सित्तैमा पाएपछि कसले झिक्ने सुको

लगानी करोडमा, आम्दानी हजारमा ! तैपनि यही घाटाको व्यापार गर्न निर्माताहरू अग्रसर छन् । कस्तो विरक्तलाग्दो स्थिति भने पचास लाखमा बनेका केही फिल्मले २ लाखसम्म उठाएको भेटिन्छ । त्यही पनि ‘आलु खाएर पेडाको धाक लगाउने’क्षेत्रको रूपमा चर्चित छ नेपाली सिने जगत् ।

बिज्ञापन

०७९ साउनदेखि ०८० असोज मसान्तसम्म झण्डै ६ दर्जन नेपाली सिनेमा रिलिज भएछन् । तीमध्ये एक दर्जन बाहेक अधिकांशले पोष्टरको पैसा पनि उठाउन सकेनन् । तर तिनै फिल्म युट्युबमा लाखौं लाखले हेरेर युट्युबको ट्रेन्डिङमा चढेको भेटिन्छ ।

बिज्ञापन

जस्तो : दश दिनअघि मात्र युट्युबमा रिलिज भएको ‘सम्हालिन्छ कहिले मन’ लाई ३४ लाखभन्दा बढीले हेरेका छन् । जबकि यही सिनेमा हलमा प्रदर्शन हुँदा दर्शकको खडेरी नै परेको थियो । चलचित्र विकास बोर्डकाअनुसार गत वर्ष सम्हालिन्छ कहिले मन रिलिज हुँदा १ लाख २६ हजार ५ सय ४९ वटा टिकट बिक्री भएको थियो । त्यही सिनेमालाई युट्युबमा हेर्ने दर्शकको संख्या १ करोड २१ लाखभन्दा बढी रह्यो । यस्तै, हलमा पानी पनि भन्न नपाएको ‘ग्याङस्टर ब्लुज’लाई युट्युबमा ६३ लाखभन्दा बढीले हेरेका छन् ।

‘सिवानी’ ले जम्मा पाँच वटा टिकट बेचेर पाँच सय २० रूपैयाँ कमाएछ । यही चलचित्रलाई युट्युबमा ५८ हजारले हेरेका छन् ।

बिज्ञापन

उस्तै स्थिति हो निरक पौडेलद्वारा निर्देशित चलचित्र ‘होमवर्कको । यो चलचित्रलाई ६२ लाखभन्दा बढीले युट्युबमा हेरेका छन् । यस्तै गत वर्ष रिलिज हुँदा हलमा ९ हजार ६ सय १७ वटा मात्र टिकट काटिएको छड्केलाई युट्युबमा २९ लाख ४५ हजारभन्दा बढीले हेरिसकेको भेटिन्छ । बक्स अफिसको तथ्यांकअनुसार चलचित्र दुई नम्बरीले ४० हजार टिकट बिक्री गरेको थियो तर यही सिनेमालाई युट्युबबाट हेर्नेको संख्या ९८ लाख ७८ हजार थियो । यस्तै, खड्का फिल्मसको ब्यानरमा निर्मित ‘सिवानी’ ले जम्मा पाँच वटा टिकट बेचेर पाँच सय २० रूपैयाँ कमाएछ । यही चलचित्रलाई युट्युबमा ५८ हजारले हेरेका छन् ।

यस्तै, चन्द्र पन्तले निर्माण गरेको ‘रण’ ले ४२ वटा टिकट बेचेर तीन हजार पाँच सय ९६ खुद आम्दानी गरेको चलचित्र विकास बोर्डले जनाएको छ । यी त केही प्रतिनिधि उदाहरण मात्र हुन् । यस टु क्रियसनको ब्यानरमा सुनिल श्रेष्ठले निर्माण गरेको नरसिंहाले ४९ टिकट बेचेर चार हजार आठ सय ३२ कमाएको बक्स अफिसको रेकर्ड छ । आर सोनम मोक्तान र लंकामाया मोक्तानका अलावा करणबहादुर विष्टहरूको लगानीमा बनाइएको चोर र पुलिसले एक सय चार टिकट बेचेर १८ हजार सात सय २५ आर्जन गरेको थियो ।

यस्तै, खेमराज अधिकारी र रोजिता तामाङको लगानीमा बनेको सरी ममले २३ हजार सात सय ५२ लगानी उठाउँदा मौनता श्रेष्ठले बनाएको आँधी तुफानले २८ हजार चार सय मात्र कमाएको विवरण भेटिन्छ । यीमध्ये अधिकांश चलचित्र युट्युबमा रिलिज भइसकेका छन् । जसले हलमा निराशाजनक व्यापार गरेको थियो त्यही चलचित्र युट्युबको ट्रेन्डिङमा चढेको भेटिन्छ । वर्षभरीमा सयौं चलचित्र बन्ने, तीमध्ये एकाधबाहेक अरूले लगानी नै उठाउन नसक्ने विरहलाग्दो स्थिति छ नेपाली सिने क्षेत्रको । तिनै फिल्मलाई हलसम्म पुगेर हेरिदिने दर्शकको खडेरी लागिरहेको बेला सित्तैमा युट्युबमार्फत लाखौं होइन करोडौं पटकसम्म दर्शकले हेरिदिएको भेटिन्छ । यसरी करोडौं खर्चेर बनाइएका सिनेमाले हलमा दर्शक नपाउने तर सित्तैमा यु्ट्युबमा हेर्न पाइने भएपछि पत्रपत्रिका र टिभीको हालत पनि उही हो । स्थिति यस्तो पनि आयो कि सिनेमा युट्युबमा चलेर मख्ख हुनुपर्ने । तर त्यसबाट न त निर्मातालाई केही फाइदा पुग्ने न त कलाकारलाई नै !

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कर छलीदेखि जनस्वास्थ्यसम्मः ‘एक्सट्रिम–म्याक्स टाइगर’ प्रकरणमा सरकारी निकायकै संरक्षण

बारम्बार तेल चोरी हुने विराटनगर डिपोमा बिनी श्रेष्ठको नजर

करार कर्मचारी व्यवस्थापनको मन्त्रिपरिषद् निर्णयको स्वागत, संघर्षमा साथ दिने सबैप्रति आभार

प्रशासन सेवाका ४२,इन्जिनियरिङका १४ सहित यी ८७ सहसचिव जाँदैछन् घर

घान्द्रुकले सिकाएको मौनताको दर्शन(नियात्रा)

सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा

विदेशी विनिमय अवचलनको अनुसन्धानदेखि उपचार विवादसम्म मुछिएका डा. जितेन्द्र परियारलाई सिभिल अस्पतालको नेतृत्व दिलाउन शक्तिकेन्द्रको दौडधुप ?

सेनाको ‘व्याकअप’ तयार गर्दै सरकार, विद्यार्थीलाई सैन्य तालिम,नियुक्तिमा सेनाका पूर्व अधिकारी

बिशेष