राष्ट्रिय सभा चुनाव : नीर शाह ‘आउट’, उद्धव पौडेल मैदानमा

आगामी माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा नेपाली फिल्म क्षेत्रको प्रतिनिधित्व गर्दै ‘कुशुमे रुमाल’का निर्माता उद्धव पौडेलले कोशी प्रदेशबाट उम्मेदवारी दिएका छन् । उनी राप्रपाबाट उम्मेदवार बनेका हुन् । अब उनको गठबन्धनका उम्मेदवार कृष्ण सिटौला र एमालेका पर्शुराम अधिकारीसँग प्रतिस्पर्धा हुनेछ । उनी चाबहिलमा रहेको गोपीकृष्ण हलका मालिक समेत हुन् ।

बिज्ञापन

बागमती प्रदेशबाट उम्मेदवारमा सिफारिस भएका अभिनेता नीर शाहको भने यसपटक पनि राष्ट्रिय सभा सदस्य बन्ने सपना अधुरै भएको छ । सत्ता गठबन्धनमा सिट बाँडफाँड गर्दा कांग्रेसले उनको नाम काटेको हो । यसअघि २०७८ सालमा उनलाई कांग्रेसले राष्ट्रपतिबाट मनोनित गरेर राष्ट्रिय सभामा पठाउन खोजेको थियो । त्यसबेला पनि गठबन्धनकै कारण उनको नाम काटिएको थियो ।

बिज्ञापन

त्यस्तै, गण्डकी प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारमा सिफारिस भएका फिल्म निर्देशक तथा कांग्रेस निकट नेपाल सांस्कृति संघका अध्यक्ष तीर्थ थापाको पनि खाली हात भएको छ । १९ सिटमा हुने राष्ट्रिय सभा निर्वाचनमा यसपटक फिल्म क्षेत्रबाट उद्धव पौडेल मात्र मैदानमा देखिएका छन् । यसअघि अभिनेत्री तथा गायिका कोमल वली एमालेबाट राष्ट्रिय सभामा पुगेकी थिइन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मुस्ताङ भन्सारमा ‘सेटिङ’को साम्राज्य : गाडीपिच्छे लाखौँको खेल, करोडौँ राजस्व जोखिममा

सरुवा वोर्ड गठन गरी सरापबाट बचाइदिनुहोस सरकार : रास्वपा महामन्त्री

प्रतिनिधि सभामा २ विधेयक,राष्ट्रियसभामा लोक सेवाको प्रतिवेदन पेस हुँदै

डोल्पामा सीता एयर दुर्घटना,यात्रु सकुशल

सरुवा भएका सचिवले बुझेनन रमाना,बजेट निर्माणमा सक्रिय

३८ शाखा अधिकृतको सरुवा : १४ लाई राष्ट्रिय योजना आयोग

अधिकृतस्तरका ३४ कर्मचारीको सरुवा (सूचीसहित)

लक्षित सेवाग्राहीलाई लक्षित सेवासँग जोड्दै झापा प्रशासन, ४० अस्पताललाई निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन

बिशेष