यी हुन सरकारी सेवाको उच्च ओहदामा कार्यरत ८ महिला

आज महिला दिवस । हरेक बर्ष मार्च ८ अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा मनाइदै आएको छ ।कुनै समय चुलो चौकामा सीमित महिलाहरु अहिले राजनीतिक,प्रशासनिक,न्यायिक,बैंक तथा वित्त संस्थाका अलवा सार्वजनिक निकायका उच्च तहमा पुग्न सफल भइसकेका छन् । यस्तै अहिले निजामती सेवाको उच्च तहमा ९ जना महिला कार्यरत छन् । जसमा हिजैबाट मात्र सचिव देवकुमारी गुरागाई सेवा हद लागेर घर फर्किएकी छिन् ।

बिज्ञापन

पछिल्लो समय निजामती सेवामा पनि महिलाको उपस्थिती बाक्लिदै गएको देखिन्छ । विज्ञापन खुलाउँदा नै महिलाको कोटा सुनिश्चित गरेपछि निजामती सेवामा महिलाहरुको उपस्थिति बाक्लिएको हो,पहिलाको भन्दा । निजामती किताबखानमा रहेको तथ्यांकअनुसार हालसम्म १२ जना महिलाले मन्त्रालयको सचिवको कार्यभार सम्हालिसकेका छन् । जसमा अहिले पनि ८ जना कार्यरत छन् यस निजामती सेवामा विशिष्ट श्रेणी अर्थात सचिव हुने पहिलो नेपाली महिला चन्द्रकला किरण हुन् । अहिलेसम्म उनीसहित १२ जना महिला सचिव पदबाट अनिवार्य अवकाशमा गइसकेका छन् । किरणपछि क्रमशः प्रभा बस्नेत, उर्मिला श्रेष्ठ, रिद्धिबाबा प्रधान, बृन्दा हाडा, यामकुमारी खतिवडा, डा सुधा शर्मा, डा किरण रेग्मी, डा पुष्पा चौधरी, निरु दाहाल, राममाया कुँवर र देवकुमारी गुरागाई सचिवबाट अवकाशमा गइसकेका छन् ।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार,अहिले ७३ सचिवको दरबन्दी छ । जसमध्ये टेकनारायण पाण्डे र मधुकुमार मरासिनीहरु मुद्धा मामिला झेलिरहेका छन् । तीन जना सचिवको दरबन्दी रहने प्रस्ताव गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ८ जना सचिव छन् भने तीनवटा प्रदेशको मुख्यमन्त्री कार्यालय भने कायममुकायम सचिवका भरमा चलिरहेका छन् । कोशी प्रदेश,निर्वाचन आयोग,न्याय परिषद् सचिवालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक सचिव पदि रिक्त छ । ७३ सचिवमध्ये  ८ महिला सचिवको रुपमा प्रशासनिक नेतृत्व गर्दैछन ।जसमा लक्ष्मीकुमारी बस्नेत र राधिका अर्याल, प्रमिलादेवी बज्राचार्य,सरिता दवाडी,लीलादेवी गड्तौला, विन्दू बिष्टका साथैं सेवा लम्साल सचिवको रुपमा कार्यरत छिन् ।उमेर हद लागेर देवकुमारी गुरागाई अवकाशमा गएसँगै अब उच्च प्रशासनिक नेतृत्वमा ८ महिला छन् ।

लीलादेवी गड्तौलालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कानुन हेर्नेगरि जिम्मेवारी सम्हालिरहेका छन् । यस्तै,नेपालको परराष्ट्र मन्त्रालयको इतिहासमै पहिलो पटक महिला परराष्ट्र सचिवको रुपमा समेत सेवा लम्सालले नयाँ रेकर्ड कायम गरिरहेकी छिन् । प्रमिलादेवी बज्राचार्य शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रविधि सचिवको जिम्मेवारीमा छिन् । महालेखा परीक्षकको कार्यालयमा उपमहालेखा निरीक्षकका रुपमा विन्दु विष्टले जिम्मेवारी सम्हालिरहेकी छिन । यस्का अलवा सरिता दवाडी जल तथा उर्जा आयोगमा कार्यरत छिन् ।   लक्ष्मीकुमारी बस्नेत  गण्डकी प्रदेशको प्रमुख सचिवका रुपमा कार्यरत छिन् ।  राधिका अर्याल लुम्बिनी प्रदेश सरकारको प्रमुखको जिम्मेवारी निर्वाह गरिरहेकी छिन् ।यस्तै रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशको जिम्मेवारी सम्हाल्न पुगेकी छिन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निर्जीवन बीमा कम्पनीमा पर्यो २० अर्ब ७० करोड दाबी

कान्छा सीईओले बर्ष दिन अगावै किन दिए राजीनामा ?

त्रिपालमुनि सर्वाेच्चका दुइ अस्थायी इजलाश

संसद भवन खरानी भएको नवौं दिनपछि अनुगमनमा निस्किए सभामुख

पूर्वमन्त्रीदेखि पार्टीको प्रवक्तासम्मले छाडे सीके राउतको साथ

जेनजेड युवा क्रान्ति र राजनीतिक, आर्थिक, प्रशासनिक सुधारको अवसर

१० कार्यालयको कमाण्डर फेरिए,काठमाडौंका ६ प्रहरी वृत्तका इञ्चार्ज हेरफेर

नेप्सेमा दोस्रो नकरात्मक सर्किट ब्रेक

बिशेष