अध्यागमनका डिजीविरुद्ध ११ करोड ९ लाखको भ्रष्टाचार मुद्धा,स्वत: निलम्बित

सहसचिव तथा अध्यागमन विभागका महानिर्देशक रुद्रमान सिंह तमाङ निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिव भीम उपाध्याय,गजेन्द्र ठाकुर र सञ्जय शर्मा,बहालवाला सहसचिव रुद्रमान सिंह तमाङका अलवा १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले हाल अध्यागमन विभागका महानिर्देशक रहेका रुद्रमान सिंह तमाङलाई समेत उक्त मुद्धामा प्रतिवादी बनाएको छ । रुद्रमान तत्कालीन समयमा मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै अध्यागमनका महानिर्देशकको जिम्मेवारीमा रहेका तमाङ स्वत निलम्बनमा परेका हुन ।

बिज्ञापन

अख्तियारले मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रुद्रसिंह तामाङविरुद्ध ११ करोड ९ लाख १७ हजार ४५८ रुपैयाँ मागदावी कायम गरी भ्रष्टाचार मुद्धा चलाएको छ ।

बिज्ञापन

यस्तै निवृत्त सचिवत्रय उपाध्याय, गजेन्द्रकुमार ठाकुरविरुद्ध आयोगले क्रमशः ६ करोड ९७ लाख ८३ हजार एक सय ७८ रुपैँया ९६ पैसा, चार करोड ११ लाख ३४ हजार दुई सय ७९ रुपैँया ९२ पैसा र ६० करोड ४९ लाख १९ हजार ८ सय ८४ रुपैँया ३१ पैसा विगोसहितको मागदावी लिएको छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन र अख्तियार ऐन अनुसार रुद्रमान तमाङ निलम्बनमा परेका जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उपसचिवको बसाँइ अष्ट्रेलियामा,हाजिर नेपालमा : कामै नगरी खातामा मासिक ६८ हजार ५२३

वीमा प्राधिकरणले पायो पहिलो महिला अध्यक्ष,अर्थका सहसचिवहरु भन्छन् “अचम्मै भयो”

आचारसंहिता लाग्नु अघि छापामार शैलीमा ४० कर्मचारीको सरुवा,विवाद पुग्यो अदालत

मन्त्रिपरिषद् बैठक शुरु : भन्सार नियमावली पास गर्ने तयारी

मालपोत प्रमुखसहितको भ्रष्टाचार मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश

अनुसन्धान र नवप्रवर्तनका लागि ज्ञान व्यवस्थापन

शंकास्पद् गतिविधि गर्ने अमेरिकन र चिनियाँ नागरिक पक्राउ

शक्ति बस्नेतसँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण

बिशेष