रघुवीरभन्दा माथिल्लो मर्यादाक्रम मागेका उपेन्द्रलाई रविभन्दा मुन्तिर

उपप्रधान तथा स्वास्थ्य मन्त्रीमा उपेन्द्र यादव नियुक्त भएका छन् । राष्ट्रपति निवास शीतल निवासबाट शपथ लिएर भर्खरै रामशाहपथमा आई स्वास्थ्यमन्त्रीको पदभार ग्रहण गरेका हुन् ।
यादवले जिम्मेवारी सम्हालेसँगै प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान मन्त्रीको संख्या चार जना पुगेका छन् भने उपप्रधानमन्त्रीमा सबैभन्दा तल उपेन्द्रलाई राखिएको छ ।    अहिले भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ,परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने चोथौं मर्यादाक्रममा छन् भने मर्यादाक्रमको पाँचौ स्थानमा उपेन्द्र यादव छन् ।

बिज्ञापन

मर्यादाक्रमकै बिषयमा कुरा नमिल्दा उपेन्द्र यादवको सत्तारोहण यात्रा ढिलाई भएको थियो । उपेन्द्रले मन्त्रीहरुको वरियतामा आफूलाई रघुवीर महासेठभन्दा आफूलाई माथि रहनुपर्ने अडान लिएका थिए । तर ओली सकरात्मक थिएनन्,उक्त माग प्रति । उपेन्द्रले मन्त्रीहरुको वरियतामा आफूलाई दोश्रो स्थान अर्थात रघुवीर महासेठभन्दा माथिरहनु पर्ने माग राख्दै आएका थिए तर अहिले उनलाई रवि लामिछानेभन्दा पनि तल अर्थात पाँचौ नम्बरमा राखिएको छ ।उपेन्द्र यादव ०६५ सालमै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थिए । त्यसपछि उनी २०७४ सालमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला यादव उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका हुन ।

बिज्ञापन

दलीय हैसियतका आधारमा उपप्रधानमन्त्रीको वरीयता तय गरिएकाले यौटै पार्टीमा हुँदा नारायणकाजी भन्दा निकै तल रहेका रघुवीर क्याबिनेटमा भने माथि परेका हुन् । तत्कालीन नेकपामा नारायणकाजी सचिवालय सदस्य रहँदा रघुवीर केन्द्रीय सदस्य मात्रै थिए । अब क्याबिनेटमा चार उपप्रधानमन्त्री पुगेका छन् ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ महत्वपूर्ण निर्णय

सहसचिव भट्टराई सचिवमा बढुवा, बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन

बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक ५ हजार वृद्धि

प्रधानमन्त्रीसँग १४ मन्त्री र मुख्यसचिवको कार्यसम्पादन सम्झौता

अनलाइनबाटै आवेदन दिएका २ हजारमध्ये ४ सयको सरुवा,एक सयको प्रक्रियामा

समयमा कार्यालय पुग्दैनन् कर्मचारी,१० हजार २६८ माथि कारवाहीको डण्डा बर्सदै

कर्मचारी अध्ययन बिदा विवादमा प्रदेश सरकारको निर्णय कार्यन्वयन नगर्न सर्वाेच्चको अन्तरिम आदेश

सरकारी जग्गा संरक्षण गर्ने निकायबाटै सरकारी सम्पत्तिको दोहन ?

बिशेष