हाकिम सुतिरहेको सरकारी निवासमा ढुंगामुढा र आगजनी घटनाप्रति कर्मचारी युनियनको आपत्ति

दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी सुतिरहेको सरकारी निवासमा राति ढुंगामुढा र आगजनी घटनाप्रति नेपाल निजामती कर्मचारी युनियनले आपत्ती प्रकट गरेको छ ।

बिज्ञापन

कर्मचारी युनियनका महासचिव जनक बहादुर रावलले शुक्रबार विज्ञप्ति जारी गरी उक्त घटनाप्रति निन्दा तथा भर्त्सना गरेका हुन् ।

बिज्ञापन

“जनताको सबैभन्दा नजिकको सरकारको रुपमा रहेका स्थानीय तहमा कार्यरत राष्ट्रसेवक कर्मचारीमाथि भएको आक्रमणको हामी घोर निन्दा एवम् भ्रत्सना गर्दै यस अवान्छित कार्यमा संलग्न व्यक्तिको पहिचान गरी हदैसम्मको कारवाही गर्न जोडदार माग गर्दछौं” विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अज्ञात समूहले बिहीबार राति पौने २ बजेतिर प्रमुख प्रशासकीय अधिकृत अधिकारी बस्ने सरकारी निवासमा आगजनी भएको हो।

बिज्ञापन

ढुंगाले झ्यालका सिसा फुटेका छन्। निवासमा रहेका पर्दा, किताब, बेडमा क्षति पुगेको छ। प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी भने शकुसल रहेको प्रहरीले जनाएको छ। घटनापछि अधिकारीले राति भागेर प्रहरीलाई जानकारी दिएका थिए।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारको आँखा १०–२० हजारमा, मूल घुसखोरी विभागमै

चिकित्सकको आवाजदेखि संस्थागत सुधारसम्म : एनएमए अध्यक्षका लागि डा. बद्री रिजाल

१० उपसचिवलाई नगरपालिकामा खटाइँदा ६ भित्रिए सिंहदरबार

थप दुई उपसचिवको सरुवा

राष्ट्रिय किताबखानाको सेवा अब पूर्ण रूपमा ‘फेसलेस’, पेन्सन पट्टाका लागि व्यक्तिगत रूपमा आउन नपर्ने

३० उपसचिवहरूको सरुवा

मन्त्रिपरिषद् बैठक, सचिव सरुवाको सम्भावना

वनमा वेथिती : बढुवाको अंक जोड्न दुर्गम पठाइने कर्मचारीको यस्तो बन्दैछ सूची

बिशेष