प्रधानमन्त्री कार्यालयमै महिनौ अड्कियो २७ सहसचिवको पदस्थापन

प्रधानमन्त्री कार्यालयमा १४ सहसचिव बरण्डामा छन् । सामान्य प्रशासनबाट बढुवा सिफारिस भएर आएका २७ सहसचिवको प्रमाणीकरण हुन सकेको छैन महिना दिनदेखि । आठ महिना बढी भयो संघीय निजामती सेवा विद्येयक प्रधानमन्त्री कार्यालयको घर्रामा थन्किएको । निजामती प्रशासन निकम्मा भयो, म निजामती कर्मचारी हुँ भन्दा लाज र पीडा हुने स्थिति बन्दैछ र मुख्यसचिवमाथि अभिभावक बन्न नसेखाएका बैकुण्ठ अर्याल निजामती कर्मचारीको अभिभावक नसेकेको आरोप लाग्दैछ ।

बिज्ञापन

उपसचिवबाट उक्लिएर सहसचिव बनेका २७ कर्मचारीको सूची सामान्य प्रशासनबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको तीन साता बढी भयो तर मुख्यसचिव बैकुण्ठ अर्यालले प्रमाणीकरण नगरिदिँदा उनीहरुको पदस्थापन अड्किरहेको छ । २७ सहसचिवलाई पदस्थापन गर्न ठूलै सकस परिरहेको छ सरकारलाई । कारण उनीहरुलाई पदस्थापन गरिँदा पूराना सहसचिव चलाउनु पर्ने स्थिति छ । यसो हुँदा झण्डै ४५ सहसचिव यता उता हुने हुँदा आफ्ना मान्छे नहटाउनेदेखि आफ्नो मान्छे लैजानसम्म शक्तिकेन्द्रहरुको संघर्षको कारण महिना दिनसम्म पनि बढूवा भएका सहसचिवहरुको पदस्थापन हुन नसकेको ती कर्मचारीहरुको बुझाई छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष