बिजनेस/अर्थ
कामना सेवा विकास बैंकले बुटवल, रुपन्देहीस्थित ओम मुक्तिनाथ पोलिक्लिनिक प्रालिसँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य सेवाको पहुँच सर्वसाधारण व्यक्तिहरुसम्म पुर्याउने उदेश्यले स्थापित उक्त पोलिक्लिनिकमा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको […]
स्वदेशी तथा विदेशी लगानी भित्र्याएर आर्थिक समुन्नति हासिल गर्ने उद्देश्यका साथ सरकारको आयोजनामा आजदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने सम्मेलनमा लगानीका निम्ति नौ खर्ब बराबरका एक सय ५१ परियोजना प्रस्तुत गरिँदै छन् । नेपाल लगानी बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ताले भाग लिने […]
एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत अर्जुनराज खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ । सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका खनियाले बैंकका विभिन्न शाखाहरु, विभागहरू एवम् इकोसिस्टमहरुमा काम गरी २० वर्ष भन्दा लामो अनुभव सँगालेका छन् । सन् २००४ मा नेपाल बैंक लिमिटेडमा आन्तरीक लेखापरीक्षकको रुपमा नायब प्रबन्धकमा नियुक्त भएर […]
तस्करसँग समाएको सुन पगाल्ने मेसिन राजश्व अनुसन्धान विभागले नेपाल राष्ट्र बैंकलाई नदिएपछि केन्द्रीय बैंकले ५० लाख लगानीमा सुन पगाल्ने मेसिन खरिद प्रक्रिया अगाडि बढाएको छ । विभागले टोखा र सोह्रखुट्टेबाट चार वटा सुन पगाल्ने मेसिन बरामद गरेको भए पनि केन्द्रीय बैंकलाई हस्तान्तरण गरेको छैन । क्विन्टलका क्विन्टल सुन बरामद हुन थालेपछि केन्द्रीय बैंकले सुन गाल्न […]
सरकारले अर्थ सचिवमा मधुकुमार मरासिनीलाई ल्याएको छ । हालका अर्थ सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेर अर्थ सचिवको जिम्मेवारी मरासिनीलाई दिएको हो । आज बिहान बसेको क्याविनेट बैठकले अर्थ सचिव पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएर हालै भ्रष्टाचार मुद्धामा विशेष अदालतबाट क्लि चिट पाएका मरासिनीलाई अर्थ मन्त्रालयमा ल्याउने निर्णय गरेको हो […]
सङ्घीय सरकार मातहत दर्ता भएकामध्ये २० सहकारी संस्थालाई ‘समस्याग्रस्त’ घोषणा गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेसँगै समस्याग्रस्त घोषणा हुने संस्थाको संख्या २० वटा पुगेको हो । जस अनुसार, कुबेर बचत तथा ऋण सहकारी, स्ट्याण्डर्ड मल्टिपर्पोज को अपरेटिभ, सोसाइटल बचत तथा ऋण सहकारी, प्रभु बचत […]
जी मोटर्स प्रालिले आधिकारिक वितरकको रूपमा चाईनाको ब्रान्ड स्काईवेल प्रीमियम ईभी एसयूभी ईटी ५ नेपालमा सार्वजनिक गरेकाे छ । ६२० किमी रेन्ज दिने, ५ स्टार सेफ्टी रेटिङ्ङ्ग प्राप्त रियल इभी एसयूभी आज एक समारोह माझ जी मोटर्स प्रालिको राधेराधे भक्तपुरमा स्थित स्काईवेल शोरुम सार्वजनिक गरेकाे हाे । समुदघाटन साथ ९ थान गाडी ग्राहक माझ डेलिभरी […]
कामना सेवा विकास बैंकले नाफामा कमाल गरेको छ । समीक्षा अवधिमा कामना विकास बैंकको वितरणयोग्य नाफा तीन गुणाले बढेको छ । गत बर्ष यही त्रैमासमा ८ करोड मुनाफा आर्जन गरेको कामना सेवा विकास बैंकले अहिलेको समीक्षा अवधिमा वितरणयोग्य नाफा २८ करोड ७३ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा बैंकको निक्षेप ३ अर्ब ८० […]
कुमारी बैंकको नाफामा गिरावट आएको छ। समीक्षा अवधिमा बैंकको खुद नाफा १९ दशमलव १२ प्रतिशत घटेको छ। अघिल्लो आर्थिक बर्षको चैत मसान्तसम्ममा कुमारी बैंकले १ अर्ब ५ करोड २७ लाख ९४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ३० करोड १६ लाख ५९ हजार रुपैयाँ नाफा आर्जन गरेको […]
बजारमा नयाँ विद्युतीय गाडी सार्वजनिक भएको छ। जी मोटर्सले बजारमा नयाँ कार ब्रान्ड ‘स्काइवेल’को बिक्री घोषणासँगै नयाँ मोडल सार्वजनिक गरेको हो। कम्पनीले बिहीबार एक कार्यक्रम आयोजना गर्दै स्काइवेल इटी५ सार्वजनिक गरेको हो। स्काइवेल इटी५ एक प्रिमियम लक्जरी एसयुभी हो। यसले एक पटकको पूरा चार्जमा ६२० किलो रेन्ज दिने कम्पनीको दाबी छ। यो गाडीमा ८५.६ किलोवाट […]