सशस्त्रका डीएसपी बस्यालको यस्तो छ ‘सुसाइड नोट’

मोरङ । मोरङमा झुण्डिएको अवस्थामा फेला परेका सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्यालको सुसाइड नोट भेटिएको छ ।

बिज्ञापन

उनी सोमबार मोरङको प्रस्तावित सीमा सुरक्षा गुल्म मोरङ धनपालथान गाउँपालिका–३ सोराभागस्थित गुल्मभित्रकै भान्साकोठामा मृत फेला परेका थिए ।झुन्डिएको अवस्थामा फेला परेका डीएसपीको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

बिज्ञापन

सोही क्रममा डीएसपी बस्यालले लेखेको सुसाइड नोट फेला परेको हो । उनले सुसाइड नोटमा राजीखुसीले निर्णय लिएको लेखेका छन् ।
प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईका अनुसार उनले ‘कसैलाई दुख नदिन र आफ्नो खुसीले निर्णय लिएको भनेका छन् ।’ उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको प्रजिअ भट्टराईले बताए ।

उनी धनपालथान गाउँपालिका ३ स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म सोराभाग मोरङको गुल्मपति थिए । उनी सशस्त्र प्रहरी सेवा प्रवेश गरेको १८ वर्ष पुगेको छ। २०६२ फागुन २१ गते सशस्त्र प्रहरी निरीक्षक पदमा सेवा प्रवेश गरेका थिए।

बिज्ञापन

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शाखा अधिकृत हुँ भनी व्यक्तिकाे तथ्यांक लिन खोज्ने एक पक्राउ

स्वास्थ्य मन्त्रालयको नीति योजना महाशाखाको प्रमुखमा डा. दास

चार शाखा अधिकृत उपसचिव सिफारिस

कर्मचारीले चुनावी पोस्ट लाइक, कमेन्ट, सेयर गर्न नपाउने

प्रमुख प्रशासकिय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर,सरकारी जग्गा व्यक्तिलाई दिएको आरोप

सर्वोच्चको फैसला उल्ट्याएर नामसारी: मालपोत बाँकेका पूर्व प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मालपोत कार्यालय प्रमुखसहित नासु–खरिदारको सरुवा

टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. बास्तोला

बिशेष