मन्त्रालयको बजेट सिलिङ घटेपछि समिति बैठकमै सचिवले पोखे असन्तृष्टि

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले आगामी आर्थिक वर्षका लागि दुई सय अर्व बजेट आवश्यक रहेको बताएका छन् । बिहिबार सांसदको प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सचिव शर्माले आगामी आर्थिक बर्ष ०८१/ ८२ का लागि २ सय अर्व बजेट चाहिने बताए । चालु आर्थिक बर्षको बजेट समेत घटाइएकोमा उनले समिति बैठकमा असन्तृष्टि पोखे ।

बिज्ञापन

आब ७९ ८० मा भौतिक पूर्वाधार मन्त्रालयले १ खर्ब ६५ अर्ब रुपैयाँ बजेट पाएकोमा चालु आर्थिक बर्षमा ३४ अर्ब बजेट घटाएर १ खर्ब ३१ अर्ब रुपैयाँ मात्र पाएकोप्रति उनले असन्तृष्टि जनाएका हुन । आगामी आब २०८१/ ८२ मा बजेटको सिलिङ नबढाएमा नयाँ विकास निर्माणको योजना ल्याउन नसकिने बताएका छन्। आगामी आर्थिक बर्षका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १२४ अर्बको सिलिङ आएको बताए।

बिज्ञापन

उनले नयाँ योजना समेत गर्नुपर्ने हुँदा मन्त्रालयलाई २०० अर्बको सिलिङ आवश्यक भएको बताए। सडक विभागलाई १३० अर्ब, नेपाली सेनाले निर्माण गरिरहेको फाष्ट्र ट्रयाकका लागि ५० अर्ब चाहिने र अन्य रेल, यातायात व्यवस्था, जल यसोउसो गर्दा हामीलाई करिब २०० चाहिनेमा बजेट सिलिङ घटाएर १ खर्ब २४ अर्वमा झारिएकोप्रति उनको असन्तृष्टि सुनिन्थ्यो ।

उनले चालू आर्थिक वर्षको मन्त्रालयको खर्च हालसम्म २९ प्रतिशत भएको बताए। उनले ६ अर्ब रुपैयाँ गत वर्षकै भुक्तानी गर्न बाँकी रहेको पनि बताए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कुमारी बैंकका सञ्चालकलाई कर्मचारी सञ्चयकोषको प्रशासक

महिला आयोगको अध्यक्षमाथि अनियमितताको आरोप,बन्यो संसदीय छानबिन उप समिति

गृहका १४ सहसचिव र ९ उपसचिवको सरुवा,फेरिए १४ जिल्लाको सिडियो

रसुवा विपद् र जलवायु–सहिष्णु विकासको आवश्यकता

बाढी विस्थापित साढे सात हजारलाई अस्थायी आवासको प्रवन्ध गर्ने जिम्मेवारी सहसचिव जोशीको काँधमा

बाढीका कारण ५३ सरकारी संरचना ध्वस्त,१६० कर्मचारी वेपत्ता,तीन मृत

स्टन्टको आरोपपछि गृहमन्त्रीको प्रष्टीकरण : ‘पुराना नेता जस्तो मन्त्रालयको कुर्सीमा मात्रै बस्ने म परिनँ’

मुस्ताङ भन्सारमा विवादित कर्मचारीको ‘टिम’, कर्मचारीको ‘सेटिङ’ले अर्थमन्त्री बदनाम

बिशेष