नयाँ वर्ष तिमी पछाडि नफर्क!
लमक लमक लम्क!
गर्मी भए रूमालले हम्क!
अगाडि बढ काट भञ्ज्याङ् पूग गढ!
खोज चोर अनि ठग जस्ले गर्दा भएका छन् बस्ती आज वरपर जताततै खण्डहर!
छैन बस्न कसैलाई रहर!
फकाऊ तिनलाई फुलाऊ यिनलाई!
राख आफ्नै घरभित्र! नकराऊ !
बाहिर गए भनी बसेनन् यहाँ !
जोति खनी! बुझ, तिनका दिग्दारी!
हामीले गर्दा भएको भारी !
त्यसैले त हो नि! लाखौं लाख तिनी !
बाहिर गएका संसारभर आज!
छरिएर रहेका! पढेर मात्र हुन्न हेर !
ज्ञानी होऊ, नयाँ वर्ष!
तिमी सबका लागि प्रिय बनिदेऊ!
एकबोलीले मात्र हुन्न!
एक दिनले मात्र पनि हुन्न!
तिनसय पैसठ्ठी दिन नै उनीहरू सबैका लागि तिमी सधैं सधैं उनीहरूका आफ्नै बनिदेऊ!
डिएर न्यु वर्ष! बोकेर आएस हर्षै हर्ष!
ह्याप्पी न्यु इएर २०२४!