मन्त्रीको स्वागत, सचिवको बिदाई सँगसँगै

रामशाह पथमा रमाइलो संयोग जुरेको छ,सेवा हदका कारण सचिव घर जानु र मन्त्रीको पदबहाली पनि सोही समयमा हुनु !

बिज्ञापन

मुख्य सचिवको प्रवल दावेदारको रुपमा हेरिएकी देवकुमारी गुरागाई आगामी २६ गतेबाट अनिवार्य अवकाशमा जाँदैछिन् । निजामती सेवामा एकै पटक,एकै परिवारका दाजु र बहिनी नै सचिव पदमा पुगेर रेकर्ड तोड्न सफल भएकी गुरागाईलाई आज बसेको मन्त्रिपरिषद्को बैठकले बिदाई गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

गुरागाई पाँच बर्ष अघि सचिव पदमा बढुवा भएकी थिइन,उनी सेवा हदका कारण घर जान लागेकी हुन । ०७५ फागुन २६ गते नेपाल सरकारको सचिवमा बढुवा भएकी गुरागाईंले यो अवधिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लोकसेवा आयोग हुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हाल्न पुगेकी थिइन ।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी उपेन्द्र यादवले पाउने भएका छन् । जसपाका अध्यक्ष समेत रहेका यादवलाई उपप्रधानसहित स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो । यसअघि नेकपा एमालेले स्वास्थ्य मन्त्री लिने तयारीसहित पदम गिरीलाई सरकारमा पठाएको थियो । तर उपेन्द्रलाई पनि समेट्नु पर्ने बाध्यताका कारण पदमलाई कानुनमा सारिएको थियो ।

बिज्ञापन

उपेन्द्रकै पार्टीबाट नवलकिशोर साह वन मन्त्री बन्ने करिब टुंगिएको बताइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मुस्ताङ भन्सारमा ‘सेटिङ’को साम्राज्य : गाडीपिच्छे लाखौँको खेल, करोडौँ राजस्व जोखिममा

सरुवा वोर्ड गठन गरी सरापबाट बचाइदिनुहोस सरकार : रास्वपा महामन्त्री

प्रतिनिधि सभामा २ विधेयक,राष्ट्रियसभामा लोक सेवाको प्रतिवेदन पेस हुँदै

डोल्पामा सीता एयर दुर्घटना,यात्रु सकुशल

सरुवा भएका सचिवले बुझेनन रमाना,बजेट निर्माणमा सक्रिय

३८ शाखा अधिकृतको सरुवा : १४ लाई राष्ट्रिय योजना आयोग

अधिकृतस्तरका ३४ कर्मचारीको सरुवा (सूचीसहित)

लक्षित सेवाग्राहीलाई लक्षित सेवासँग जोड्दै झापा प्रशासन, ४० अस्पताललाई निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन

बिशेष