रेष्टुरेन्टको शौचालयमा युवतीको भिडियो खिच्ने डीएसपी नौ दिनदेखि थुनामा

सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसी अहिले ९ दिन देखी प्रहरी वृत्त स्वयम्भूको हिरासतमा छन् । डीएसपी केसी फागुन ६ मा पक्राउ परेका हुन् । उनीविरुद्ध प्रहरीले ‘अश्लील भिडियो’ बनाएको आरोपमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

बिज्ञापन

नम्बर–४ बाहिनी पोखरामा कार्यरत केसीले काठमाडौँ आएको बेला हलचोकस्थित एउटा रेस्टुरेन्टमा अपरिचित महिलाको भिडियो खिचेका हुन् । उनले स्वयम्भूस्थित न्यु इभान पोइन्ट रेस्टुरेन्टमा महिलाको अश्लील भिडियो खिचेको आरोप छ ।पीडितहरूले उनीविरुद्ध प्रहरी वृत स्वयम्भूमा जाहेरी दिएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

बिज्ञापन

शौचालयको पुरुषतर्फको कोठाबाट शौच गरिरहेकी महिलाको भिडियो खिचेपछि पीडितले प्रतिवाद गरिन् । पीडित महिला पनि साथीहरूसँगै रेस्टुरेन्टमा थिइन् । डीएसपी केसीले सुरुमा भिडियो खिचेको कुरा ‘इन्कार’ गरे । तर, विवाद प्रहरीसम्म पुग्यो । फागुन ५ मा साँझ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनलाई पक्राउ गरेर ‘हाजिर जमानी’मा छाडेर विवाद मिलाउन भनेको थियो । तर, पीडितले जाहेरी दिएपछि उनीविरुद्ध मुद्दा दर्ता भएको हो ।डीएसपी केसी पश्चिम रुकुमका स्थानीय हुन् ।

वैयक्तिक गोपनियतासम्बन्धी ऐन–२०७५ को दफा–१६ अनुसार अनुमति बिना कसैको तस्बिर वा भिडियो खिच्न पाइँदैन।

बिज्ञापन

डीएसपी केसीले आफूले फोटो नखिचेको बताए पनि युवतीले उनीमाथि शंका गरिरहेकी थिइन् । ती युवतीसँगै आएका पुरुषले केसीको फोन चेक गर्ने प्रसाय गरे । केसीले त्यसमा पनि सहमति जनाए ।उनले खिचेको भिडियो र फोटो रेष्टुरेन्टमा हल्ला हुनसाथ डिलिट गरेसकेका थिए । आईफोन बोकेका केसीले ती युवालाई आइफोनको ‘लक’ खोलर हेर्न दिए ।

फोटो ग्यालरीमा युवतीको फोटो भेटिएन । ती पुरुषले केसीको आईफोनको रिसेन्ट डिलिट अप्सन चेक गरे । त्यहाँ ती पुरुषले युवतीको दुईवटा अस्लील फोटो र एक भिडियो फेला पारे ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारीलाई विश्वास गर्दा मुलुक विग्रियो रे ?

१०८ कर्मचारीहरूको सरुवा

सेवा होइन, सास्ती दिने कार्यालय:-अनियमितताको दलदलमा कम्पनी रजिस्ट्रार

१ मिनेटमै सकियो महानगरपालिकाको बैठक : २५ अर्वको बजेट आइतबार

निर्देशक,लेखा अधिकृतसहित ७ विरुद्ध भ्रष्टाचार मुद्धा

कारागारबाट १२७ दिनमा थुनामुक्त भए ‘लोकसेवा गुरु’,अर्काे तारेख साउन १२ मा

परियारलाई सभापति बनाएपछि पारित भयो कार्यविधि,आज बन्दैछ कार्यतालिका

सेवाग्राहीसँग घुस लिएको अभियोगमा यातायात प्रमुखलाई कालोमोसो

बिशेष