जग्गाको कित्ता नम्बर फिल्डबाटै गायब

सार्वजनिक जग्गालाई कित्ताकाट गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा नापी निरीक्षकसहित ५ जना अख्तियारको फन्दामा परेका छन् ।

बिज्ञापन

रुपन्देही स्थित नापी कार्यालय बुटवलका तत्कालीन नापी निरीक्षक ध्रुवराज मरासिनीसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
उनीहरुले बुटवल उपमहानगरपालिका– १३ (साबिक बुटवल नगरपालिका– ९ ख) मा रहेको कित्ता नम्बर ४८६३ को जग्गालाई २०६३ असोज २९ मा ट्रेस नक्सा तयार गर्दै कित्ताकाट गरी कित्ता नम्बर ५९७८ र ५९७९ कायम गरी जग्गाधनी कै नाउँमा कायम गरेर सार्वजनिक जग्गालाई व्यक्तिको नाममा दर्ता गरेको अभियोग आयोगको छ ।
सो प्रकरणमा नापी कार्यालय बुटवलका तत्कालिन नापी निरीक्षक ध्रुवराज मरासिनी भ्रष्टाचारमा तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित पाँच जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बिज्ञापन

मरासिनीसहित उक्त प्रकरणमा साथ दिने नापी कार्यालयका तत्कालीन सर्वेक्षक शिवनाथ मण्डल, अमिन शौकत अलि खाँ, जग्गाधनीहरु नन्दबहादुर कालाथापा र मानप्रसाद श्रेष्ठविरुद्ध मुद्दा चलाएको अख्तियारले जनाएको छ । उनीहरुले आपसी मिलेमत्तोमा बुटवल नगरपालिका–९ खको सार्वजनिक जग्गा कित्ताकाट गरी व्यक्तिको नाममा दर्ता गरेर फिल्डबाट गायब बनाएको अख्तियारको दाबी छ ।

अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोग पत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ बमोजिम कैद र जरिवानाको मागदावी गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

विपत्तिको बेला काम गर्न नसकेको आरोप, रसुवाका सीडीओ नरेन्द्र परियार दुई महिना नपुग्दै तानिए

उत्कृष्ट प्रहरीको पुरस्कार थापेका तीन पक्राउ,एक दोषी ठहर

सिडियोलाई गृहको परिपत्र: ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

भोटेकोशी बाढी : ७१ कर्मचारी ६८ सुरक्षाकर्मी वेपत्ता

विद्युतका ४७ कर्मचारी वेपत्ता

“जलवायु अनुकूलता र स्थानीय शासन: समुदायमै आधारित समाधान”

विपत्तिमा चार वाणिज्य बैंक वेपत्ता

पहिलो ‘पोस्टिङ’मा टिमुरे पुगेका आयुष बिलाए बाढीमा

बिशेष