तँ कहिले बिहे गर्छेस्?

पोहोरको तीजमा दिदी आई

बिज्ञापन

सिँदो सिन्दुरले सजाई

बिज्ञापन

शिरदेखि पाउसम्म गहनाले भर्दै

‘हेर् न बनारसे सारी’ भन्दै लगाई

बिज्ञापन

नाडीका चुरा छनछन बजाई

निराहार ब्रत बसी र भनी – तँ कहिले बिहे गर्छेस्?

 

दसैंमा बैनी-ज्वाइँसँग आई

सञ्चो-बिसञ्चो नसोधी गफिन थाली

हतार-हतार झोला खद्यी

हेर् न तेरो ज्वाइँले बनाइदिएको

गहना लगाउन त बिहे गर्नुपर्छ

भनी – तँ कहिले बिहे गर्छेस्?

 

तिहारमा भाइ-बुहारी सहरबाट आए

रवाफ पनि खुबै लगाए –

‘हाम्रा त छोराछोरी नि बिहे गर्ने भैसके

अब तँ बुढी भइस्,

तँ कहिले बिहे गर्छ?

यस्तै हो भने तँ एक्लै पर्छेस्

भन, तँ कहिले बिहे गर्छेस्?’

 

दिमागले चल्ने मान्छेका सामू

म मनले निर्देशित मान्छे

र, मनले निर्देशन दियो

सबैको खुसीका लागि घर छोड्नुपर्छ

तीजमा दिदी आएर सोध्ली – बैनी खै आमा?

दसैंमा बैनी आएर सोध्ली – दिदी खै आमा?

तिहारमा भाइले पनि सोध्ला

यसपालि सयपत्री किन फुलेन आमा?

हो, त्यतिबेला उनीहरूलाई भनिदिनू आमा

तिमीहरूको प्रश्नको उत्तर खोज्न हिँडेकी छे।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

४६ खरिदार,२० कम्युटर अपरेटर र ४ नायब सुब्बाको सरुवा

प्रधानमन्त्री कार्यालयमा सरुवा भइन अतिरिक्त सचिव मिश्रा

पासपोर्ट फ्रि ट्राभलको कार्यान्वयनको तयारी

आठ सहसचिवको सरुवा : तीनको अर्थमा इन्ट्री

परराष्ट्रमा वातावरण कूटनीतिक शाखा स्थापना,उपसचिवले कमाण्ड गर्ने

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

“संघीय निजामति सेवा विधेयक २०८३ : लोकतान्त्रीकरण, व्यवसायीकरण र सुशासनतर्फको नीतिगत प्रस्थान”

गृहको कप्र प्रमुखमा पन्थी, सिराहाको सीडीयो मन्त्रालय तानिए

बिशेष