निजामती सेवा विद्येयकप्रति स्थानीयका कर्मचारी ‘फायर’ :- आन्दोलनको तयारीमा लाग्न अपिल

सरकारले प्रतिनिधिसभामा दर्ता गरेको संघीय निजामती सेवाको गठन, संचालन र सेवाका सर्त सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकप्रति स्थानीय तहमा कार्यरत कर्मचारीहरु असन्तुष्ट बनेका छन् । हालैमात्र संसदमा दर्ता भएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०, प्रति आपत्ति जनाउँदै सञ्जालले आन्दोलनका लागि तयारी अवस्थामा रहन कर्मचारीहरुलाई अपिल गरेको छ ।

बिज्ञापन

स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालका अध्यक्ष दीपक गौतम र महासचिव दीपक सिंह धामीको संयुक्त हस्ताक्षरित विज्ञप्ति जारी गर्दे विद्येयकमा स्थानीय तहका कर्मचारीका मुद्धा समावेश गरी ऐन जारी गर्ने सुझाएको छ ।

बिज्ञापन

गत असोज १४ देखि २७ सम्म काठमाडौं केन्द्रीत सडक आन्दोलन र सो समयमा भएको १९ बुँदे सम्झौता कार्यन्वयनमा सरकार आफैं अनुदार रहेको र सरकारले कुनै पनि सम्झौता कार्यन्वयन नभएको पाइएपछि संघले काठमाडौंमा केन्द्रीय समितिको बैठक बोलाएको छ । विज्ञप्तिमा विधेयक संशोधन गर्न सांसददेखि सरोकारवालासँगको छलफल र दवावलाई समानान्तररुपमा अघि वढाउने भन्दै यति गर्दा पनि माग पूरा नभए आन्दोलनमा उत्रने भनेको छ । उसले विज्ञप्तिमार्फत यस्तो अवस्था सिर्जना भएमा आन्दोलनका लागि तयार रहन देशभरका स्थानीय तहमा कार्यरत कर्मचारीलाई आह्वान पनि गरेको छ ।

 

बिज्ञापन

संघीयताको मूलमर्मः राजनीतिक, वित्तिय र प्रशासनिक संघीयता बलियो बनाउनका निम्ति स्थानीय तहका कर्मचारीको मनोबल उच्च राख्न विधेयक वा ऐनमा कर्मचारीहरुको पनि मुद्दा समावेश गर्नुपर्ने सञ्जालले माग गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

बिशेष