अमनलाल मोदी,पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री आज एउटा महत्वपूर्ण दिन हो । संविधान जारी भएको आठ बर्षसम्म संघीय निजामती सेवा ऐन जारी हुन सकेको थिएन । आज संसदमा टेबुल र बहस भएको छ । सरकारलाई धन्यवाद दिन चाहन्छु । म सामान्य प्रशासन मन्त्री हुँदा संघीय निजामती सेवा ऐन ल्याउन धेरै मेहनत गरे । […]

रघुजी पन्त प्रत्येक मन्त्री मन्त्रालयमा जाँदा सचिव परिवर्तन गर्दछ । विद्येयकको दफा १३१ मा ट्रेड युनियन राइट्सको कुरा छ । रोष्टमबाट प्रधानमन्त्रीलाई भन्दछु,एउटामात्र आधिकारिक ट्रेड युनियन राखे पुग्छ । केन्द्रमा मात्र होइन प्रदेशमा पनि जाने भयो । नयाँ राजनीतिक दल आएको खण्डमा उस्ले आफू निकटका कर्मचारी ट्रेड युनियन राख्छ । यस्ले कर्मचारीलाई कुन हदमा विभाजन […]

योगेश कुमार भट्टराई संघीय निजामती सेवा विद्येयक धेरै पहिले नै आउनुपर्दथ्यो । ढिलै भए पनि अहिले विद्येयक प्रस्तुत गर्नुभएको छ । यस्का लागि माननीय मन्त्रीज्यूलाई धन्यावाद । यो विद्येयकलाई सिंगो संसदले आफ्नो दलभन्दा माथि उठेर पारित गर्नुपर्दछ । त्यो पनि निजामतीलाई व्यवस्थित,पारदर्शी,जबाफदेही बनाउनेमा केन्द्रित रहेर । कर्मचारीहरुमा ट्रेड युनियनको अधिकार दिइएको छ । यो विगतमा […]

गगन कुमार थापा संघीय निजामती ऐन ल्याइएको छ । यसको स्वागत गर्दछु । यस्को उदेश्य ठीक छ । मध्यम आय भएको समुन्नत देश बनाउनु छ । उक्त आकाक्षा पूरा गर्नका लागि निजामती सेवालाई आधुनिक बनाउनु आवश्यक छ । आधुनिक बनाउनका लागि अर्थात उक्त उदेश्य पूरा गर्नका लागि जरा चलाउनु पर्दछ । प्रस्तावित संघीय निजामती सेवा […]

प्रतिनिधि सभाले निजामती सेवा विधेयकलाई संशोधनका लागि स्वीकृत गरेको छ । चैत १ गते सभामा पेस भएको विधेयक बुधबारको बैठकले संशोधनका लागि स्वीकृत गरेको हो ।संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि सांसदहरूले संशोधन दर्ता गराउने समय सुरु भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकबाट उक्त विधेयकमाथि विचार गरियोस भन्ने […]

अहिले देशभरका सिनेमा हलमा प्रदीप भट्टराई निर्देशित महाजात्रा चलिरहेको छ । उक्त जात्रालाई माथ खुवाउने गरी जात्रा चलिरहेको छ, कर्मचारीहरूको कान्छो संगठनमा । उसै त एमालेसँग फुटेर सानो भएको कर्मचारी संगठन । विद्रोहपछि एकढिक्का भएर लड्नुपर्नेमा पद र कुर्सीका लागि जुहारी शुरु भएको छ । दुई वर्षअघि मात्र गठन भएको एकीकृत सरकारी कर्मचारी संगठनमा रेशम […]

स्वतन्त्र सांसद अमरेश कुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यशैलीप्रति सदनमा प्रश्न उठाएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकलाई बोल्दै उनले अख्तियार र अदालतको कार्यशैलीबारे प्रश्न उठाएका हुन ।देश अपराधिकरणतिर गइरहेको,सुशासनको सन्देश दिन नसकेको बताए । उनले भने प्रधानमन्त्री एउटा हुन्छ,सचिव चार चार महिनामा फेरिन्छन् । मन्त्रीको घरको हली हो ? निजामती ऐनको धज्जी हो […]

निजामती कर्मचारीलाई अविश्वास गर्दै शिक्षामन्त्री सुमना श्रेष्ठले मन्त्रालयमा प्रशिक्षार्थी कामदार राख्ने कार्यविधि ल्याएकोप्रति सदनमा सत्तापक्षकै सांसदले विरोध जनाएका छन् । मन्त्री श्रेष्ठले ऐनविपरित बनाएको कार्यविधिले निजामती कर्मचारीको मानमर्दन गरेको र सरकारी संरचनालाई प्यारालाइज गर्न खोजेको सत्ता पक्षकै सांसद तथा नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले मंगलबार बसेको प्रतिनिधि सभा बैठकको आपत्ति जनाएका हुन् । पाण्डेले […]

काठमाडौँ, १८ काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिनुभएको छ। आइतबार दिउँसो सिंहदरबारमा आयोजित राजस्व बृद्वि तथा चुहावट नियन्त्रण सम्वन्धी बैठकमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरूलाई प्रधानमन्त्रीले उक्त […]

प्रमुख प्रशासकीय अधिकृतको सरुवामा विचौलिया हाबी हुने गरेको प्रति सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले चिन्ता प्रकट गरेका छन् । कर्मचारी जसलाई स्थायी सरकार । तर, यही स्थायी संयन्त्रलाई राजनीतिक दल तथा विचौलियाहरुको स्वार्थ अनुसार भकुण्डो बनाएको भेटिन्छ । कर्मचारी सरुवा नियमित प्रक्रिया भए पछि व्यापारी,ठेकेदारदेखि व्यवसायीका स्वार्थसँग मेल खाने कर्मचारी लामो समय एउटै अड्डामा टिक्न […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।