साउनदेखि कर्मचारीको उमेर ६० वर्ष

निजामती कर्मचारीहरुको सेवा अवधि पनि ६० वर्ष कायम हुने भएको छ। अहिले ५८ वर्ष उमेर हद लागू हुँदै आएकोमा ऐनले ६० वर्षे उमेर हदको व्यवस्था गरेको हो ।

बिज्ञापन

ऐनको परिच्छेद ७ मा भनिएको छ, ‘निजामती कर्मचारीले साठी वर्ष उमेर हद पूरा भएपछि अनिवार्य अवकाश पाउँछ ।’ तर ऐन अनुसार २०८० असार मसान्तसम्म नेपाल स्वास्थ्य सेवा बाहेक अन्य सेवाको निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ५८ वर्ष कायम रहेनछ ।

बिज्ञापन

ऐन अनुसार कर्मचारीको निवृत्तिभरण पाउने अवस्था र ५० वर्ष उमेर पुगेका कर्मचारीहरुले स्वेच्छिक अवकाश पाउनेछन् । ऐनमा भनिएको छ ‘ निवृत्तिभरण पाउने अवस्था भएको, उमेरको हद पचास वर्ष पुगेको र एउटै श्रेणी वा तहमा पन्ध्र वर्ष सेवा अवधि पूरा गरेको निजामती कर्मचारीले स्वेच्छिक अवकाश लिन चाहेमा निजलाई एक श्रेणी वा तह माथिको पदमा बढुवा गरी स्वेच्छिक अवकाश दिन सकिने छ ।’

सो व्यवस्था अनुसार यदि सरकारले यो आर्थिक वर्ष अर्थात् असार भित्र ऐन ल्याउन सकेको अवस्थामा साउनदेखि एकमुस्ट रूपमा ६० वर्ष लागू हुने छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव दरबन्दी कटौतीमा परेको नेपाल ट्रष्टमा दुवाडीको सरुवा

अतिरिक्तमा रहेका ७ मध्ये ६ को व्यवस्थापन : आन्तरिकमा बासुदेव,निरौलालाई प्राधिकरण

तीन मन्त्रालय गाभेर खर्च घटाउने सरकार, लम्सालको सचिवालयमा ३९ जनाको ‘जम्बो दरबार’

मन्त्रिपरिषद्का ६ निर्णय : चार सहसचिव सचिवमा बढुवा, शेयर कारोबारमा पुँजीगत लाभकर घटाउने

पराजुली सचिवमा बढुवा

चार सहसचिवको जिम्मेवारी हेरफेर : कल्पना महानिर्देशक,कप्रमा सुबेदी

A Literary Bridge Across the Himalayas: The Undying Diamond Heart

२ पालिकाको उपाध्यक्षसहित १० जनप्रतिनिधिको पद रिक्त

बिशेष