कृष्णबहादुर महरा पक्राउ

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको टोलीले पक्राउ गरेको हो।

बिज्ञापन

 

बिज्ञापन

सुन प्रकरणमा जोडिएका महरालाई प्रहरीले कपिलबस्तुबाट पक्राउ गरेर अहिले काठमाडौं ल्याइरहेको प्रहरीले जनाएको छ । सुन तस्करी जाँचबुझ आयोगले महरालाई मुद्धा चलाउन सिफारिस दिएसँगै पूर्व सभामुख समेत रहेका उनी  प्रहरीको निगरानीमा रहँदै आएका थिए भने रोल्पा हिँडेका भनिएका उनलाई भैरहवाबाट पक्राउ गरिएको हो ।रुपन्देहीबाट पक्राउ परेका उनलाई प्रहरीले जहाजमार्फत काठमाडौँ ल्याउन लागेको हो ।

आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए।गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै सो निर्देशन दिएका थिए ।

बिज्ञापन

यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

फाजिलमा परेका खरिदारदेखि शाखा अधिकृत तहका ६८ कर्मचारीको व्यवस्थापन

आयल निगमको कार्यकारी निर्देशक कसलाई ?

शाखा अधिकृतलाई सरकारी सेवाबाटै बर्खास्त गर्ने तयारी

वनका हाकिमविरुद्ध भ्रष्टाचार मुद्धा दायर

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा तीन जनाको अन्तिम प्रतिस्पर्धा, मन्त्रिपरिषद्ले गर्ने एक जनाको नियुक्ति

सहसचिवमा प्रथम भएका विजयकुमार शर्माको लोकसेवा टिप्स

कस्ले बुझ्छ र हामी करारका कर्मचारीहरुको कहर ?

सुनसरीका दुई गाउँपालिकाका सबै क्षेत्रमा निषेधाज्ञा

बिशेष