रेष्टुरेन्टको शौचालयमा युवतीको भिडियो खिच्ने डीएसपी नौ दिनदेखि थुनामा

सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसी अहिले ९ दिन देखी प्रहरी वृत्त स्वयम्भूको हिरासतमा छन् । डीएसपी केसी फागुन ६ मा पक्राउ परेका हुन् । उनीविरुद्ध प्रहरीले ‘अश्लील भिडियो’ बनाएको आरोपमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

बिज्ञापन

नम्बर–४ बाहिनी पोखरामा कार्यरत केसीले काठमाडौँ आएको बेला हलचोकस्थित एउटा रेस्टुरेन्टमा अपरिचित महिलाको भिडियो खिचेका हुन् । उनले स्वयम्भूस्थित न्यु इभान पोइन्ट रेस्टुरेन्टमा महिलाको अश्लील भिडियो खिचेको आरोप छ ।पीडितहरूले उनीविरुद्ध प्रहरी वृत स्वयम्भूमा जाहेरी दिएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

बिज्ञापन

शौचालयको पुरुषतर्फको कोठाबाट शौच गरिरहेकी महिलाको भिडियो खिचेपछि पीडितले प्रतिवाद गरिन् । पीडित महिला पनि साथीहरूसँगै रेस्टुरेन्टमा थिइन् । डीएसपी केसीले सुरुमा भिडियो खिचेको कुरा ‘इन्कार’ गरे । तर, विवाद प्रहरीसम्म पुग्यो । फागुन ५ मा साँझ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनलाई पक्राउ गरेर ‘हाजिर जमानी’मा छाडेर विवाद मिलाउन भनेको थियो । तर, पीडितले जाहेरी दिएपछि उनीविरुद्ध मुद्दा दर्ता भएको हो ।डीएसपी केसी पश्चिम रुकुमका स्थानीय हुन् ।

वैयक्तिक गोपनियतासम्बन्धी ऐन–२०७५ को दफा–१६ अनुसार अनुमति बिना कसैको तस्बिर वा भिडियो खिच्न पाइँदैन।

बिज्ञापन

डीएसपी केसीले आफूले फोटो नखिचेको बताए पनि युवतीले उनीमाथि शंका गरिरहेकी थिइन् । ती युवतीसँगै आएका पुरुषले केसीको फोन चेक गर्ने प्रसाय गरे । केसीले त्यसमा पनि सहमति जनाए ।उनले खिचेको भिडियो र फोटो रेष्टुरेन्टमा हल्ला हुनसाथ डिलिट गरेसकेका थिए । आईफोन बोकेका केसीले ती युवालाई आइफोनको ‘लक’ खोलर हेर्न दिए ।

फोटो ग्यालरीमा युवतीको फोटो भेटिएन । ती पुरुषले केसीको आईफोनको रिसेन्ट डिलिट अप्सन चेक गरे । त्यहाँ ती पुरुषले युवतीको दुईवटा अस्लील फोटो र एक भिडियो फेला पारे ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भदौमै सक्नुपर्ने सरुवा असोजमा पनि जारी, सामान्य प्रशासन मन्त्रालयमा मनपरी

स्थानीय तहमा समायोजन भएका खरिदारको सिडियो कार्यालयमा सरुवा

प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियरसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

यस्ता छन सचिव बैठकका महत्वपूर्ण सात निर्णयहरु

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण : विज्ञ अटेनन्,स्वकीय छुटेनन्

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्ण पौडेल

आवश्यकताभन्दा १० लाख बढी ग्यास आयात, बजारमा भने अभाव : ग्यासमा कसको खेल?

अर्थ मन्त्रालयमा ६ सहसचिवको जिम्मेवारी हेरफेर

बिशेष