सामाजिक सुरक्षामा राज्यको चासो

पहिला पहिला छोरा छोरी बीच भिन्नता थियो, छोरा नभै नहुने सोचिन्थ्यो, छोरा पाउनको लागि नाना थरी भाकल र यज्ञ समेत गरिन्थ्यो। यसका लागि दोश्रो तेश्रो बिबाह पनि गर्ने चलन थियो। मर्ने बेलामा पानी ख्वाउन र मरेपछि काज किरीया गर्न छोरै चाहिन्छ भनिन्थ्यो, अंश बाबुको नाममा हुन्थ्यो र शेष पछि वा अंश बण्डा गर्दा छोराहरूलाई बराबरी बाडिन्थ्यो। परिवारमा बाबु सर्वेसर्वा हुन्थ्यो।

बिज्ञापन

परिवारमा आमाको भूमिका घर भित्र सीमित थियो, छोरीलाई औपचारिक शिक्षाबाट वन्चित गरिने हुदा परिवारका महिलाहरू निरक्षर हुन्थे, त्यसैले आमा पनि निरक्षर नै हुन्थिन। घर सफा गर्ने, भान्साको काम गर्ने, ढिकीजांतो गर्ने,गोठको धन्दा गर्ने, घास दाउरा गर्ने, खेतालो जाने, पानी पधेरो गर्ने जस्ता काम परिवारमा महिलाको जिम्मामा पर्थे। यति गरे मात्र कामकाजी महिला हुन पाईन्थ्यो। छोराको बिहे गरेर बुहारी ल्याए पछि यी काम बुहारीले गर्नु पर्थ्यो र आफू बल्ल शासु भएर बस्न पाईन्थ्यो। जमाना यस्ता थिए। महिलाको जिम्मामा धेरै काम पर्ने हुदा दिनमा १८ घण्टा जस्तो ब्यस्त हुनु पर्थ्यो , त्यसैले विहान ४ बजे अगाडि नै नउठे आफूलाई ठेकिएको काम नसकिने अवस्था हुन्थ्यो।

बिज्ञापन

पछि पछि विस्तारै समाज चेतनशील हुदै गयो। छोराछोरी बीच भिन्नता गर्न नमिल्ने कानूनी ब्यबस्था भयो, छोराछोरी दुबैलाई पढाउनै पर्ने नीति बन्यो। छोरी कसैकी बुहारी भएर जाने हुदा छोरीलाई नपढाए पनि हुन्छ भन्ने आमाबाबुले छोरी नपढाए बुहारी पनि नपढेका आउन सक्ने कुरा बुझ्न थाले। आजभोली त झनै आरक्षण र समावेशिताको कुराले कानूनी रूप लिए सॅगै नीति निर्माणको तहमा समेत महिलाको खोजी हुन थाल्यो।बिस्तारै महिलाहरू समाज सेवा, राजनीति र रोजगारीमा लाग्दै गर्दा साविक बमोजिम महिलाले गर्ने घर परिवारका कामहरूबाट उनीहरू पृथक रहने परिस्थिति हुन थाल्यो। जव महिलाहरू स्वतन्त्र हुन सक्ने वातावरण बलियो हुदै गयो, घर परिवारको काममा घरका पाका नागरिक खासगरी आमाहरूमा बोझ पर्न थाल्यो। बढ्दो उमेर संगै कमजोर शरीरले घर धन्दा गर्ने, नातिनातिना स्याहार्ने जस्ता कामहरू गर्नु पर्ने परिस्थिति बन्दै गयो।

छोरा बुहारीबाट घरको काम सघाउने त परैको कुरा भयो, उनीहरू कामको लागि घर छोडेर शहर बजार तिर बस्नु पर्ने स्थिति बन्यो। परिवार सगोलबाट छुट्टिएर बस्नु पर्ने स्थिति आयो। गाऊघरमा खेतबारी बाझिने अवस्था बन्यो।हालको परिस्थितिले हाम्रो परिवार संयुक्तबाट एकल बन्दैछ। शुरूका दिनहरूमा परिवारका हरेक सदस्य एक अर्कोमा निर्भर रहनु पर्ने वाध्यता थियो तर अहिले परिवारका हरेक सदस्यहरू स्वतन्त्र हुदै गएका छन् तर पाका नागरिकहरू भने यसको विपरीत पर निर्भर हुदै गएका छन्। यो परनिर्भरताको समस्या परिवारका अन्य सदस्यहरूबाट पूर्ति हुने सम्भावनाहरू क्रमशः कम हुदैछन्। यो समस्याको समाधान जवर्जस्त राज्यको जिम्मामा पुगेको छ। तर राज्यले समाज कल्याण र जेष्ठ नागरिकको संरक्षणमा खासै नीति बनाएको पाईदैन। मुलुकी संहितामा संशोधन गरेर सन्तान उपर यो संरक्षणको दायित्व पन्छाएको छ। समस्याको सृजना जहांबाट भएको छ समाधानमा उसैलाई जिम्मेवारी सुम्पेर राज्य पन्छिन खोजेको देखिन्छ।संसारका हरेक देशले भोगेको सामाजिक सुरक्षाको समस्याबाट नेपाल पन्छिन सक्दैन। सन्तानले पन्छ्याएको समस्या राज्यले पनि पन्छ्याएको स्थिति छ नेपालमा। त्यसैले यसमा राज्य स्वयं अगाडि बढ्नु पर्छ। सरकारमा रहेका आजका जिम्मेवार पदाधिकारीहरू लागि पनि भविष्यको समस्या हो यो। त्यसैले आफू नीति निर्माणको ठाऊंमा रहदै यसका सहयोगी संरचना बनाउनु पर्छ।

बिज्ञापन

नेपाल सरकारले हालै ललितपुरमा एउटा कोलोनी बनाएको चर्चा चल्यो। त्यो कोलोनीमा प्रदेशका मन्त्रीहरूको आवास बनाउने भन्ने सुनियो। जनताले तिरेको करको सदुपयोग गर्नु पर्नेमा यस्ता फोकटिया कार्यक्रममा खर्च गरेर सरकारले आफ्नो निरीहता देखाएको छ। कस्तो हांसो उठ्दो छ भने हाम्रो भौगोलिक धरातल आफैमा टावरिंग प्रकृतिका छन्,जहांबाट स्थानीय प्राकृतिक सौन्दर्य अवलोकन गर्न सकिन्छ तर सरकारले प्रकृतिले दिएका यस्ता टावरलाई प्रयोग गर्नुको सट्टा करोडौ खर्चेर कृत्रिम भ्यू टावर बनाएको छ। यस्ता बकम्फुसे परियोजनामा खर्च गर्ने राशी सामाजिक सुरक्षाको क्षेत्रमा खर्च गरेर पाका नागरिकको सुविधा सम्पन्न आवास बनाए हुदैन र ? औसी, पूर्णिमामा भान्जा भान्जीलाई दक्षिणा दिए जस्तो बृद्ध भत्ताको नाममा रकमको दुरूपयोग किन गरेको हो  ?कम्युनिष्ट देशहरूमा बृद्ध बृद्धा उपर बढ्दै गएको नकारात्मक छवि सुधार्ने नाममा बाडिएको यो भत्तालाई एमालेले चुनावी मसला बनाउन बाहेक अरूमा यो रकम काम लागेको छैन, बरू घर झगडा बढाएको छ यो रकमले।त्यसैले सामाजिक सुरक्षाको क्षेत्रमा देखा परेको र हाल गम्भिर बन्दै गएको यो समस्या समाधान गर्न राज्यले एक मिनेट पनि ढिला गर्न हुदैन।

बिस्तारै महिलाहरू समाज सेवा, राजनीति र रोजगारीमा लाग्दै गर्दा साविक बमोजिम महिलाले गर्ने घर परिवारका कामहरूबाट उनीहरू पृथक रहने परिस्थिति हुन थाल्यो। जव महिलाहरू स्वतन्त्र हुन सक्ने वातावरण बलियो हुदै गयो, घर परिवारको काममा घरका पाका नागरिक खासगरी आमाहरूमा बोझ पर्न थाल्यो। बढ्दो उमेर संगै कमजोर शरीरले घर धन्दा गर्ने, नातिनातिना स्याहार्ने जस्ता कामहरू गर्नु पर्ने परिस्थिति बन्दै गयो।छोरा बुहारीबाट घरको काम सघाउने त परैको कुरा भयो, उनीहरू कामको लागि घर छोडेर शहर बजार तिर बस्नु पर्ने स्थिति बन्यो। परिवार सगोलबाट छुट्टिएर बस्नु पर्ने स्थिति आयो। गाऊघरमा खेतबारी बाझिने अवस्था बन्यो।
हालको परिस्थितिले हाम्रो परिवार संयुक्तबाट एकल बन्दैछ। शुरूका दिनहरूमा परिवारका हरेक सदस्य एक अर्कोमा निर्भर रहनु पर्ने वाध्यता थियो तर अहिले परिवारका हरेक सदस्यहरू स्वतन्त्र हुदै गएका छन् तर पाका नागरिकहरू भने यसको विपरीत पर निर्भर हुदै गएका छन्। यो परनिर्भरताको समस्या परिवारका अन्य सदस्यहरूबाट पूर्ति हुने सम्भावनाहरू क्रमशः कम हुदैछन्। यो समस्याको समाधान जवर्जस्त राज्यको जिम्मामा पुगेको छ। तर राज्यले समाज कल्याण र जेष्ठ नागरिकको संरक्षणमा खासै नीति बनाएको पाईदैन। मुलुकी संहितामा संशोधन गरेर सन्तान उपर यो संरक्षणको दायित्व पन्छाएको छ। समस्याको सृजना जहांबाट भएको छ समाधानमा उसैलाई जिम्मेवारी सुम्पेर राज्य पन्छिन खोजेको देखिन्छ।

संसारका हरेक देशले भोगेको सामाजिक सुरक्षाको समस्याबाट नेपाल पन्छिन सक्दैन। सन्तानले पन्छ्याएको समस्या राज्यले पनि पन्छ्याएको स्थिति छ नेपालमा। त्यसैले यसमा राज्य स्वयं अगाडि बढ्नु पर्छ। सरकारमा रहेका आजका जिम्मेवार पदाधिकारीहरू लागि पनि भविष्यको समस्या हो यो। त्यसैले आफू नीति निर्माणको ठाऊंमा रहदै यसका सहयोगी संरचना बनाउनु पर्छ। नेपाल सरकारले हालै ललितपुरमा एउटा कोलोनी बनाएको चर्चा चल्यो। त्यो कोलोनीमा प्रदेशका मन्त्रीहरूको आवास बनाउने भन्ने सुनियो। जनताले तिरेको करको सदुपयोग गर्नु पर्नेमा यस्ता फोकटिया कार्यक्रममा खर्च गरेर सरकारले आफ्नो निरीहता देखाएको छ। कस्तो हांसो उठ्दो छ भने हाम्रो भौगोलिक धरातल आफैमा टावरिंग प्रकृतिका छन्,जहांबाट स्थानीय प्राकृतिक सौन्दर्य अवलोकन गर्न सकिन्छ तर सरकारले प्रकृतिले दिएका यस्ता टावरलाई प्रयोग गर्नुको सट्टा करोडौ खर्चेर कृत्रिम भ्यू टावर बनाएको छ। यस्ता बकम्फुसे परियोजनामा खर्च गर्ने राशी सामाजिक सुरक्षाको क्षेत्रमा खर्च गरेर पाका नागरिकको सुविधा सम्पन्न आवास बनाए हुदैन र ? औसी, पूर्णिमामा भान्जा भान्जीलाई दक्षिणा दिए जस्तो बृद्ध भत्ताको नाममा रकमको दुरूपयोग किन गरेको हो ?

कम्युनिष्ट देशहरूमा बृद्ध बृद्धा उपर बढ्दै गएको नकारात्मक छवि सुधार्ने नाममा बाडिएको यो भत्तालाई एमालेले चुनावी मसला बनाउन बाहेक अरूमा यो रकम काम लागेको छैन, बरू घर झगडा बढाएको छ यो रकमले।त्यसैले सामाजिक सुरक्षाको क्षेत्रमा देखा परेको र हाल गम्भिर बन्दै गएको यो समस्या समाधान गर्न राज्यले एक मिनेट पनि ढिला गर्न हुदैन।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।