माग्नेलाई ‘भीख’, आइमाई भनिनु नै बिख

कमलादीबाटै शुरु भएको स्रष्टा अपमानको श्रृंखला धरान पुग्दा पनि रोकिएन । वरिष्ठ साहित्यकार रोचक घिमिरेको दिल दुखाएको एकेडेमीले धरान पुगेर एउटी महिला साहित्यकारलाई अपमान गरेको घटनाले अहिले साहित्यिक बजार तातेको छ । केही अघि मात्र प्रज्ञा प्रतिष्ठानले ५० हजार राशीको प्रज्ञा पुरस्कारबाट वरिष्ठ साहित्यकार रोचक घिमिरे र रुक्मिनी श्रेष्ठलाई सम्मानित ग¥यो । तर, सम्मानपत्रमा प्रयुक्त भाषाप्रति रोचक घिमिरेले चित्त दुखाए । सुनुवाइ भएन ।

बिज्ञापन

सम्मानपत्रमा पुरस्कार प्रदान गरिएको छ भन्ने भाषा प्रयोग गरिएको छ । रोचकको आपत्ति थियो, यो त माग्नेलाई झैं दिने कुरा भयो । अर्पण वा समर्पण शब्द प्रयोग गर्नुहोस् । रोचकले यसअघिका उदाहरण पेश गरे तर कुलपति भुपाल राईले प्रज्ञाले प्रदान नै गर्ने हो समर्पण/अर्पण गर्दैन भने । कार्यक्रममै उपस्थित साहित्यकारहरू चाहिँ ‘अपमानवोध भएको भए रोचकले उक्त पुरस्कार हुत्याएर हिँडेको भए साख बच्थ्यो’ भन्दै थिए ।

बिज्ञापन

हप्तैपिच्छे पुरस्कार बाँड्ने एकेडेमीले वरिष्ठ साहित्यकारलाई मात्र अपमान गरेन । कुलपति, उपकुपति, सदस्यसचिवहरूमाथि महिला स्रष्टालाई होच्याउनेकै संरक्षण गरेको आरोप लागेको छ । प्रसंग हो, अन्तर्राष्ट्रिय मातृभाषा दिवसको छेको पारेर धरानमा आयोजित कार्यक्रमको । एकेडेमीले पाँच लाखभन्दा बढी रकम खर्चेको बताइन्छ उक्त कार्यक्रमका लागि । विगतमा यी र यस्ता पुरस्कार राष्ट्र«पतिको हातबाट बाँडिदै आएकोमा यसपटक हर्क साम्पाङको शहर र धरान महानगरपालिकाकै प्रायोजनमा गरिएको थियो । कार्यक्रममा सहभागी हुन काठमाडौंबाट प्रज्ञा परिषद् सदस्य, कर्मचारीका अलावा २८ जनाको टोली धरानतिर लाग्यो ८ फागुनमा । सवारीमा प्रज्ञा प्रतिष्ठानका प्रशासन उपप्रमुख राजेन्द्र शाही ठकुरी, खरिदार विष्णु अधिकारीका अलावा प्रज्ञा सभाका डा. बालाकृष्ण अधिकारी, ईश्वर बुढाथोकीका साथै मातृभाषासम्बन्धी कविता सुनाउन केही साहित्यका पनि थिए । तिनैमध्येकी हुन्– लोकन्थलीबाट चढेकी कवयित्री ।

दनुवार भाषाको कविता सुनाउन हिँडेकी उनको घर पूर्व उदयपुर, गाईघाट हो । जातीय पोशाक छुटेका कारण घरअगाडि गाडी रोक्न उनले पहिल्यै र पटक–पटक सूचना दिएकी थिइन् तर गाडी रोकिएन, कराउँदा कराउँदा एक किलोमिटर अगाडि बल्ल रोकियो । सहभागी साहित्यकारहरूका अनुसार त्यसपछि गाडी चालकदेखि एकेडेमीका कर्मचारीसम्मको लफडा प¥यो । गाडी फर्काउन भनिन्, टेरेनन् । लफडा चर्किंदै गएपछि कर्मचारीले सदस्यसचिव धनप्रसाद सुवेदीलाई फोन गरे । ‘एक जना आइमाईले यहाँ लफडा गरिरहेको छ, उसको घरमा लुगा छुट्यो रे, गाडी फर्काउनु कि फर्काउनु भन्छे, के गर्ने ?’

बिज्ञापन

गाडी नरोकेर लफडा चलिरहेकै थियो । आफूलाई आइमाई भनेपछि उनी झनै कुर्लिइन्, प्रज्ञाले हेप्यो भन्दै । समानता, न्यायको कुरा गर्नेले महिलालाई हेपेर आइमाई भन्ने भन्दै झगडा प¥यो । त्यो विषयमा कुलपति, सदस्यसचिवले माफी माग्नुपर्ने कुरा उठाइन्, सुनुवाइ भएन । उनले आफ्नो समुदायको मान्छेलाई गाईघाट चोकमा भेला गरेर सबक सिकाउने र माफी मगाउने तयारी गरेपछि रामहरि श्रेष्ठ, डा. बालाकृष्ण अधिकारीले सम्झाई, बुझाई फकाएर काठमाडौं ल्याएका छन्् । उक्त कार्यक्रममा डा. योगेन्द्रमान श्रेष्ठ र डा. वेचन उरावलाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

फ्लाइङ कार’ को नाममा ड्रोन देखाएर प्रधानमन्त्री ओलीसम्म झुक्याइयो

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

नाडा अटो शोको बदनाम खेल—उड्ने कार भन्दै ड्रोन प्रदर्शन

सरकारी कर्मचारी काममा भन्दा बढी लोकसेवा पढ्नमा ब्यस्त देखिए: मन्त्री न्यौपाने

प्रकाशचन्द्र खतिवडाको कविता : साम्यवाद

पालिका अध्यक्षद्धारा गर्भवती महिलाको उद्धार

मन्त्री सुडी र सचिव बस्नेतबीच कार्यसम्पादन सम्झौता

शहरीमा भद्रगोल :दुई दर्जन कर्मचारी बरण्डामा, दर्जन कर्मचारीलाई दोहोरो जिम्मेवारी र निमित्त

बिशेष