आन्तरिक राजश्व विभागको महानिर्देशकमा भुपाल बराल, मैनालीको मन्त्रालयमा सरुवा

आन्तरिक राजश्व विभागको महानिर्देशकको जिम्मेवारी भूपाल वरालले पाएका छन् । अर्थमन्त्री डा प्रकाशरण महतले विभागका महानिर्देशक दीर्घराज मैनालीलाई मन्त्रालयमा तानेर त्यहाँ बराललाई खटाएका हुन । मैनालीलाई अर्थ मन्त्रालय अन्तर्गत शक्तिशाली मानिने आन्तरिक राजस्व विभागको जिम्मेवारी तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले २०७९ मंसिरमा दिएका थिए। लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकको भन्दै मन्त्री महत मैनालीसँग असन्तुष्ट थिए । बराल नेपाली कांग्रेससँग नजिकका व्यक्ति हुन् । उनका दाई यसअघि कांग्रेसबाट साँसदसमेत भएका थिए ।

बिज्ञापन

बराल मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए । मन्त्री महतले अर्थका अन्य केही सहसचिवको जिम्मेवारी हेरफेर गरेका छन् । बराललाई सम्हाल्दै आएको विभागको जिम्मेवारी सहसचिव नारायण प्रसाद रिसालले पाएका छन् ।
यस्तै केही महिना अगाडि मात्र त्रिभुवन विमानस्थल कार्यालयका प्रमुखको जिम्मेवारी सम्हाल्न गएका डा टोकराज पाण्डे अर्थ मन्त्रालयमै फर्किएका छन् । उनलाई मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिँइएको छ । यस्तै भन्सार विभागबाट सरुवा भएर सरुवा उल्टाउन सफल उपमहानिर्देशक शेवन्तक पोखरेल डा पाण्डेको ठाउँमा पुगेका छन्। पोखरेलको ठाउँमा आन्तरिक राजस्व विभागका उपमहानिर्देशक टंक प्रसाद पाण्डेयलाई पठाइएको छ ।

बिज्ञापन

अर्थका अर्काे सहसचिव महेश आचार्यलाई आर्थिक नीति विश्लेषण महाशाखातिर पुगेका छन् भने दिर्घराज मैनालीलाई सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा थन्काइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

गृहका १४ सहसचिव र ९ उपसचिवको सरुवा,फेरिए १४ जिल्लाको सिडियो

रसुवा विपद् र जलवायु–सहिष्णु विकासको आवश्यकता

बाढी विस्थापित साढे सात हजारलाई अस्थायी आवासको प्रवन्ध गर्ने जिम्मेवारी सहसचिव जोशीको काँधमा

बाढीका कारण ५३ सरकारी संरचना ध्वस्त,१६० कर्मचारी वेपत्ता,तीन मृत

स्टन्टको आरोपपछि गृहमन्त्रीको प्रष्टीकरण : ‘पुराना नेता जस्तो मन्त्रालयको कुर्सीमा मात्रै बस्ने म परिनँ’

मुस्ताङ भन्सारमा विवादित कर्मचारीको ‘टिम’, कर्मचारीको ‘सेटिङ’ले अर्थमन्त्री बदनाम

अशक्तको घरमा प्रजिअ : घरमै नागरिकता पाइन अस्मिताले

लिखतसम्बन्धी कसुरमा कम्युटर अपरेटर पक्राउ

बिशेष