साथीहरु नाच्दानाच्दै सैनिक सुइँकुच्चा

नेपाली सेनाको तल्लो तहका कर्मचारी हराउने क्रम ह्वात्तै बढेको छ । हरेक महिना दर्जन बढी सैनिक बेपत्ता हुने गरेका छन् । कोही घर बिदामा निस्किएर फर्किदैनन् त कोही तारबार नाघेर कुलेलम ठोक्छन् । रणशेर गणमा कार्यरत सिपाही अनिश देवान बेपत्ता भएको दुई साता बितिसकेको छ । इलामको साविक नामसालिङ्ग गाविस–८, नौलेगाउँका उनी नारायणप्रसादका नाति एवं ताराबहादुरका छोरा हुन् ।

बिज्ञापन

गत माघ ११ गतेदेखि छुट्टीमा थिए ।  माघ २२ गते हाजिर हुनुपर्ने उनी सो दिनदेखि देखा परेका छैनन् । सेनानी किशोरकुमार श्रेष्ठले उनी फेला परेमा पक्राउ गरेर जानकारी गराउन प्रहरी गुहारेका छन् । उपचारका लागि पठाइएका अर्का एक सैनिक पनि यसैगरी भागेका छन् । सिपाही नवराज बस्नेत अस्पताल नगई बीच बाटोबाटै सुइँकुच्चा ठोकेका हुन् । छालासम्बन्धी समस्या देखिएपछि उनलाई गत माघ २२ गते उपचारका लागि नेपालगञ्जस्थित सैनिक अस्पताल पठाइएको थियो । जुम्लाको तिला गाउँपालिका–१, रारा लिही बस्ने पराने बस्नेतका नाति एवं टेकबहादुरका छोरा उनी देवीदल गणमा कार्यरत छन् ।

बिज्ञापन

सोही दिन बेलुकी ५ बजे हाजिर हुनुपर्ने उनको अहिलेसम्म कुनै अत्तोपत्तो छैन । अर्का सैन्य भने ब्यारेकको पेरिमिटर नाघेर भागेका छन् । गत माघ २२ गते भागेका सैन्य रूपेश कार्की अहिलेसम्म सम्पर्कविहिन छन् । सिंहनाथ गण (कमाण्डो) मा गत माघ १७ गतेबाट सञ्चालित सि.सं. ५२ सैन्य आधार तालिममा तालिमरत उनी अन्यले नाचगान गरिरहेको मौकाको फाइदा उठाएर भागेका हुन् । उदयपुरको चौदण्डीगढी नगरपालिका–४, श्रीलंका टोल बस्ने भक्तबहादुर कार्कीको नाति एवं दुर्गाबहादुरको छोरा उनको खोजी भइरहेको छ । अर्का भगौडा सैन्य हुन्, प्रेमबहादुर बिक ।

गोरखदल गणमा सञ्चालित सि.सं.६ सैन्य आधार तालिमकै वीच उनी पनि ब्यारेकको हाता नाघेर भागेका हुन् । गत माघ १५ गते कसैले सुइँको नपाउने गरी कुलेलम ठोकेका उनी दैलेखको नौमुले गाउँपालिका–७, पैती बस्ने कमारो कामीको नाति एवं रामबहादुरको छोरा हुन् । उनलाई खोज्न सहसेनानी मोहनकुमार चौधरीले प्रहरी गुहारेको बुझिएको छ । रौतहटका विक्रम साह पनि तालिम बीचमै छोडेर टाप कसेका छन् ।

बिज्ञापन

कालीभञ्जन गणमा तालिमरत उनी गत माघ २६ गते ब्यारेकको हाता नाघेर भागेका । उनी गत पुस १७ गतेदेखि सञ्चालितसैन्य आधार तालिममा थिए । गरुडा नगरपालिका–८ बस्ने रामअयोध्या साहको नाति एवं मनोजको छोरा उनी अहिलेसम्म पनि सम्पर्कविहिन छन् । तारबार नाघेर भाग्ने अर्का सैन्य युवराज राई पनि हुन् ।

उदयपुरको कटारी नगरपालिका–७ बस्ने खड्गबहादुर राईको नाति एवं नेत्रबहादुरको छोरा उनी गत माघ २३ गतेदेखि बेपत्ता छन् । उनी त्रिनेत्रदल गणमा जारी सि.सं.५ सैन्य आधार तालिममा तालिमरत थिए । घरबिदामा गएका ब.क.सि लालबहादुर सिंह हराएका छन् । धनगढीस्थित फिल्ड अस्पतालमा कार्यरत उनी कार्यालय नफर्किएपछि सेनाले खोज्न थालेको छ ।

बझाङको खप्तड छान्ना गाउँपालिका–७ का कान्तिरेबहादुर सिंहको नाति एवं चक्रबहादुरको छोरा उनी एक दिन घरबिदा मागेर गत माघ २६ गते अस्पतालबाट निस्किएका थिए । भोलिपल्टै फर्किनुपर्ने थियो । तर, हालसम्म पनि हाजिर हुन नआएको बुझिएको छ । जनआस्थाबाट

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

शाखा अधिकृत र उपसचिव तहका माग आकृति फाराम पठाउन परिपत्र,१२ असोजसम्म समयसीमा

सीडीई सरुवा चलखेलमा मुछिएका डिजी तानिए मन्त्रालयमा

खारेज भएका कार्यालय धमाधम ब्यूँताइदैं,विभागहरु पूरानै मन्त्रालयमा सारिँदै

उपसचिवको सरुवामा उस्तै मनपरी : मन्त्रालयमा कार्यरत कर्मचारीको विभागबाट सरुवा,कहाँबाट लिने रमाना ?

३७ शाखा अधिकृतको सरुवा : २५ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिृकत फेरिए

४२ उपसचिवको सरुवा : फेरिए १५ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरु

रुद्रसिह तामाङ सचिवमा बढुवा

बिशेष