खसी, कुकुर, बिरालोको भाषा बुझिँदैन भाषा विहीन कोही छैनन् , हामी पनि चाइनिज अङ्ग्रेजी रसियन भाषा बुझ्दैनौँ। मान्छेहरू बोल्छन् र बलि दिन्छन् , उनीहरु बोल्दैनन्। उनीहरू मृत्यु थाहा पाउँदैनन् , पीडा अनुहारमा देखाउन जान्दैनन् , आँखाबाट बोल्ने कोही पाउँदैनन्, बलि चढेको पनि थाहा पाउँदैनन् , उनीहरू बोल्दैनन्। उनीहरू संवादविहीन छैनन् , पीडाविहीन पनि छैनन् , […]

वर्तमानमा बसेर विगत सम्झनु पर्छ, कुरा गरी साध्य छैन अचम्मै लाग्छ। हाम्रो पुस्ताले वाल्यकालमा देखे भोगेका कुराहरू वर्तमान पुस्तालाई विश्वास नलाग्न पनि सक्छ तर यथार्थ भनेको यथार्थ नै हो। समय अनुसार परिवर्तन हुदै जादा विगतका भोगाइहरू क्रमशः ईतिहास बन्दै जान्छन् यो प्राकृतिक नियम हो। यसै प्रसंगमा हाम्रो पालाको दशैंको रौनक उल्लेख गर्ने जमर्को गरेको छु […]

  बिषय प्रवेश वित्तीय संघीयता कर लगाउने, आम्दानी र खर्चबीचको सन्तुलन कायम गर्ने सम्बन्धमा गरिएको सहमति हो । जसले शक्ति निक्षेपण प्रतिको पूर्ण प्रतिबद्धताको माग गर्दछ । संघीयता कार्यान्वयनको महत्वपूर्ण आधार वित्तीय संघीयता हो । वित्तीय संघीयता अर्थ–राजनीतिक विषय पनि हो । वित्त व्यवस्थापनका प्रमुख आयामहरू मौजुदा स्रोतको कुशलतम् विनियोजनको विषयमा तल्ला तहका सरकारहरूको संलग्नता […]

बिषय सन्दर्भ संगठनको लक्ष्य प्राप्तिमा कानुनद्वारा निर्धारित प्रक्रिया पालना भए–नभएको भनी तालुक कार्यालयबाट निरन्तर रूपमा गरिने सुपरिवेक्षण अनुगमन नै आन्तरिक नियन्त्रण हो । कुनै पनि संगठनको कार्य सम्पादनलाई थप कुशल र प्रभावकारी बनाउन कार्यरत जनशक्तिको सहभागितामा तयार पारिने पद्धति हो । उद्देश्य प्राप्तिका लागि रहन सक्ने जोखिमको पहिचान गरी जोखिम व्यवस्थापन हुने गरी नियन्त्रणको वातावरण […]

विषय प्रवेश प्रतिभा व्यवस्थापन संगठन भित्र शीर्ष प्रतिभालाई आकर्षित गर्ने, , भर्ना गर्ने, विकास गर्ने र संगठनमा टिकाई राख्ने प्रकृया हो ।नेपालको निजामती सेवामा प्रतिभा भित्र्याउने कार्य औपचारिकतामा मात्र सिमित रहेको र प्रतिभा प्रयोगमा सरकार र संगठनको पर्याप्त ध्यान नपुगेको कारण कर्मचारीहरुमा कार्यसम्पादन, नवीनता, परिवर्तन, जोखिम वहन र सिर्जनशिलता कमजोर रहेको छ । योग्यता प्रणालीबाट […]

नेपालको पछिल्लो राजनैतिक परिवर्तनले देशमा संघीय शासन प्रणालीको स्थापना गरेको छ । २०७२ साल आश्विन ३ गते जारी भएको संविधानले संघीय शासन प्रणालीलाई वैधानिक आधारशीला प्रदान गरि तदनुरुप संघीय संरचनाहरु निर्माण भै कार्यारम्भ भएको स्थिति छ । नेपालको वर्तमान संविधानले संघीय, प्रादेशिक र स्थानीय तह गरी ३ तहको सरकारको परिकल्पना गरेको छ। र समग्र राष्ट्र […]

परिचय प्रभावकारी शासन व्यवस्थाका माध्यमबाट नागरिकको हित अभिवृद्धि गर्ने दिशामा परिलक्षित मूल्य र मान्यता नै सुशासन हो । वित्तीय सुशासन आर्थिक विकास र समृद्धिको मेरुदण्ड हो । वित्तीय सुशासन कायम गर्नु सरकारको दायित्वको विषय हो । सार्वजनिक वित्तीय व्यवस्थापनलाई पारदर्शी र जवाफदेही बनाउनु, राज्यको सार्वजनिक खर्च र सार्वजनिक आयको अद्यावधिक स्थितिको लेखांकन तथा प्रतिवेदन प्रणालीलाई नियमित र […]

तोमनाथ उप्रेती ज्ञान मार्ग एक उत्कृष्ट अभ्यास हो । पश्चिमी चिन्तक प्लुटोले विचारको ईश्वरीय क्रम र आत्मा अर्थात् परमात्माको प्रकृति जान्नु नै वास्तविक ज्ञान हो भनेका छन् । ज्ञान क्रियाका माध्यमबाट सिकिएको वा अनुभवबाट बटुलिएको तथ्यगत र रायगत सूचनाको समुच्चय हो । तथ्य वा अभिमतका बारेमा हामीसँग रहेको चित्तगत जागृति नै ज्ञान हो । ज्ञान […]

पृष्ठभुमि भविष्यमा हाम्रो सन्ततिहरुलाई असर नपर्नेगरी सञ्चालन गरिने विकासलाई दिगो विकास भनिन्छ । प्रकृतिको त्यस्तो क्षमतालाई संरक्षण गर्दै पछि आउने पुस्ताहरुले पनि विकासका प्रतिफल निरन्तर उपभोग गर्न सक्ने विकास प्रक्रियालाई हामी दिगो विकास भन्दछौं ।मानव जाति सहित सिंगो प्राणी जगतलाई आवश्यक पर्ने प्राकृतिक श्रोतसाधन उपलब्ध गराउने र जैवीक चक्रलाई निरन्तरता दिने ठूलो क्षमता हाम्रो प्रकृतिसँग […]

निजामती सेवा इतिहासकै सबैभन्दा अफ्ठ्यारो अवस्थामा छ। निजामती सेवाका सिद्धान्त, व्यवहार, संस्कृति, प्रवृत्तिमा नै अहिले प्रश्नचिन्ह  छ। संघीयता कार्यान्वयनको आधा दशक बितेको छ। स्थानीय सरकारको पाँच वर्ष सकियो। संघ, प्रदेश संसद्को चुनाव तोकिएको छ। तर स्थायी संयन्त्र निजामती सेवा ऐन  संघीय संरचना अनुरुप हुन सकेको छैन। अहिले कर्मचारीतन्त्रमा एक प्रकारको अन्योलता छ। स्थायी, करार, अस्थायी […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।