प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्याबिनेट पुनर्गठनको तयारी थालेका छन् । विश्वासको मत दिएकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई मन्त्री बनाउने र हालैमात्र सात सांसद लिएर उपेन्द्र यादवका पार्टी फुटाउनेहरुलाई मन्त्रीमा नियुक्ति गर्ने तयारी थालेका हुन । जसपा नेपालको विभाजित समूह र नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई सरकारमा समेटेर क्याबिनेट पुनर्गठन गर्न लागिएको छ । […]

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले आफ्नो पार्टी फुट्ने हल्ला पार्टीको अहित चाहनेहरुको दुस्प्रचारमात्र भएको प्रतिक्रिया दिएका छन् । पार्टीका १८ सांस्द नै माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्दछ भन्नेमा एक ढिक्का रहेको उल्लेख गर्दै पार्टी फुट्ने कुरा उडन्ते हल्लामात्र भएको बताएका हुन । उनले भने,हाम्रो पार्टीलाई सरकारमा नरहेका मान्छेहरुले फुटाइदिने होइन । संसदभित्र रहेका मान्छेले फुटाउन […]

मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका बैठक सुरु भएको हो । आजको बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने जनाइएको छ । यस्तै कांग्रेसले माग गर्दै आएको संसदीय छानबिन समिति लगायतका विषयमा बैठकमा छलफल हुनसक्ने एक मन्त्रीले बताए ।

महान्यायाधिवक्ता कार्यालयले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछाने र गृहमन्त्री रवि लामिछाने एउटै व्यक्ति नभएको भन्दै ढाकछोप गरेको छ । गृहमन्त्री रवि लामिछानेले महान्यायधिवक्ताको कार्यालयलाई गत १० वैशाखमा लेखेको पत्रको जवाफ दिँदै गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न नरहेको ‘प्रमाणपत्र’ दिएको हो । सहकारीको रकम हिनामिनाबारे रुपन्देही, चितवन र कास्कीका जिल्ला सरकारी वकिल कार्यालयमा […]

पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूले पार्टी फुटाउन लागेको भनेर फैलाइएको हल्ला झुटो भएको स्पष्टीकरण दिएका छन्। गत आइतबारमात्र जनता समाजवादी पार्टी दुई चिरा भएको छ । सात सांसदलाई लिएर अशोक राईले पार्टी फुटाएको घटना सेलाउन नपाउँदै राजनीतिक वृत्तमा अर्काे चर्चा र परिचर्चा चलिरहेको छ,पूर्व प्रधानमन्त्री खनालले ६ सांसद लिएर नेकपा एस […]

इलाममा हामीले पाएको मत ५०५० पहिलाभन्दा चार गुणा बढेको छ । तर, जमानतै जफत हुने स्थिति आउँदा कसरी खुशी हुनु ? त्यतिधेरै ऊर्जा लगायौं । अभियानै चलायौं तर परिणाम दु:खद । किन यस्तो जनमत आयो ? विगतमा हामीले गरेको कुरा र अहिलेको व्यवहार, सरकारमा जाने÷नजाने कुरा, हाम्रा नेताहरू नै जोडिएर आएका समाचारका विषयवस्तुको अलावा उम्मेदवार […]

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्न पाउनुपर्ने माग राख्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् । संघीय संसदका सभामुख घिमिरेलाई सम्बोधन गर्दै दिएको लामिछानेको निवेदन सचिवालयमा दर्ता गरिएको छ ।  ‘संघीय संसदको गत अधिवेशनमा मंैले सम्हालेको मन्त्रालयसँग सम्बन्धित एवम् मेरो व्यक्तिगत विषयमा माननीय सदस्यहरुले विभिन्न प्रश्नहरु उठाउनु भएको थियो । सो सम्बन्धमा […]

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता माधव नेपालले संसदीय दलको बैठक बोलाएका छन् । सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने गरी बोलाएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार संसद्को वर्षे अधिवेशनमा पार्टीका सांसदले खेल्ने भूमिकाका बारेमा छलफल हुनेछ । संसद्को वर्षे अधिवेशन वैशाख २८ […]

मन्त्रिपरिषद् पुनर्गठन गर्न नेकपाका शीर्ष नेता आन्तरिक गृहकार्यमा जुुटेका छन् । नयाँ दल दर्ता भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, र रास्वपा सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रिपरिषद् पुनर्गठनको छलफल अगाडि बढाएका छन् । श्रोतका अनुसार अशोक राई नेतृत्वको नयाँ दललाई सरकारमा सामेल गराउन […]

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरूसँग छलफल गरेका छन्। आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था, विभागको प्रणालीमा देखिएका समस्या, जनस्तरमा उठेका विषय र विभागले निर्वाह गर्नुपर्ने भूमिकालगायतका विषयमा केन्द्रित रहेर विभागका अधिकारीहरूसँग […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।