कोलाहलपूर्ण ! मीनभवनको घटनालाई पनि माथ खुवाउने गरी अर्काे काण्ड घटेको थियो केन्द्रीय बैंकमा । यौन दुर्व्यवहार प्रकरण घटेको दुई महिना पछि उक जना हाकिमलाई केन्द्रीय बैंकले बर्खास्त गरेको छ ।

बिज्ञापन

मदहोसीमा दुई वटा सरकारी निकायका उपल्ला तहका हाकिमहरुले गरेको बदमासीले अहिले सिंगै कर्मचारीको शीर गिर्ने अवस्था आएको छ ।  मीनभवनतिरका एक सहसचिवले नशाको तालमा आफूभन्दा जुनियर कर्मचारीलाई शारिरीक सम्पर्कका लागि प्रस्तावसहितको म्यासेज पठाए । त्यो भन्दा केही महिना अघि नै केन्द्रीय बैंकका निर्देशकले आफूभन्दा सिनियर कर्मचारीलाई अंकमाल गर्न पुगे,नशाकै तालमा । दुई महिनाभन्दा लामो समयसम्म गुपचुप राखिएको यो प्रकरणमा अन्तत ती हाकिमलाई निलम्बन गरिएको हो । अन्तत : उनलाई सोमबार पदबाटै बर्खास्त गरिएको नेपाल राष्ट्र बैंक स्रोतले जनाएको छ ।

बिज्ञापन

केही अघि केन्द्रीय बैंकको उच्च टोली तनाब व्यवस्थापनका रात बिताउन नगरकोट पुगेको थियो । तनाव व्यवस्थापन गर्न गएको उक्त टोलीले नगरकोटस्थित मेस्टिक माउन्टेन रिसोर्टमा रात बिताएको थियो । कार्यक्रम सम्पन्न भएपछि बेलुकी रक्सीसहितको ‘कक्टेल’ पार्टी थियो । हाँसोठट्टा चलिरहेको थियो । त्यस्तैमा टक्सार विभागका तत्कालिन प्रमुख थानेश्वर आचार्य एकाएक उठेर आफूभन्दा सिनियर कर्मचारीलाई अंकमाल गरेपछि बबाल मच्चिएको प्रकरण गुपचुप राखिएको थियो । यो प्रकरणको छानविन समिति बन्यो । स्पष्टीकरण सोधिएको थियो । अन्तत उनलाई पदबाटै बर्खास्त गरिएको हो ।राष्ट्र बैंक मानव संशाधन विभागले उनलाई बर्खास्ती गरेको नेपाल राष्ट्र बैंक स्रोतले जनाएको छ ।

यो प्रकरणपछि आचार्यलाई जनशक्ति व्यवस्थापन विभागको अतिरिक्त शाखामा सरूवा गरिएकोमा सोमबार केन्द्रीय बैंकले उनलाई पदबाटै बर्खास्त गरेको जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उपसचिवको सरुवामा उस्तै मनपरी : मन्त्रालयमा कार्यरत कर्मचारीको विभागबाट सरुवा,कहाँबाट लिने रमाना ?

३७ शाखा अधिकृतको सरुवा : २५ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिृकत फेरिए

४२ उपसचिवको सरुवा : फेरिए १५ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरु

रुद्रसिह तामाङ सचिवमा बढुवा

पूर्वप्रधानसेनापतिदेखि पूर्वपरराष्ट्रमन्त्रीका छोरासम्म राजदूतमा सिफारिस

बागमती प्रदेशमा १३४ दरबन्दी कटौती,९० जनाको अस्थायी दरबन्दी स्वीकृत

स्थानीय तहका २७ कर्मचारीको अन्तरपालिका सरुवा

बिशेष