‘पारिवारिक क्लब’ शैल्यशिखर नगरपालिका :- बुवा मेयर,छोरा प्रमुख प्रशासकीय,भतिज इञ्जिनियर

दार्चुलाको शैल्यशिखर नगरपालिका पारिवारिक क्लब बन्न पुगेको छ । जहाँ मेयर बुवा,छोरा प्रमुख प्रशासकीय अधिकृत र इञ्जिनियर भतिजो रहेको विवरण हालै सार्वजनिक भएको छ ।

बिज्ञापन

सोही नगरपालिका ५ का अध्यक्ष जनकसिंह डाँगाले नगरकार्यपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख (लेखापाल) विजय बिष्टलाई मार्ने धम्की दिएसँगै यस्तो रोचक विवरण भेटिएको हो ।

बिज्ञापन

त्यहाँका स्थानीय तथा पालिकाकै कर्मचारीहरुले दिएको विवरण अनुसार,त्यहाँ पालिकाका अध्यक्षमा एमालेका नेता विजय सिंह धामी मेयरको कुर्सीमा छन् । सोही पालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उनकै छोरा कार्यरत छन् । प्रमुख प्रशासकीय अधिकृतको रुपमा पुष्करसिंह धामी कार्यरत रहेका छन् ।
यस्तै नगरप्रमुखका भतिजा योगेश सिंह धामी पालिकाको इन्जिनियरका रुपमा काम गरिरहेका छन् ।

पालिकाका कर्मचारीहरुका अनुसार, धामीको दरबन्दी दार्चुलाकै नौगाड गाउँपालिकामा छ । तर शैल्यशिखरमा प्रमुख प्रसाशकीय अधिकृत बिहिन भएपछि उनका बुबा तथा मेयर पुष्करले छोरालाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा पालिकामा भित्र्याएका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

थप ४९ शाखा अधिकृतको सरुवा : १२ लाई अध्यागमन विभाग

“भन्सारको गाडीमा सशस्त्र–नेपाल प्रहरीको तानातान, एसपीलाई भन्सार अधिकृतको ‘आईजीपी–गृहमन्त्री’ धम्की”

मालपोतका तत्कालीन प्रमुखसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सर्वोच्चको आदेश : लोक सेवा आयोगको नतिजा प्रकाशनमा ढिलाइ नगर्नू

लेखाका कर्मचारीको सरुवाको तयारी,१५ असोजभित्रै दिनुपर्नेछ आवेदन

विज्ञापन संघका पूर्व अध्यक्षलाई विज्ञापन वोर्डको नेतृत्व

सहायक तेस्रो तहका कर्मचारीको नयाँ तलबमान कायम

काँग्रेसी कर्मचारी युनियनमा कलह

बिशेष