कटौतीमा परेको प्रोत्साहन भत्ता फेरि दिइने संकेत

अख्तियार,निर्वाचन आयोग लगायतका निकायका कर्मचारीहरुले मात्र पाउँदै आएको प्रोत्साहन भत्ता अब विशेष अदालतमा कार्यरत कर्मचारीले पाउने भएका छन् । अचम्म कस्तो भने, मुद्दाहरुको अनुसन्धान र अभियोजन गर्ने अख्तियारका कर्मचारीले सतप्रतिशत भत्ता पाउने, तर ती मुद्दालाई किनारा लगाउनुपर्ने विशेष अदालतका हकमा ऐनमा लेखिएर पनि खाइपाई आएको सुविधा नपाउने । यस्तो स्थितिको अन्त्य हुने संकेत अर्थ सचिव कृष्णहरि पुष्करले गरेका हुन ।

बिज्ञापन

अख्तियारका कर्मचारीले प्रोत्साहन भत्ता पाउने,त्यही अख्तियारले दायर गरेको मुद्धामा फैसला सुनाउने विशेष अदालतका कर्मचारीहरुले भत्ता नपाउने ! दफामै लेखेको सुविधा नपाउने गरेको गुनासो पछि अर्थ सचिव पुष्करले सुविधा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका हुन । अघिल्लो साता ‘के–कसो छ’ भन्दै अर्थ सचिव पुष्कर आफैं विशेष अदालतमा पुगेर त्यहाँको समस्या सुनेर सामाधान गर्ने वचन दिएर फर्किएका हुन ।

बिज्ञापन

भ्रष्टाचारसहितका मुद्दा हेर्ने विशेष अदालत कति उपेक्षित थियो भने, अध्यक्ष र सदस्यलाई विशेष सुविधा दिइने भनेर ऐनको दफा ५ मा लेखिएको छ । तर, कार्यान्वयन शून्य । बबरमहलस्थित अदालत परिसरलाई रंगरोगनसहित आकर्षक बनाउने विषयमा छलफल गर्न अघिल्लो सोमबार शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक र भोलिपल्ट अर्थ सचिव कृष्णहरि पुष्कर बिहानै पुगे । पुष्करले ‘के गर्नुपर्छ ?’ भनी प्रश्न राखेपछि अदालतका अध्यक्ष टेकनारायण कुँवरले ऐनमा उल्लेखित सुविधा पदाधिकारी मात्र नभई कर्मचारीका हकमा पनि लागु हुनुपर्ने सुझाव दिए । लगत्तै सचिव पुष्करले बजेटका सिलिङ अध्ययन गरेर ती सुविधा उपलब्ध गराउने प्रतिवद्धता जनाए । त्यस्तो सुविधा पहिला अध्यक्ष र सदस्यहरुले पाएको, तर पछिल्लो समय बजेट कटौतीमा पर्दै आएको थियो ।

विशेष अदालतमा नयाँ नेतृत्व गएपछि मुद्दाको चाप आश्चर्यजनक शैलीमा घट्दो छ । फागुन दोस्रो सातामै १ सय ६५ प्रतिशत मुद्दा फस्र्यौट भयो । यही रफ्तारले ३० गतेसम्म मुद्दा फस्र्यौटको अनुपात २ सय प्रतिशत नाघ्ने स्थिति छ । मुद्दा पनि कस्ता भने, पाँच सय–हजार रुपैयाँमा रंगेहात गिरफ्तार गराउने, त्यसपछि जागिरसँगै जीवन पनि जर्जर भएका कर्मचारीको सधैं ताँती लाग्ने † वर्षौं पहिले जिल्ला अधिकारी भएका हाकिमहरु धर्धरी रुँदै ‘श्रीमान्, न्याय चाहियो’ भनी हात जोडिरहने । सफाई दियो, त्यसपछि फेरि खुशीको रुवाई शुरु हुने †

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामान्य प्रशासनमा मन्त्री खनालको ६ महिना : ८५ वटा निर्णय,यस्ता छन् कामको फेहरिस्त

नव निर्वाचित माननीयको निर्देशन १३ स्थानीय सरकारलाई अमान्य

२५ कर्मचारी छड्केमा,प्रमुख प्रशासकीय अधिकृतसहितको हाजिरीमा लाग्यो रातो

प्रमुख प्रशासकीय अधिकृत,लेखापालसहित चारविरुद्ध भ्रष्टाचार मुद्धा दायर

विजयी भएको प्रमाणपत्र बुझ्न प्रतिनिधि सभाको जेष्ठ सदस्य नै पुगेनन निर्वाचन आयोग

पर्यटक भिसामा खेल खेल्न प्रतिवन्ध

यी हुन शाखा अधिकृत बढुवाका लाइनमा रहेका ३०४ कर्मचारी

तीन बर्ष अदालतको चक्करपछि बल्ल उक्लिइन उपसचिवमा

बिशेष