लोकसेवा परीक्षामा ‘खेताला’

विभिन्‍न परीक्षाहरुमा पछिल्लो समय लोकसेवा आयोगमा ‘खेताला’ नक्कली परीक्षार्थीहरुको बिगबिगी बढ्दै गएको छ। आयोगले लिने गरेका केही परीक्षामा खेताला लगाउनेसम्म गरेको पाइएको छ। आयोगका अनुसार एक वर्षमा ४ देखि ५ जना ‘खेताला’ भेटिने गरेका छन्।

बिज्ञापन

घटना हो यही फागुन ९ गतेको । यही फागुन ९ गते लिएको श्रेणीविहीन वन स्काउट पदको परीक्षामा वास्तविक उम्मेदवार रमेश विकले रूख चढ्ने काममा आफू नगई अर्कैलाई सहभागी गराएको पाइएको थियो। आयोगले शुक्रवार मात्र सूचना निकालेर आयोगको महेन्द्रनगर कार्यालयबाट लिइएको परीक्षामा खेताला प्रयोग भएको भेटिएपछि उम्मेदवार रमेश विकको परीक्षा रद्द गरेको जानकारी दिएको छ।

बिज्ञापन

त्यस्तै असार २२ गते कास्कीको पोखरा महानगरपालिका–१५ फुलबारीस्थित गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराको परिसर भित्र सञ्चालन भई रहेको लोक सेवा आयोगको विज्ञापन नं.१४५–१५३/०७९/०८० (खुल्ला तथा समावेशी) वन रक्षक पदको शारीरिक तन्दुरुस्ती परीक्षामा अरुको नाममा परीक्षा दिइरहेका तीन पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रास्कोट नगरपालिका– २ सिपखाना बस्ने १९ वर्षीय प्रेम भण्डारी, रास्कोट– ४ सिउना बस्ने २० वर्षीय गौरी संज्याल र १८ वर्षीय एक जना रहेका छन् ।

बिज्ञापन

अर्काको नाममा लोक सेवाको परीक्षा दिएको आरोपमा रुपन्देहीबाट एक जना पक्राउ परेका छन् ।सप्तरीको राजबिराज-११ घर भई जिल्ला हुलाक कार्यालय सप्तरीमा नायब सुब्बा पदमा कार्यरत ३० वर्षीय नारायण यादव रहेका छन् ।पक्राउ परेका यादवले राजबिराज-११ घर भएका ३३ वर्षीय मनोजकुमार शर्मा सुतिहारको नाममा परीक्षा दिएका थिए ।

सुतियार अहिले कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुको सहलेखापाल पदमा कार्यरत छन् । प्रहरीले सुतियारलाई पनि नियन्त्रणमा लिएको छ ।सुतिहारको नाममा नारायण यादवले परीक्षा दिएको पाइएपछि लिखितसम्बन्धी कसुर मुद्दामा दुवै जनालाई पक्राउ गरेको हो ।

आयोगको कारबाहीमा पर्नेमा जाजरकोटका दीपक अधिकारी पनि छन् । सशस्त्र प्रहरी सहायक निरीक्षक पदका लागि परीक्षा दिएका उनले आफ्नो उत्तरपुस्तिकामा अर्कैको नाम, थर र रोल नम्बर लेखेको पाइएको छ । आयोगका अनुसार उनले पारस अधिकारी नाम गरेका व्यक्तिको नाम, थर र रोल नम्बर लेखेका थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

बिशेष