राष्ट्रिय सभाको १९ सिटका लागि ५२ जनाको उम्मेद्वारी

 

बिज्ञापन

राष्ट्रिय सभा निर्वाचनको लागि ५२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

बिज्ञापन

१९ सिटका लागि माघ ११ गते हुने निर्वाचनका लागि विभिन्न राजनीतिक दलका तर्फबाट ५२ जनाको उम्मेदवारी परेको हो । निर्वाचन आयोगले आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेकोमा सातवटै निर्वाचन अधिकृतको कार्यालयमा ५२ जना मनोनयन दर्ता गरेको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीका तर्फबाट उम्मेदवारी दर्ता भएको छ ।

बिज्ञापन

निर्वाचन कार्यक्रमअनुसार भोलि उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण हुनेछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भ्रष्टचारबाट आर्जित सम्पत्तिमा प्रशासककै रजाई,जफत गर्न जेनजी सरकार असफल

छानीछानी मुद्दा मिलाउँदै मालपानी

वातावरण निरीक्षकको विवरण उपलव्ध गराइदिन सामान्यद्धारा पत्राचार

निर्वाचन कार्यालयको गाडी दुर्घटना,निर्वाचन अधिकृतसहित पाँच घाइते

मन्त्रीका लागि क्वार्टर खोज्नै ४५ दिन, चिडियाखानाबाट बल्ल भैसेपाटी सरे वन मन्त्री

शहीद दिवस: बलिदान, सम्मान र राष्ट्रिय चेतना

सुदन गुरुङलाई पीएसओ दिन स्थानीय प्रशासनद्धारा अस्वीकार

डेढ लाख घुससहित रंगेहात पक्राउ परे इन्जिनियर

बिशेष