मन्त्रीको स्वागत, सचिवको बिदाई सँगसँगै

रामशाह पथमा रमाइलो संयोग जुरेको छ,सेवा हदका कारण सचिव घर जानु र मन्त्रीको पदबहाली पनि सोही समयमा हुनु !

बिज्ञापन

मुख्य सचिवको प्रवल दावेदारको रुपमा हेरिएकी देवकुमारी गुरागाई आगामी २६ गतेबाट अनिवार्य अवकाशमा जाँदैछिन् । निजामती सेवामा एकै पटक,एकै परिवारका दाजु र बहिनी नै सचिव पदमा पुगेर रेकर्ड तोड्न सफल भएकी गुरागाईलाई आज बसेको मन्त्रिपरिषद्को बैठकले बिदाई गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

गुरागाई पाँच बर्ष अघि सचिव पदमा बढुवा भएकी थिइन,उनी सेवा हदका कारण घर जान लागेकी हुन । ०७५ फागुन २६ गते नेपाल सरकारको सचिवमा बढुवा भएकी गुरागाईंले यो अवधिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लोकसेवा आयोग हुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हाल्न पुगेकी थिइन ।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी उपेन्द्र यादवले पाउने भएका छन् । जसपाका अध्यक्ष समेत रहेका यादवलाई उपप्रधानसहित स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो । यसअघि नेकपा एमालेले स्वास्थ्य मन्त्री लिने तयारीसहित पदम गिरीलाई सरकारमा पठाएको थियो । तर उपेन्द्रलाई पनि समेट्नु पर्ने बाध्यताका कारण पदमलाई कानुनमा सारिएको थियो ।

बिज्ञापन

उपेन्द्रकै पार्टीबाट नवलकिशोर साह वन मन्त्री बन्ने करिब टुंगिएको बताइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

हिमशृङ्खला एकेडेमीले मनायो ३१औँ स्थापना दिवस

ललितपुर मालपोत प्रमुखको सरुवा सदर,भक्तपुरका प्रमुख र सुव्वाको सरुवा बदर

कर्मचारीको नियमित सरुवा स्थगित

प्रसाई र सरकारबीच सहमति : कर्मचारीको तलब २० हजार बढाउने विषयमा सरकार सकारात्मक

सञ्चार सचिव अर्याल र महिला सचिव बस्नेत अदलीबदली

बर्ष दिन पछि सीटीईभीटीले पायो उपाध्यक्ष

फेरि अर्काे आयोग गठन,संयोजक तोकिए पूर्व न्यायधीश

मन्त्रिपरिषदको बैठक जारी

बिशेष