जिल्लाबासीका अघि गल्यो सान्जेन,सच्याउला त नियमावली ?

सान्जेन जलविद्युत आयोजनाले आफ्नो साधरण सभा स्थगित गरेको छ । जालसाँझीपूर्वक ढंगले नियमावली परिवर्तन गरेर आगामी चैत्र ५ मा डाकेको बार्षिक साधरण सभा अन्तत स्थगित गरेको छ कम्पनीले ।

बिज्ञापन

सान्जेनले यसाधरण सभा डाकेको सान्जेन जलविद्युत कम्पनीले गत पुस २९ गते बाह्रौ साधारणसभामा राखेर शेयरधनीहरुलाई साधरण जानकारी समेत नदिई सभाबाट अरु सबै सहभागीहरु हिडिसकेपछि स्थानीय रसुवावासीलाई संचालक समितिमा आउन नदिने ढंगले नियमावली सच्चाइएको फेला परेपछि रसुवावासीहरु उक्त व्यवस्था सच्चाउन माग गर्दै ज्ञापन पत्र बुझाउन कम्पनीको केन्द्रीय कार्यालयमा पुगेका थिए ।

बिज्ञापन

विद्यमान व्यवस्थामा कम्पनीको कुल शेयर मध्ये ५१ प्रतिशत संस्थापक शेयर र ४९ प्रतिशत शेयर रहेको र सोहि शेयरको प्रतिशतलाई आधार मानी संचालक समितिमा संस्थापक शेयरको तर्फबाट ५ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ४ जना चुनिने व्यवस्था थियो तर रातारात नियमावाली परिवर्तन गरेर संस्थापक तर्फ ४ जना, सर्वसाधारण तर्फ जम्मा २ जना र सो मध्ये पनि १ अनिवार्य महिला भन्ने ब्यवस्था राखेको भेटिएको थियो । सोही संशोधित नियमावलीको आधारमा गत माघ २९ गते बसेको संचालक समितिको बैठकबाट स्थानीय रसुवावासीको डिम्याट खातामा शेयर समेत नहाल्दै आगामी चैत्र ५ गते साधरण सभाको डाकेको थियो ।

यसबाट चिढिएका रसुवा जिल्ला आमाछोदिङमो गाउँपालिकाका एमालेका अध्यक्ष फुर्पु सिङ्गी तामाङ, नेपाली काँग्रेसका पालिका सभापति दावा नोर्चुङ तामाङ र नेकपा माओवादी केन्द्रका पालिकाका अध्यक्ष ल्हाक्पा तामाङसहितको टोलीले स्थानीय जिल्लावासीलाई संचालक समितिमा आउन रोक्ने उद्देश्यका साथ स्वार्थ समूहको योजनामा गोप्य रुपमा नियमावली सशोधन भएको प्रति आपत्ति जनाउँदै उक्त नियमावली संशोधन सच्चाएर पूरानै व्यवस्था कायम गर्न माग राख्दै आयोजनाको केन्द्रीय कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका थिए ।

बिज्ञापन

उक्त ज्ञापनपत्रमा संशोधित नियमावली सच्याउन र पूर्ववत रुपमै संस्थापक तर्फ ५ र साधारण शेयर तर्फ ४ कायम गरि, त्यस माथि साधारण तर्फको ४ बाट कम्तीमा १ जना अनिवार्य स्थानीय जिल्लावासीबाट हुने ब्यवस्था गर्न माग गरिएको थियो ।
कम्पनी जर्वजस्त ढंगले ०८० चैत ५ गते नै तेह्रौ साधारणसभा र निर्वाचन गर्न अघि बढे स्थनीय जिल्लावासी २९ गतेबाट कम्पनी बिरुद्ध हदै सम्मको कडा आन्दोलन गर्न बाध्य हुने र त्यसको सम्पूर्ण जिम्मेवारी हालको कम्पनीको संचालक समितिले लिनु पर्ने भनिएसँगै सान्जेनको साधरण सभा तत्कालका लागि स्थगित गरेको जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

बिशेष