मन्त्रालयको बजेट सिलिङ घटेपछि समिति बैठकमै सचिवले पोखे असन्तृष्टि

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले आगामी आर्थिक वर्षका लागि दुई सय अर्व बजेट आवश्यक रहेको बताएका छन् । बिहिबार सांसदको प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सचिव शर्माले आगामी आर्थिक बर्ष ०८१/ ८२ का लागि २ सय अर्व बजेट चाहिने बताए । चालु आर्थिक बर्षको बजेट समेत घटाइएकोमा उनले समिति बैठकमा असन्तृष्टि पोखे ।

बिज्ञापन

आब ७९ ८० मा भौतिक पूर्वाधार मन्त्रालयले १ खर्ब ६५ अर्ब रुपैयाँ बजेट पाएकोमा चालु आर्थिक बर्षमा ३४ अर्ब बजेट घटाएर १ खर्ब ३१ अर्ब रुपैयाँ मात्र पाएकोप्रति उनले असन्तृष्टि जनाएका हुन । आगामी आब २०८१/ ८२ मा बजेटको सिलिङ नबढाएमा नयाँ विकास निर्माणको योजना ल्याउन नसकिने बताएका छन्। आगामी आर्थिक बर्षका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १२४ अर्बको सिलिङ आएको बताए।

बिज्ञापन

उनले नयाँ योजना समेत गर्नुपर्ने हुँदा मन्त्रालयलाई २०० अर्बको सिलिङ आवश्यक भएको बताए। सडक विभागलाई १३० अर्ब, नेपाली सेनाले निर्माण गरिरहेको फाष्ट्र ट्रयाकका लागि ५० अर्ब चाहिने र अन्य रेल, यातायात व्यवस्था, जल यसोउसो गर्दा हामीलाई करिब २०० चाहिनेमा बजेट सिलिङ घटाएर १ खर्ब २४ अर्वमा झारिएकोप्रति उनको असन्तृष्टि सुनिन्थ्यो ।

उनले चालू आर्थिक वर्षको मन्त्रालयको खर्च हालसम्म २९ प्रतिशत भएको बताए। उनले ६ अर्ब रुपैयाँ गत वर्षकै भुक्तानी गर्न बाँकी रहेको पनि बताए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भ्रष्टचारबाट आर्जित सम्पत्तिमा प्रशासककै रजाई,जफत गर्न जेनजी सरकार असफल

छानीछानी मुद्दा मिलाउँदै मालपानी

वातावरण निरीक्षकको विवरण उपलव्ध गराइदिन सामान्यद्धारा पत्राचार

निर्वाचन कार्यालयको गाडी दुर्घटना,निर्वाचन अधिकृतसहित पाँच घाइते

मन्त्रीका लागि क्वार्टर खोज्नै ४५ दिन, चिडियाखानाबाट बल्ल भैसेपाटी सरे वन मन्त्री

शहीद दिवस: बलिदान, सम्मान र राष्ट्रिय चेतना

सुदन गुरुङलाई पीएसओ दिन स्थानीय प्रशासनद्धारा अस्वीकार

डेढ लाख घुससहित रंगेहात पक्राउ परे इन्जिनियर

बिशेष