अख्तियारको कारवाहीबाट बच्न देवी- देवताको मन्दिर भाकल गर्दै हिडिरहेका मेयर

गोदावरी नगरपालिकाका मेयरले गरेको गडबडीविरुद्ध अख्तियारमा उजुरीमाथि उजुरी परेको छ । अख्तियार छल्ने नाममा मेयर गजेन्द्र महर्जनले अर्काे गडबडी गरिरहेका छन् । उनी झण्डै २० दिन लामो तिर्थाटनमा निस्किएका छन्,तर सवारी साधन दुरुपयोग गरेर । त्यही कारण मेयर महर्जन विवादमा तानिएका हुन ।

बिज्ञापन

अख्तियारको कारवाही छल्न मेयर महर्जन उपमेयर मुना अधिकारीको सवारी साधन लिएर पत्नीसहित तिर्थाटनमा निस्किए पछि मेयर विवादमा परेका छन् ।  गत ५ फागुनदेखि २५ गतेसम्म व्यक्तिगत कामका लागि भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरबाट उपमेयर मुना अधिकारीसमेतको सरकारी गाडीको पास निकालेर श्रीमतीसहित परिवारका सदस्य लिएर तिर्थाटनमा निस्किएका उनले सवारी साधन दुरुपयोग गरेको बिषय अहिले सामाजिक सञ्जालमा छरपष्ट भएको छ ।

बिज्ञापन

यसरी हिँड्ने क्रममा उपमेयर मुना अधिकारीका नाममा फर्जी पास बनाएर दुईवटा सरकारी गाडीसहितै १५ दिनको रिफ्रेसमेन्ट टुरमा निस्किएका उनलेअनिश्चित कार्यक्रमको खाली अनुमति जिल्ला प्रशासन कार्यालय ललितपुरको नाममा जारी गराएर पारिवारिक तीर्थाटन चलिरहेको छ । बा २ झ ३४३३ नम्बरको स्कोर्पिओ गाडी जुन नियमित उपमेयर अधिकारीले चढ्ने गरेकी थिइन् । त्यसमा मेयरकी श्रीमतीलाई अगाडिको सीटमा राखिएको छ । उपमेयर स्टाइलमा बसेकी पत्नी ट्राफिकको फन्दामा परेपछि घटना छताछुल्ल भएको छ । बागलुङका सञ्चारकर्मीहरुले मेयर महर्जनले सवारी साधन दुरुपयोग गरेको बिषय सार्वजनिक गरेका हुन । नगरपालिकाको ढुंगा गिट्टी निकासी करबापत संकलित कर सम्बन्धित कम्पनीलाई फिर्ता दिएको अभियोगमा अख्तियारमा उनीविरुद्ध उजुरी पुगेको छ ।

कारवाहीबाट बच्न उनी कहिले वाग्लुङको पञ्चकोटमा स्वामी कमलनयनाचार्यकहाँ पुगेका हुन । यस्का अलवा देवी देवताका मन्दिर भाकल गर्दै हिँडेका छन् ।यति मात्र होइन महर्जनले आफूलाई अख्तियारले कामै गर्न नदिएको भन्दै कुरा मिलाइदिन शेरबहादुर देउवा गुहारेका बिषय काँग्रेसी वृत्तमा चर्चित छ ।

बिज्ञापन

मेयर महर्जन र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीदेखि प्रवीन कोइरालासम्मलाई अख्तियारले डाम्न लागिसकेको अवस्था छ । उनीमाथि नगरपालिकाको ढुंगा गिट्टी निकासी करबापत संकलित कर सम्बन्धित कम्पनीलाई फिर्ता दिएको अभियोग लागेको छ । करिब डेढ करोड रूपैयाँ रकम फिर्ता दिने सम्बन्धी उक्त निर्णयमा टंगालमा उजुरी परेपछि छानबिन गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

शाखा अधिकृत र उपसचिव तहका माग आकृति फाराम पठाउन परिपत्र,१२ असोजसम्म समयसीमा

सीडीई सरुवा चलखेलमा मुछिएका डिजी तानिए मन्त्रालयमा

खारेज भएका कार्यालय धमाधम ब्यूँताइदैं,विभागहरु पूरानै मन्त्रालयमा सारिँदै

उपसचिवको सरुवामा उस्तै मनपरी : मन्त्रालयमा कार्यरत कर्मचारीको विभागबाट सरुवा,कहाँबाट लिने रमाना ?

३७ शाखा अधिकृतको सरुवा : २५ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिृकत फेरिए

४२ उपसचिवको सरुवा : फेरिए १५ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरु

रुद्रसिह तामाङ सचिवमा बढुवा

बिशेष