सुन तस्करी प्रकरण :-सिडिओ निगरानीमा, एसपीको जिम्मेवारी खोसियो

सुन तस्करी प्रकरणमा लहरो तान्दा पहरो थर्किएको छ । सुन तस्करी जाँचबुझ आयोगले यो प्रकरणमा जोडिएका उच्च पदस्थ कर्मचारी र प्रहरीहरुमध्ये केहीको जिम्मेवारी खोसेको छ भने केहीलाई उच्च निगरानीमा राखेको छ । सुन तस्करीबारे छानबिन गर्न बनेको उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य संयोजकत्वको जाँचबुझ आयोगले हालै सार्वजनिक गरेको ४७५ लामो पृष्टको प्रतिवेदनमा लमजुङका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी,विथ ल्यावका मालिक भीमकान्त भण्डारी,पूर्व सभामुख कृष्णबहादुर महरा छोरा निर्मल लगायतलाई निगरानीमा राख्न भनेको छ ।

बिज्ञापन

प्रतिवेदनमा सिआइबी प्रमुख किरण बज्राचार्यलाई कारवाहीको सिफारिस गरेकोमा हिजैको क्याविनेटले हेर्डक्वार्टरमा तानिसकेको छ । यस्तै अनुसन्धानकर्ता एसपी सञ्जयसिंह थापा, नुवाकोटका जिल्ला प्रहरी प्रमुख सञ्जयसिंह थापा,उनको जिम्मेवारी खोसिएको छ । डीएसपीसहित नेपाल प्रहरीका ४ जनालाई कारवाहीको सिफारिस गरिएको छ । डीएसपी दाहाल र कुँवरलाई पनि प्रहरी प्रधान कार्यालय तानिसकिएको छ ।

बिज्ञापन

अध्यागमन विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीले सुन तस्करका नाइकेसँग कुराकानी गरेको भेटिएसँगै उनलाई कारवाहीको सिफारिस गरिएको छ । यस्तै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका २ जना सरकारी वकिल जनक घिमिरे र वासुदेव शर्मालाई विभागीय कारबाहीको सिफारिस गरेको छ । यस्का अलवा त्यसैगरी त्रिभुवन विमानस्थल भन्सारका तत्कालीन प्रमुख अरुण पौडेल, उपसचिव श्रीधर टण्डन र मुक्ति श्रेष्ठलाई पनि विभागीय कारबाहीको सिफारिस गरिएको हो

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

भोटेकोशी प्रलयमा परी १६० राष्ट्रसेवक वेपत्ता,चारको मृत्यु

उपसचिव सिडियो,उनकै मातहतमा खटाइयो सहसचिव

निजामती सेवा दिवसका सम्पूर्ण कार्यक्रम रद्ध

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

बिशेष