विद्युत प्राधिकरणलाई लाग्दैन कालोबजारी ऐन ?

२० प्रतिशतभन्दा बढी मुनाफा लिए सिधै कालोबजारी ऐन आकर्षित हुन्छ, त्यसरी नाफा लिनेलाई सीधै कैद सजाय हुने कानुनी व्यवस्था समेत छ । तर दाना पसले, लत्ताकपडा, मेडिकलवाला होइन कि सरकारी एकाधिकारप्राप्त एउटा निकायले खुलेआम कालोबजारी गरिरहेको छ । यस्तोमा सरकार, ऊर्जामन्त्री र कुलमान घिसिङहरूलाई कालोबजारी ऐन लाग्छ कि लाग्दैन ?

बिज्ञापन

अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने एकाधिकारप्राप्त सरकारी निकायले ३ प्रतिशतभन्दा बढी मुनाफा लिन पाउँदैन तर विद्युत्् प्राधिकरणको खुद नाफा नै २४ प्रतिशत रहेको देखिन्छ, अघिल्लो आर्थिक वर्षको विवरण केलाउँदा । खुद नाफा २४ प्रतिशत आर्जन गर्नका लागि उसले त्योभन्दा बढी नाफा लिएको हुनुपर्छ । ०७९/८० मा विद्युत् प्राधिकरणको खुद मुनाफा १२ अर्ब थियो । एकातिर दक्षिणी छिमेकी मुलुकलाई वार्षिक अर्बाैंको ऊर्जा बेच्ने विषय छ । त्यसमा पनि घाटाको व्यापार चलिरहेको छ । भारतलाई नेपालले प्रति युनिट ७ रुपैयाँ ७६ पैसामा बिजुली बेचेर उताबाट प्रतियुनिट १० रुपैयाँ ७६ पैसामा किन्दै आएको छ ।

बिज्ञापन

यो भनेको प्रतियुनिट ४ रुपैयाँ घाटाको व्यापार हो । अघिल्लो आर्थिक वर्ष मात्र नेपालले भारतसँग ऊर्जामै ९ अर्ब घाटा व्यहोरेको छ । प्राधिकरणले जति नाफा आर्जन गरेको छ त्यो भनेको नेपालीलाई नै बेचेको फल हो । अघिल्लो आर्थिक वर्ष विद्युत् प्राधिकरणले ९० अर्बको बिजुली नेपालीलाई नै बेचेर कमाएको नाफा हो १२ अर्ब । अघिल्लो आर्थिक वर्ष १ अर्ब ३५ करोड युनिट स्वच्छ बिजुली निर्यात गरी १० अर्ब ४५ करोड बराबरको बिजुली बेच्दा उताबाट १ अर्ब ८३ करोड युनिट (प्रदूषक) बिजुली निर्यात गरिएको अर्थात् १९ अर्ब ४४ करोडको आयात गरिएको छ । अघिल्लो आर्थिक वर्षको विद्युत् व्यापार घाटा ८ अर्ब ९९ करोड थियो । यो आर्थिक वर्षको पुस महिनासम्ममा १५ अर्बको बिजुली भारतलाई बेचिएकोमा अब सुख्खायाममा उताबाट कति बिजुली किनिछ त्यो हेर्न बाँकी छ । भारतलाई १० वर्षमा १० हजार मेगावाट बिजुली बेच्ने र हामी धनी बन्ने गफलाई विज्ञहरु सोम शर्माको सपना भन्दै छन् ।

हरि रोक्काहरुको नेपाल वैकल्पिक अध्ययन समाजले गतहप्ता आयोजना गरेको कार्यक्रममा जलविद्युत्मा भारतको औपनिवेशीकरण हुन लागेको कार्यपत्र लिएर प्रस्तुत हुँदै थिए रत्नसंसार श्रेष्ठ । रत्न हरिका गुरु । ९ पृष्ठ लामो कार्यपत्रमा विगतदेखि वर्तमानसम्म भारतले विद्युत् ऊर्जामा कसरी पेलपाल गरिरहेको छ तथ्य र तथ्यांक उल्लेख थियो । कार्यपत्रमाथिको टिप्पणीकार थिए, ऊर्जामन्त्री शक्ति बस्नेत, पूर्वमन्त्री दीपक ज्ञवाली, हरि पण्डित र प्रकाश दुलाल । तर ऊर्जामन्त्री बस्नेत राजनीतिक भाषण दिएर हिँडे । निमन्त्रणा गर्न पुग्दा शक्तिले भनेका थिए, कार्यपत्र त निकै कडा रहेछ नि दाइ ! हरि रोक्का कुलमान घिसिङलाई निम्त्याउन गएका थिए । कार्यपत्र प्रस्तोताको नामै सुनेर उनी आउन चाहेनन् । रत्नले भने कुलमानलाई अनावश्यक रुपमा नेपालीले हिरो बनाएको टिप्पणी गर्दै आएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मधेश प्रदेशका ३४ सहित ४३ स्थानीय तहले अझैं पेश गरेनन् बजेट

सडकका २५८ ठेक्का रुग्ण,अलपत्र १७ ठेक्का तोड्ने प्रक्रिया प्रारम्भ

मन्त्रीज्यू,सामान्यको यी रैथाने सुव्वालाई चलाउने हिम्मत छ ?

राजस्व अनुसन्धान विभागभित्रै करोडौँको सेटिङ: ‘बर्दिया डिष्टिलरी’ प्रकरण दफन गर्नेहरू को हुन्?

६० साले लेखा अधिकृतहरू भागाभागमा, उपसचिव भुवन काफ्लेले अख्तियारको दबाबमा राजीनामा

यी हुन् सरकारले फिर्ता बोलाएका राजदूतहरू (सूचीसहित)

जेन–जीको नाममा ज्यादती

विभागले हटायो करार सेवाका २६ कर्मचारी,दुईको सेवा निरन्तरता

बिशेष