हाकिम सुतिरहेको सरकारी निवासमा ढुंगामुढा र आगजनी घटनाप्रति कर्मचारी युनियनको आपत्ति

दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी सुतिरहेको सरकारी निवासमा राति ढुंगामुढा र आगजनी घटनाप्रति नेपाल निजामती कर्मचारी युनियनले आपत्ती प्रकट गरेको छ ।

बिज्ञापन

कर्मचारी युनियनका महासचिव जनक बहादुर रावलले शुक्रबार विज्ञप्ति जारी गरी उक्त घटनाप्रति निन्दा तथा भर्त्सना गरेका हुन् ।

बिज्ञापन

“जनताको सबैभन्दा नजिकको सरकारको रुपमा रहेका स्थानीय तहमा कार्यरत राष्ट्रसेवक कर्मचारीमाथि भएको आक्रमणको हामी घोर निन्दा एवम् भ्रत्सना गर्दै यस अवान्छित कार्यमा संलग्न व्यक्तिको पहिचान गरी हदैसम्मको कारवाही गर्न जोडदार माग गर्दछौं” विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अज्ञात समूहले बिहीबार राति पौने २ बजेतिर प्रमुख प्रशासकीय अधिकृत अधिकारी बस्ने सरकारी निवासमा आगजनी भएको हो।

बिज्ञापन

ढुंगाले झ्यालका सिसा फुटेका छन्। निवासमा रहेका पर्दा, किताब, बेडमा क्षति पुगेको छ। प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी भने शकुसल रहेको प्रहरीले जनाएको छ। घटनापछि अधिकारीले राति भागेर प्रहरीलाई जानकारी दिएका थिए।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

४६ खरिदार,२० कम्युटर अपरेटर र ४ नायब सुब्बाको सरुवा

प्रधानमन्त्री कार्यालयमा सरुवा भइन अतिरिक्त सचिव मिश्रा

पासपोर्ट फ्रि ट्राभलको कार्यान्वयनको तयारी

आठ सहसचिवको सरुवा : तीनको अर्थमा इन्ट्री

परराष्ट्रमा वातावरण कूटनीतिक शाखा स्थापना,उपसचिवले कमाण्ड गर्ने

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

“संघीय निजामति सेवा विधेयक २०८३ : लोकतान्त्रीकरण, व्यवसायीकरण र सुशासनतर्फको नीतिगत प्रस्थान”

गृहको कप्र प्रमुखमा पन्थी, सिराहाको सीडीयो मन्त्रालय तानिए

बिशेष