गुणस्तरहीन खाना खुवाउने काठमाडौँका १६ वटा ‘स्टार होटल’ कारबाहीमा

स्टार होटल भनिएकाहरु नै गुणस्तरहीन खाना बनाएर खुवाउने गरेको पाइएको छ । काठमाण्डौं उपत्यकाभित्रैका तारे होटेलहरुले अखाद्य वस्तु प्रयोग गरी खाना बनाएर खुवाउने गरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारवाही गरेको हो । विभागले सुरु गरेको तारे होटेल केन्द्रित अनुगमनमा विभिन्न १६ वटा होटलहरुले गुणस्तरहीन खाना खुवाउने गरेको पाइएको हो । विभागका प्रवक्ता आनन्दराज पोखरेलले खाना र खाजा बनाउन प्रयोग हुने मसला, खाने तेल र अन्य वस्तुहरु म्याद नाघेको र गुणस्तरहीन पाइएको हो ।

बिज्ञापन

विभागका प्रवक्ता पोखरेलले उपत्यकका नाम चलेका तारे होटलले नै गुणस्तरहीन खाना र खाजा खुवाउँदै आएको फेला पारिएको जानकारी दिए । उनका अनुसार खाना र खाजा तयार पार्न ति होटेलहरुले प्रयोग गर्ने मरमसला, खानेतेल, विभिन्न प्रकारका खाद्यजन्य पदार्थहरु म्याद नाघेको अवस्थामा फेला परेको हो । ‘विभागले सुरु गरेको तारे होटेल केन्द्रित विशेष अनुगमनको क्रममा त्यस्ता होटेलले खाना र खाजा तयार पार्न प्रयोग हुने सबै प्रकारका खाद्यजन्य पदार्थ म्याद नाघेको अवस्थामा फेला परेको छ,’ पोखरेलले भने,‘उपभोक्ताबाट चर्को मूल्य लिएर मानव स्वास्थ्यलाई हानी पुर्‍याउने गरी गुणस्तरहीन खाद्य पदार्थ बिक्री गर्न पाइँदैन ।’

बिज्ञापन

होटेलहरुबाट म्याद नाघेको खाद्य वस्तु र कच्चा पदार्थ बरामद गरी नष्ट गरिएको विभागले जनाएको छ । विभागले होटेलको नाम भने सार्वजनिक गरेको छैन । विभागले तारे होटलहरुको यो कामलाई उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने कार्य भएको र ठगिसमेत भएको निष्कर्षसहित १६ वटा तारे होटेललाई ३–३ लाख रुपैयाँ जरिवाना गराएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

शाखा अधिकृत र उपसचिव तहका माग आकृति फाराम पठाउन परिपत्र,१२ असोजसम्म समयसीमा

सीडीई सरुवा चलखेलमा मुछिएका डिजी तानिए मन्त्रालयमा

खारेज भएका कार्यालय धमाधम ब्यूँताइदैं,विभागहरु पूरानै मन्त्रालयमा सारिँदै

उपसचिवको सरुवामा उस्तै मनपरी : मन्त्रालयमा कार्यरत कर्मचारीको विभागबाट सरुवा,कहाँबाट लिने रमाना ?

३७ शाखा अधिकृतको सरुवा : २५ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिृकत फेरिए

४२ उपसचिवको सरुवा : फेरिए १५ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरु

रुद्रसिह तामाङ सचिवमा बढुवा

बिशेष