सुन तस्करीमा मुछिए रसुवाका भन्सार अधिकृत,भेप छुट्टयाउन १० लाख डिल

पछिल्लो समय सुन तस्करीको हब बन्दै गएको छ,रसुवा जिल्ला । यही जिल्लाका एक जना भन्सार अधिकृत समेत सुन तस्करी प्रकरणमा मुछिएका छन् । सुन तस्करी जाँचबुझ आयोगले सुन तस्कर विदेशी नागरिकसँग घुस डिल गर्ने ती अधिकृत उपर कारवाहीका लागि सिफारिस गरिएको छ । सरकारले गठन गरेको सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगले सुन तस्करीका नाइके मानिएका दावासँग रसुवा भन्सार अधिकृतको अस्वाभाविक उठबस रहेको र घुसको डिल भएको प्रमाणसमेत भेटिएपछि उक्त समितिले ती अधिकृतलाई कारवाही गर्न सिफारिस गरेको छ ।

बिज्ञापन

सरकारले पूर्व न्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा आयोग गठन गरेको थियो । झण्डै ५ महिना लामो अध्ययन र अनुसन्धान पछि उक्त समितिले सरकारलाई बुझाएको प्रतिवेदनले अहिले हलचल ल्याइरहेको छ ।  ४७० पृष्ट भन्दा लामो प्रतिवेदन बनाएर गृहमन्त्री रवि लामिछानेलाई बुझाएसँगै यो प्रकरणमा जोडिएका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख किरण बज्राचार्यलाई प्रहरी हेर्डक्वार्टरमा तानिएको छ । यस्तै अनुसन्धानकर्ता एसपी सञ्जयसिंह थापा, डीएसपीसहित नेपाल प्रहरीका ४ जना, अध्यागमन विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारी, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका २ जना सरकारी वकिल जनक घिमिरे र वासुदेव शर्मालाई विभागीय कारबाहीको सिफारिस गरेको छ । त्यसैगरी त्रिभुवन विमानस्थल भन्सारका तत्कालीन प्रमुख अरुण पौडेल, उपसचिव श्रीधर टण्डन र मुक्ति श्रेष्ठलाई पनि विभागीय कारबाहीको सिफारिस गरिएको हो ।

बिज्ञापन

सोही प्रतिवेदनमा रसुवा भन्सारका भन्सार अधिकृत भरतराज अधिकारी र सुन तस्कर दावा छिरिङबीच सुन जडित विद्युतीय चुरोट (भेप) छुटाउन १० लाख रुपैयाँको डील भएको खुलेको छ । विच्याटमा १० लाखको डिल भए पनि लेनदेन भए नभएको स्पष्ट नखुलेको प्रतिवेदनमा जनाइएको छ । लेनदेनको प्रस्ताव भएको पाइएपछि उनलाई विभागीय कारबाहीको सिफारिस भएको छ ।

प्रतिवेदनमा भन्सार अधिकृत अधिकारी रसुवाबाट काठमाडौंको बालाजुस्थित आफ्नो घर आउँदा तथा काठमाडौंबाट रसुवा जाँदा पटक–पटक उनले दावाकै गाडीमा आउजाउ गर्ने गरेको उल्लेख गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

श्रम मन्त्रालयको गाडी विवाद:- राजनीतिक उपहार कि प्रशासनिक अपराध ?

कर्मचारीतन्त्र मात्र होइन राजनीतिमा पनि कुलिङ पिरियड राखौं: गोविन्द भट्टराई

राष्ट्रिय किताबखानाले थाल्यो ‘अभिलेख शुद्धीकरण अभियान’

पतञ्जली जग्गा प्रकरणमा मुछिएका सहसचिव २५ हजार धरौटी बुझाएर छुटे

अबदेखि सरकारी सेवामा नियुक्त कर्मचारीले पाउँने छैनन् पेन्सन {परिपत्रसहित}

प्रमुख प्रशासकीय अधिकृत सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

सीमा सुरक्षामा स्थानीय तहको सहभागिता महत्वपूर्ण : सशस्त्र प्रहरी बलद्वारा सीमावर्ती वडाध्यक्षहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

पूर्व प्रशासकहरुलाई धमाधम बैंकमा नियुक्ति

बिशेष