पाठ्यक्रम परिमार्जन गर्ने,वैकल्पिक उमेद्धारको सूची बढाउने लोकसेवाको निर्णय

लोक सेवा आयोगले प्राविधिक तथा अप्राविधिक पदहरुका परीक्षाको पाठ्यक्रम परिमार्जन गर्ने भएको छ । आयोगको दुई दिनसम्म चलेको बिरेन्द्रनगर सुर्खेतमा चलेको चौथो राष्ट्रिय सम्मेलनले यस्तो निर्णय गरेको हो ।

बिज्ञापन

१३ बुँदे निर्णयको पहिलो बुँदामा लेखिएको छ, लोक सेवा आयोगहरुबाट पदपूर्ति गरिने विभिन्न सेवा, समूह, उपसमूह, श्रेणी वा तह र पद (प्राविधिक र अप्राविधिक) का पाठ्यक्रममा समसामयिक सुधार र परिमार्जन गर्ने निर्णय गरिएको छ । यस वर्षको सम्मेलनको मुख्य थिम लोक सेवा आयोगको पाठ्यक्रमसँग सम्बन्धित रहेको थियो ।

बिज्ञापन

आयोगका सातै प्रदेश र संघका अध्यक्षसहित उपस्थित रहेको उक्त सम्मेलनले आयोगहरुबाट पदपूर्ति गरिने विभिन्न सेवा,समूह,उपसमूह,श्रेणी,तहका पाठ्यक्रममा समसामयिक सुधार र परिमार्जन गर्ने,संघीय लोकसेवा आयोग र प्रदेशका लोकसेवा आयोगमा उमेद्धार बनेर अनियमितता गरी कारवाहीमा परेकाहरुको अभिलेखीकरण गर्ने,वैकल्पिक उमेद्धारको सूची कम हुँदा माग गरिए अनुसारको सिफारिस गर्न नसकिएको अबस्थालाई मध्यनजर गर्दै वैकल्पिक उमेद्धारको सूची बढाउने लगायतका निर्णय गर्दै सम्मेलन सकिएको छ ।

दुई दिनसम्म चलेको सम्मेलनले विभिन्न १३ वटा निर्णय र ५ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

फर्जी कागजात पेश गरेर नियुक्त भएका वीमा प्राधिकरणका अध्यक्ष निलम्बित

को हुन् मन्त्रीसँग ‘घुस डिलमा संलग्न’ भनिएका सुजन लामा ?

वालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी, मोवाइल अफ गरेर घुस काण्डमा जोडिएका मन्त्री पनि सहभागी

उपसचिव बिते,श्रीमती र छोराविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

कर्मचारीलाई कासमू बुझाउन परिपत्र, कुन सेवाका कर्मचारीले कहाँ बुझाउने ?

प्रशासनका पाँच,प्राविधिक तीन सहित ११ उपसचिवको सरुवा

एमालेकै सांसदले मागे संघीय मामिलामन्त्री गुप्ताको बर्खास्ती

मन्त्रिपरिषद्को बैठक बस्दै

बिशेष