मेयरका ड्राइभरले कुटे प्रहरी जवान र हवल्दार

मेयरका ड्राइभरले नेपाल प्रहरीमाथि हातपात गर्दा दुईजना हवलदार र जवान घाइते भएका छन्। दार्चुलाको शैलेशिखर नगरपालिकाका मेयर विजय सिंह धामीका ड्राइभर सुरेश बिष्टले गोकुलेमा कार्यरत प्रहरी हवल्दार मेघराज बिक र प्रहरी जवान नरेन्द्र बोहरामाथि हातपात गरेका हुन् ।

बिज्ञापन

ड्राइभर बिष्टको कुटाइबाट हवल्दार बिकको छातीमा चोट लागेको छ भने प्रहरी जवानको हात भाँचिएको छ। उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय दार्चुलामा पठाइएको जिल्ला प्रहरीले जानकारी  दिएको छ।

बिज्ञापन

मङ्गलबार गोकुलेको मेलामा तीन चार जनाले गाँजा खाएर लफडा गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोकुलेमा कार्यरत उनीहरू चेकजाँच गर्न जाँदा घटना घटेको हो । प्रहरी स्रोतका अनुसार ‘प्रहरीको टोलीले उनीहरूमाथि चेक जाँच गर्दा ड्राइभर बिष्टले आफ्नो भाइ भएको भन्दै छोडिदिन प्रहरीलाई धम्की दिएका थिए तर, हवल्दार विकले चेक गर्न नछाडेपछि उनीमाथि कुटपिट गरेका हुन्।’

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिडियोको नाममा घुस असुल्नेहरु पक्राउ

आम आदमीसहित ६ राजनीतिक दल खारेज

शिक्षा मन्त्रालयका नक्कली शाखा अधिकृतको चर्तिकला

घर जान लागेका एसएसपीविरुद्ध भ्रष्टाचार मुद्दा

गाउँपालिकाका अध्यक्षका आफन्तको धमाधम अस्वाभाविक बढुवा, अख्तियारले माग्यो स्पष्टीकरण

संसद पुनस्थापना र सर्वदलीय सरकारको चर्चा बीच शीतल निवासमा तोडियो संवादहीनता

पूर्व गृहसचिव,आइजीपी र सहसचिवको स्थान हद फुकुवा

जाँचबुझ आयोगले पूर्व गृहमन्त्री लेखकलाई काट्यो पत्र,शुक्रवार बयान लिने तयारी

बिशेष