कृष्णबहादुर महरा पक्राउ

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको टोलीले पक्राउ गरेको हो।

बिज्ञापन

 

बिज्ञापन

सुन प्रकरणमा जोडिएका महरालाई प्रहरीले कपिलबस्तुबाट पक्राउ गरेर अहिले काठमाडौं ल्याइरहेको प्रहरीले जनाएको छ । सुन तस्करी जाँचबुझ आयोगले महरालाई मुद्धा चलाउन सिफारिस दिएसँगै पूर्व सभामुख समेत रहेका उनी  प्रहरीको निगरानीमा रहँदै आएका थिए भने रोल्पा हिँडेका भनिएका उनलाई भैरहवाबाट पक्राउ गरिएको हो ।रुपन्देहीबाट पक्राउ परेका उनलाई प्रहरीले जहाजमार्फत काठमाडौँ ल्याउन लागेको हो ।

आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए।गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै सो निर्देशन दिएका थिए ।

बिज्ञापन

यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राजस्व अनुसन्धान विभाग खारेज गर्न सरकारलाई सुझाव

बजारमा निजी क्षेत्रको भ्रष्टाचार

“निजामती सेवा सुधार र कर्मचारी समर्पण:- कटुवालका योजना र दृष्टिकोण”

मन्त्रीको कार्यकक्ष बनाउँदा ९० लाख स्वाहा !

बाणिज्य बिभागको अनुगमन जारी, २० उधोगको कारोबा

त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

पूर्वडिजीको भक्तपुरस्थित विभिन्न १७ कित्ता जग्गा जफत

गृहमन्त्रीका भतिज विन्देश्वरको शक्तिः- रोजेकै ठाउँमा नियुक्ति

बिशेष