राहदानीलाई अंग्रेजीमा Pass Port भनिन्छ। Oxford Dictionary का अनुसार Pass Port is an official document issued by a government, certifying the holder’s identity and citizenship and entitling them to travel under its protection to and from foreign countries. यसको शाव्दिक अर्थ हुन्छ Port पार गर्न चाहिने Pass अर्थात विदेश जान चाहने ब्यक्तिको देशले प्रदान गरेको […]

आइतबार सिंहदरबार भित्रबाट फोहोर व्यवस्थापन भएन । मन्त्रालय, विभिन्न निकायसहित क्यान्टिन, बगैंचा र सडकहरुबाट संकलन भएको फोहोर त्यतिकै थुप्रिए । फोहोर नउठ्नुको कारण हो, सिंहदरबारको फोहोर नउठाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दिएको निर्देशन । निजी स्तरको कम्पनी ‘परिवर्तन सेवा प्रालि’ले शहरी विकास मन्त्रालयसँग गरेको सम्झौताका आधारमा सिंहदरबार परिसरको फोहोर व्यवस्थापन गर्दै आएको थियो । […]

२ लाख रुपैयाँ लिएर ६२ लाख रुपैयाँ ऋण थाप्लोमा बोकेर हिँडिरहेका रामसागर वातकले आफ्नो व्यथा सुनाउँदै गर्दा शान्तिवाटिकामा सरकारी वार्ता टोली मिटरब्याज पीडितसंग परिचय गर्दै थियो । शान्तिवाटिकालाई आफ्नो मुकाम बनाएर मिटरब्याज पीडित काठमाडौंमा आन्दोलित भएको ६ दिनपछि सरकारी वार्ता टोली आइतबार पीडित पक्षको वार्ता टोलीको नाम ठेगाना सोध्न आइपुगेको थियो । राज्य सञ्चालनका केन्द्रहरु […]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंसँग रकम मागेका हुन् । कपुरबोट डटकमले सार्वजनिक गरेको अडियोमा सांसद श्रेष्ठले […]

पछिल्लो वर्षमा उद्योगी व्यवसायीहरु नयाँ परियोजना तयार गरेर अघि बढ्न हच्किएका छन् । यसको असर अब बैंकको कर्जा विस्तारमा समेत पर्न थालेको छ । बैंकमा ऋणको माग नयाँ परियोजनामा लगानी गर्नभन्दा ब्याज भुक्तानी मिलाउनका लागि हुन थालेको बैंकरहरुको अनुभव छ । उनीहरुले यो विषय नेपाल राष्ट्र बैंकसँग पनि ‘सेयर’ गरेका छन् र गभर्नर महाप्रसाद अधिकारी […]

नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी कटौती गरेको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१०  रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय भएको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिए । सोमबार बसेको बोर्ड बैठकले डिजेल, मटीतेल र दुवै प्रकारका हवाई इन्धनमा प्रतिलिटर १० […]

मधुमास भनिने १०० दिन प्रचण्ड सरकारका लागि कहाँबाट गणना गर्ने ? पुस १० गतेबाट कि फागुन ११ गतेबाट ? ‘बालकोटका बार्दली बा’ ले समर्थन दिएर प्रधानमन्त्री बनाइदिएका दिनबाट कि कांग्रेसले प्रचण्डलाई एमालेको पोल्टाबाट खोसेर आफ्नो खोकिलामा लुकाएको दिनबाट ? खासमा यो एउटै सरकार हो कि दुइटा ? राजनीतिक, नैतिक र नीतिगत आधारमा प्रचण्डलाई कसको सरकार […]

उनले दुवैलाई केही दिन खबर चक्रबाट पूर्णरुपमा विश्राम दिन चाहेका थिए । किनकि, दुवैको मानसिक स्वास्थ्य अवस्थाबारे उनी चिन्तित थिए । उनले ती दुई पत्रकारलाई बिदा बस्न मात्र भनेनन्, समाचारका स्रोत र सामाजिक सञ्जालबाट पनि टाढा रहन भनेका थिए । कारण – सेखरीले आफ्ना संवाददातामा ट्रमाको संकेत देखिरहेका थिए । हिंसात्मक घटना भएका स्थानमा लामो […]

मिटर ब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका राप्रपाका सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी भएको छ । ज्ञानेन्द्र शाही राजावादी र सामन्तवादी भएको भन्दै मिटर ब्याज पीडितहरुले उनीबिरुद्ध नाराबाजी गरेका हुन् । आफूहरुले नागरिक आन्दोलन गरेको भन्दै उनीहरुले राजावादी र सामन्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने बताए । बिहान टंगालमा धर्ना बसेका उनीहरु भद्रकाली हुँदै माइतीघर मण्डलामा […]

आगामी १० वैशाखमा हुने तीन निर्वाचन क्षेत्रको उपनिर्वाचनमा ५९ जनाको उम्मेदवारी परेको छ । बारा–२ मा २६ जना, चितवन–२ मा २४ जना र तनहुँ–१ मा ९ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएकाले तनहुँ–१, रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएकाले बारा–२ र नागरिकता विवादमा रवि लामिछाने पदमुक्त भएकाले चितवन–२ रिक्त […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।