मानसिक समस्याबाट गुज्रिंदै पत्रकार : मैले हरेक दिन डरलाग्दो सपना देखें

उनले दुवैलाई केही दिन खबर चक्रबाट पूर्णरुपमा विश्राम दिन चाहेका थिए । किनकि, दुवैको मानसिक स्वास्थ्य अवस्थाबारे उनी चिन्तित थिए । उनले ती दुई पत्रकारलाई बिदा बस्न मात्र भनेनन्, समाचारका स्रोत र सामाजिक सञ्जालबाट पनि टाढा रहन भनेका थिए ।

बिज्ञापन

कारण – सेखरीले आफ्ना संवाददातामा ट्रमाको संकेत देखिरहेका थिए । हिंसात्मक घटना भएका स्थानमा लामो समयसम्म रिपोर्टिङमा खटिंदाको असर उनीहरुमा देखिएको थियो । भारतमा सेखरी मात्र यस्ता समाचार प्रमुख होइनन्, जसले आफ्ना संवाददातामा ट्रमा र मानसिक स्वास्थ्य समस्याको संकेत देखेका छन् ।

बिज्ञापन

न्यूज लाउन्ड्री जस्तै अरु मिडिया हाउसहरुले पनि अहिले पत्रकारको मानसिक स्वास्थ्य सरोकारलाई गम्भीरतापूर्वक लिन थालेका छन् र हिंसात्मक क्षेत्रको रिपोर्टिङमा गएको केही समयपछि आराम गर्न समय दिन थालेका छन् ।

‘दुई जना मेरो संवाददाताले केही महिना नियमित रुपमा दिल्ली दंग कभर गरेका थिए’, सेखरी सम्झन्छन्, ‘उनीहरुले कुनै मानसिक समस्याबारे त बताएनन् तर, केही पात्रका कथा र छलफल कति डरलाग्दो थियो भन्ने बताइरहन्थे ।’ त्यसबाहेक विभिन्न समस्या देखिन थालेपछि उनीहरुलाई तलब नकाटिने गरी एक हप्ता विदामा बस्न भनेको उनी बताउँछन् ।
पत्रकारहरुको म्यानेजरका रुपमा आफ्नो लागि यो निकै चिन्ताको विषय भएको सेखरीको भनाइ छ ।

बिज्ञापन

‘सन् २०२० मा भएको दिल्ली दंगाबाहेक अन्य दंगाग्रस्त क्षेत्रमा लामो समय रिपोर्टिङका लागि हाम्रा संवाददाताहरु गएका थिएनन्’, उनी भन्छन्, ‘मलाई पनि मानसिक स्वास्थ्यबारे जानकारी दिन राम्रो ज्ञान छैन । तर, हामी सचेत छौं कि अत्यन्त विभत्स अवस्थालाई नजिकबाट हेरेका हाम्रा संवाददाताहरुमा स्वभाविक रुपमा मानसिक तनाव र ट्रमा हुनसक्छ ।’

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

लोक सेवाबाट फर्कियो संघीय निजामती विधेयक, ‘३०–५५’ सहित अवकाश र बाह्य प्रवेशमा सुझाव

वर्षौंदेखि उपत्यकामै जरा गाडेका कर्मचारीमाथि प्रश्न, सरुवाबाट कसले जोगाइरहेको छ?

बाढीमा खट्नेको समेत काटियो आधा तलब

संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग

२ सयको जागिर खाएपछि सरकारले ल्यायो साविक व्यवस्था जगाउने विधेयक

कार्यालय समयकै कामको अतिरिक्त भत्ता लिने प्रथा बन्द गर्नुपर्छ: सांसद सिंह

मुस्ताङ भन्सारमा ‘सेटिङ’को साम्राज्य : गाडीपिच्छे लाखौँको खेल, करोडौँ राजस्व जोखिममा

सरुवा वोर्ड गठन गरी सरापबाट बचाइदिनुहोस सरकार : रास्वपा महामन्त्री

बिशेष