एनएमबि र सिविफिनको अध्यक्षबाट बाहिरिए पवन गोल्यान

बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन)का अध्यक्ष पवन गोल्याणले पदबाट दिएका छन् । उनले बुधबार सम्पन्न परिसंघको कार्यसमिति बैठकले स्वीकृत गरेको हो ।

बिज्ञापन

एनएमबि बैंकको आसन्न साधारण सभाबाट बैंकको सञ्चालक समितिबाट अलग हुन गइरहेको पूर्वजानकारीसहित गोल्याणले परिसंघको विधानको भावना र मर्मलाई आत्मसाथ गर्दै पदीय आचरण र नैतिकताका आधारमा राजीनामा दिएका बताएका छन् ।

बिज्ञापन

उनकै अगुवाईमा २०७६ सालमा यो संस्था स्थापना भई संस्थापक अध्यक्ष भएका थिए । गोल्याणको चारवर्षे कार्यकालमा सिबिफिनले आफूलाई देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय समुदायमा समेत स्थापित गर्न सफल भएको छ ।

सिबिफिनले आर्थिक एवं बैंकिङ क्षेत्रमा खेलेको भूमिका र योगदानका आधारमा प्रवल जनसेवाश्री पदकबाट समेत विभूषित भएको थियो । गोल्याणको राजीनामासँगै रिक्त हुन आएको अध्यक्ष पदमा नबिल बैंकका अध्यक्ष तथा सिबिफिनको कार्यसमिति सदस्य उपेन्द्र पौडेललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरिएको छ ।

बिज्ञापन

 

उनी विगत तीन दशकदेखि बैंकिङ क्षेत्रमा क्रियाशील छन् । सन् १९८६ मा स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ सेवामा प्रवेश गरेका पौडेलले एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पासपोर्ट फ्रि ट्राभलको कार्यान्वयनको तयारी

आठ सहसचिवको सरुवा : तीनको अर्थमा इन्ट्री

परराष्ट्रमा वातावरण कूटनीतिक शाखा स्थापना,उपसचिवले कमाण्ड गर्ने

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

“संघीय निजामति सेवा विधेयक २०८३ : लोकतान्त्रीकरण, व्यवसायीकरण र सुशासनतर्फको नीतिगत प्रस्थान”

गृहको कप्र प्रमुखमा पन्थी, सिराहाको सीडीयो मन्त्रालय तानिए

उस्तै फौजदारी मुद्धामा प्रभुका सञ्चालक- सीईओलाई रोक,इन्भेष्टमेन्टलाई उन्मुक्ति

निजामतीमा ३०- ५५ को तरङ्ग : असार लागे यता ४१८ कर्मचारीको राजीनामा

बिशेष