कारको ठक्करबाट मालपोत हाकिमको मृत्यु

काठमाडौं । मोटरसाइकललाई कारले ठक्कर दिँदा मालपोत अधिकृतको मृत्यु भएको छ ।आइतबार साँझ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार अगाडि कारको ठक्करबाट मोटरसाइकल चालक तिलक बहादुर रावतको मृत्यु भएको हो ।

बिज्ञापन

बा २१ च ७५५३ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०२–००१ ब ४८० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक रुपन्देहीको मझगावास्थित मालपोत कार्यालयका प्रमुख (मालपोत अधिकृत) ४२ वर्षीय तिलक बहादुर रावतको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ ।

बिज्ञापन

रावत रुकुमको मुसिकोट नगरपालिका–१ घर भइ हाल रुपन्देहीको मालपोत कार्यालयमा कार्यरत थिए ।कार चालक लुम्बिनी सांस्कृतिक नगरपालिका–३ का ५३ वर्षीय अलाउद्दिन मुसलमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतक रावत रुकुमको मुसिकोट नगरपालिका–१ घर भइ हाल रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ स्थित मझगावा मालपोत कार्यलयमा कार्यरत थिए ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव दरबन्दी कटौतीमा परेको नेपाल ट्रष्टमा दुवाडीको सरुवा

अतिरिक्तमा रहेका ७ मध्ये ६ को व्यवस्थापन : आन्तरिकमा बासुदेव,निरौलालाई प्राधिकरण

तीन मन्त्रालय गाभेर खर्च घटाउने सरकार, लम्सालको सचिवालयमा ३९ जनाको ‘जम्बो दरबार’

मन्त्रिपरिषद्का ६ निर्णय : चार सहसचिव सचिवमा बढुवा, शेयर कारोबारमा पुँजीगत लाभकर घटाउने

पराजुली सचिवमा बढुवा

चार सहसचिवको जिम्मेवारी हेरफेर : कल्पना महानिर्देशक,कप्रमा सुबेदी

A Literary Bridge Across the Himalayas: The Undying Diamond Heart

२ पालिकाको उपाध्यक्षसहित १० जनप्रतिनिधिको पद रिक्त

बिशेष