दुर्गा प्रसाईको प्रचार पछि केन्द्रीय बैंकले भन्यो :- सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित छ

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामा सर्वसाधारणको निक्षेप पूर्णरुपमा सुरक्षित रहेको जानकारी गराएको छ ।

बिज्ञापन

वैंक तथा वित्तीय संस्थाको ऋण मिनाह गराउने अभियान चलाइरहेका राजावादी अभियन्ता दुर्गा प्रसाईले एनआइसी एसिया बैंक डुब्दै गरेको र अन्य केही बैंक पनि टाट पल्टिने अवस्थामा पुगेको प्रचार गरेपछि केन्द्रीय बैंकले त्यस्तो स्थिति नरहेको स्पष्ट पारेको हो । राष्ट्र बैंकले विज्ञप्ति जारी गर्दै भ्रमित कुराको पछाडि नलगी ढुक्कसँग नियमित रुपमा बैंकिङ कारोबार गर्नसमेत सर्वसाधारणलाई अनुरोध गरेको छ ।

बिज्ञापन

केही व्यक्ति तथा समूहले बैंक तथा वित्तीय संस्थाका बारेमा दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्तिमा भनिएको छ, ‘बैंक तथा वित्तिय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र यस बैंकले बैंक तथा वित्तिय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रुपमा सुरक्षित रहेको व्यहोरा अनुरोध छ ।’

बैंक तथा वित्तिय संस्थाको नियमित रुपमा निरीक्षण र सुपरीवेक्षण हुँदै आएको जानकारी गराउँदै राष्ट्र बैंकले पुँजीकोषको अवस्था, कर्जा निक्षेप अनुपातको अवस्था तथा तरलताको अवस्थासम्बन्धी परिसूचक निर्देशनअनुरुप नै रहेको पनि जनाएको छ ।

बिज्ञापन

‘कुनै बैंक तथा वित्तिय संस्थामा यी परिसूचकहरु तथा कर्जा, संस्थागत सुशासन लगायतका अन्य विषयमा कुनै समस्या देखिएमा यस बैंकले समयसमयमा आवश्यक निर्देशन दिई सुधार गर्दै आइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘बैंक तथा वित्तिय संस्थाहरुले सर्वसाधारणको निक्षेप परिचालन गर्ने हुँदा यस बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिँदा तथा निरीक्षण÷सुपरीवेक्षण गर्दा समेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको हुन्छ ।’

प्रसाईले केही दिनअघि एनआइसी एसिया बैंक डुब्न लागेको भन्दै बचतकर्ताहरुलाई आफ्नो निक्षेप झिक्न भनेका थिए । उनको उक्त अभिव्यक्तिपछि सर्वसाधारणले चासो व्यक्त गरिरहेका बेला केन्द्रीय बैंकको आधिकारिक धारणा सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

५२ जना अधिकृत र ९ जना उपसचिव गरी ६१ जना कर्मचारीको सरुवा

९ उपसचिवको सरुवा : २ पुगे संघीय मन्त्रालयबाट स्थानीय तह

दुई सहसचिवलाई कारवाहीका लागि सिफारिस

अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रधानमन्त्री भेटेर निस्कँदै गर्दा किस्पाङ अध्यक्ष तामाङ सिंहदरबारबाट पक्राउ

बाढी गएको १९ दिनपछि प्रधानमन्त्रीले भेटे जनप्रतिनिधिलाई

अख्तियार छिर्‍यो नागार्जुन नगरपालिकामा : करोडौँ तलब–भत्ता बुझ्ने आलेप अधिकृत गिरीमाथि छानबिन

यी हुन् श्रम मन्त्रालयका रैथाने कर्मचारीहरू

बिशेष