मेलम्ची नेपालको सफलतम् बृहत प्रोजेक्ट हो: भीम उपाध्याय

विस २०६५ सालमा सुरूंग निर्माण काम आरम्भ गरेर १२ वर्ष भित्रै ०७७ सालमा नै पानी खुवाउन सफल मेलम्ची परियोजना जस्तो बृहत, जटिल र ठूलो नेपालका कुनै मेगा प्रोजेक्ट आजसम्म पाईदैन। १२ वर्ष अवधि प्रोजेक्टको ईतिहासमा त्यति लामो समय हैन, यो अभूतपूर्व ऐतिहासिक सफलता हो। मेलम्चीका बिरूद्धमा नकारात्मक दृष्टिकोणहरू पस्केर रम्नेहरूका कुरा सधै गलत थिए, तिनमा कुनै तुलनात्मक दृष्टिकोण रहेको छैन।

बिज्ञापन

नेपालको पूर्वाधार निर्माण ईतिहासको जानकारीबेगर मेलम्चीप्रति भ्रम सिर्जना हुदै आएको थियो र यसलाई नराम्रो प्रोजेक्टका रूपमा चित्रण गर्दै आएको हो। म चुनौती दिन्छु कुन अर्को सामान्य स्तरकै प्रोजेक्ट होला नेपालमा जो १२ वर्षमा सम्पन्न भएको होस्। चन्द्र समसेरका पालापछि मेलम्ची नै सबैभन्दा चॉडो सम्पन्न भएको ठूलो प्रोजेक्ट हो।

बिज्ञापन

प्रोजेक्ट ल्याउछु भनेर घोषणा गर्दैमा प्रोजेक्ट सुरू भएको हुदैन। कुनै नेताले निर्देशन आदेश दिदैमा पनि प्रोजेक्ट निर्माण तिब्र हुनै हैन। धेरै चरणका प्राविधिक, सामाजिक, प्रशासनिक, वातावरणीय तयारी र कामहरू पूरा भएर ठेक्का लागेपछि मात्र प्रोजेक्ट निर्माण सुरू हुन्छ। सन् २००८ मा मात्र मेलम्चीको टनेल निर्माण सुरू भएको हो र यो काम पूरा गर्नमा ३ वटा अन्तर्राष्ट्रिय ठेकेदार फेरिएका थिए।

पहिले चीनिया, त्यसपछि ईटालियन र अहिले फेरि चीनिया ठेकेदारले काम लिएर फिनिशिंग काम सम्पन्न गरेर पानी खसाल्न सफल भएको छ।
ठूलो पहिरो आएर मुहानमा केही क्षति भएपछि पानी वितरण बेलाबेलामा अवरूद्ध हुन पुगेको थियो।

बिज्ञापन

मेलम्चीको २७.५ किमी लामो टनेल १० अप्रिल २०१८ मा खनेर ब्रेकथ्रु भएको थियो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

लक्षित सेवाग्राहीलाई लक्षित सेवासँग जोड्दै झापा प्रशासन, ४० अस्पताललाई निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन

Казино Пинко: Обзоры на популярных геймерских сайтах

Влияние Live-ставок на 1win официальный сайт

थप ४९ शाखा अधिकृतको सरुवा : १२ लाई अध्यागमन विभाग

“भन्सारको गाडीमा सशस्त्र–नेपाल प्रहरीको तानातान, एसपीलाई भन्सार अधिकृतको ‘आईजीपी–गृहमन्त्री’ धम्की”

मालपोतका तत्कालीन प्रमुखसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सर्वोच्चको आदेश : लोक सेवा आयोगको नतिजा प्रकाशनमा ढिलाइ नगर्नू

लेखाका कर्मचारीको सरुवाको तयारी,१५ असोजभित्रै दिनुपर्नेछ आवेदन

बिशेष