सुन तस्करीमा मुछिए रसुवाका भन्सार अधिकृत,भेप छुट्टयाउन १० लाख डिल

पछिल्लो समय सुन तस्करीको हब बन्दै गएको छ,रसुवा जिल्ला । यही जिल्लाका एक जना भन्सार अधिकृत समेत सुन तस्करी प्रकरणमा मुछिएका छन् । सुन तस्करी जाँचबुझ आयोगले सुन तस्कर विदेशी नागरिकसँग घुस डिल गर्ने ती अधिकृत उपर कारवाहीका लागि सिफारिस गरिएको छ । सरकारले गठन गरेको सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगले सुन तस्करीका नाइके मानिएका दावासँग रसुवा भन्सार अधिकृतको अस्वाभाविक उठबस रहेको र घुसको डिल भएको प्रमाणसमेत भेटिएपछि उक्त समितिले ती अधिकृतलाई कारवाही गर्न सिफारिस गरेको छ ।

बिज्ञापन

सरकारले पूर्व न्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा आयोग गठन गरेको थियो । झण्डै ५ महिना लामो अध्ययन र अनुसन्धान पछि उक्त समितिले सरकारलाई बुझाएको प्रतिवेदनले अहिले हलचल ल्याइरहेको छ ।  ४७० पृष्ट भन्दा लामो प्रतिवेदन बनाएर गृहमन्त्री रवि लामिछानेलाई बुझाएसँगै यो प्रकरणमा जोडिएका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख किरण बज्राचार्यलाई प्रहरी हेर्डक्वार्टरमा तानिएको छ । यस्तै अनुसन्धानकर्ता एसपी सञ्जयसिंह थापा, डीएसपीसहित नेपाल प्रहरीका ४ जना, अध्यागमन विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारी, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका २ जना सरकारी वकिल जनक घिमिरे र वासुदेव शर्मालाई विभागीय कारबाहीको सिफारिस गरेको छ । त्यसैगरी त्रिभुवन विमानस्थल भन्सारका तत्कालीन प्रमुख अरुण पौडेल, उपसचिव श्रीधर टण्डन र मुक्ति श्रेष्ठलाई पनि विभागीय कारबाहीको सिफारिस गरिएको हो ।

बिज्ञापन

सोही प्रतिवेदनमा रसुवा भन्सारका भन्सार अधिकृत भरतराज अधिकारी र सुन तस्कर दावा छिरिङबीच सुन जडित विद्युतीय चुरोट (भेप) छुटाउन १० लाख रुपैयाँको डील भएको खुलेको छ । विच्याटमा १० लाखको डिल भए पनि लेनदेन भए नभएको स्पष्ट नखुलेको प्रतिवेदनमा जनाइएको छ । लेनदेनको प्रस्ताव भएको पाइएपछि उनलाई विभागीय कारबाहीको सिफारिस भएको छ ।

प्रतिवेदनमा भन्सार अधिकृत अधिकारी रसुवाबाट काठमाडौंको बालाजुस्थित आफ्नो घर आउँदा तथा काठमाडौंबाट रसुवा जाँदा पटक–पटक उनले दावाकै गाडीमा आउजाउ गर्ने गरेको उल्लेख गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

बिशेष