यी हुन सरकारी सेवाको उच्च ओहदामा कार्यरत ८ महिला

आज महिला दिवस । हरेक बर्ष मार्च ८ अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा मनाइदै आएको छ ।कुनै समय चुलो चौकामा सीमित महिलाहरु अहिले राजनीतिक,प्रशासनिक,न्यायिक,बैंक तथा वित्त संस्थाका अलवा सार्वजनिक निकायका उच्च तहमा पुग्न सफल भइसकेका छन् । यस्तै अहिले निजामती सेवाको उच्च तहमा ९ जना महिला कार्यरत छन् । जसमा हिजैबाट मात्र सचिव देवकुमारी गुरागाई सेवा हद लागेर घर फर्किएकी छिन् ।

बिज्ञापन

पछिल्लो समय निजामती सेवामा पनि महिलाको उपस्थिती बाक्लिदै गएको देखिन्छ । विज्ञापन खुलाउँदा नै महिलाको कोटा सुनिश्चित गरेपछि निजामती सेवामा महिलाहरुको उपस्थिति बाक्लिएको हो,पहिलाको भन्दा । निजामती किताबखानमा रहेको तथ्यांकअनुसार हालसम्म १२ जना महिलाले मन्त्रालयको सचिवको कार्यभार सम्हालिसकेका छन् । जसमा अहिले पनि ८ जना कार्यरत छन् यस निजामती सेवामा विशिष्ट श्रेणी अर्थात सचिव हुने पहिलो नेपाली महिला चन्द्रकला किरण हुन् । अहिलेसम्म उनीसहित १२ जना महिला सचिव पदबाट अनिवार्य अवकाशमा गइसकेका छन् । किरणपछि क्रमशः प्रभा बस्नेत, उर्मिला श्रेष्ठ, रिद्धिबाबा प्रधान, बृन्दा हाडा, यामकुमारी खतिवडा, डा सुधा शर्मा, डा किरण रेग्मी, डा पुष्पा चौधरी, निरु दाहाल, राममाया कुँवर र देवकुमारी गुरागाई सचिवबाट अवकाशमा गइसकेका छन् ।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार,अहिले ७३ सचिवको दरबन्दी छ । जसमध्ये टेकनारायण पाण्डे र मधुकुमार मरासिनीहरु मुद्धा मामिला झेलिरहेका छन् । तीन जना सचिवको दरबन्दी रहने प्रस्ताव गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ८ जना सचिव छन् भने तीनवटा प्रदेशको मुख्यमन्त्री कार्यालय भने कायममुकायम सचिवका भरमा चलिरहेका छन् । कोशी प्रदेश,निर्वाचन आयोग,न्याय परिषद् सचिवालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक सचिव पदि रिक्त छ । ७३ सचिवमध्ये  ८ महिला सचिवको रुपमा प्रशासनिक नेतृत्व गर्दैछन ।जसमा लक्ष्मीकुमारी बस्नेत र राधिका अर्याल, प्रमिलादेवी बज्राचार्य,सरिता दवाडी,लीलादेवी गड्तौला, विन्दू बिष्टका साथैं सेवा लम्साल सचिवको रुपमा कार्यरत छिन् ।उमेर हद लागेर देवकुमारी गुरागाई अवकाशमा गएसँगै अब उच्च प्रशासनिक नेतृत्वमा ८ महिला छन् ।

लीलादेवी गड्तौलालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कानुन हेर्नेगरि जिम्मेवारी सम्हालिरहेका छन् । यस्तै,नेपालको परराष्ट्र मन्त्रालयको इतिहासमै पहिलो पटक महिला परराष्ट्र सचिवको रुपमा समेत सेवा लम्सालले नयाँ रेकर्ड कायम गरिरहेकी छिन् । प्रमिलादेवी बज्राचार्य शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रविधि सचिवको जिम्मेवारीमा छिन् । महालेखा परीक्षकको कार्यालयमा उपमहालेखा निरीक्षकका रुपमा विन्दु विष्टले जिम्मेवारी सम्हालिरहेकी छिन । यस्का अलवा सरिता दवाडी जल तथा उर्जा आयोगमा कार्यरत छिन् ।   लक्ष्मीकुमारी बस्नेत  गण्डकी प्रदेशको प्रमुख सचिवका रुपमा कार्यरत छिन् ।  राधिका अर्याल लुम्बिनी प्रदेश सरकारको प्रमुखको जिम्मेवारी निर्वाह गरिरहेकी छिन् ।यस्तै रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशको जिम्मेवारी सम्हाल्न पुगेकी छिन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

बिशेष